ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा बिरामीको चाप बढ्दो : बेड अभावबीच उपचार जारी

News Desk by News Desk
८:०१ बिहान, पुस २२, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके पुस २२ गते ।
बाँकेको भेरी अस्पतालमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। पश्चिम नेपालकै प्रमुख सरकारी रिफरल अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ३१ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्।

डायलासिस, इमर्जेन्सी, प्रसूति, अर्थोपेडिकलगायत अधिकांश वार्ड दैनिक भरिभराउ हुने गरेका छन्। बेड अभाव भए पनि खाली स्थान र कोलियामा राखेरसमेत उपचार सेवा दिइरहेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए।

प्रसूति वार्डमा १० बेडको क्षमतामा दैनिक २८ देखि ३० जनासम्म सुत्केरी गराउनुपर्ने अवस्था छ। बेड अभावका बाबजुद पनि अतिरिक्त व्यवस्थापन गरी सेवा निरन्तर दिइँदै आएको अस्पतालले जनाएको छ।

दैलेखबाट उपचारका लागि आएका धिरज रेग्मीले बेड नपाए पनि उपचारमा समस्या नआएको बताए। उनका अनुसार डाक्टर र नर्सले नियमित रूपमा बिरामीको अवस्था हेर्ने र आवश्यक सल्लाह दिने गरेका छन्।

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम हटेपछि पछिल्लो करिब एक वर्षयता भेरी अस्पतालमा सुरक्षित सुत्केरी सेवाको चाप बढेको चिकित्सकहरू बताउँछन्। बर्दियालगायत केही जिल्लामा पर्याप्त चिकित्सक नहुँदा पनि भेरी अस्पतालमै बिरामी आउने क्रम बढेको स्त्री तथा प्रसूति विभाग प्रमुख डा. उर्मिला पराजुलीले जानकारी दिइन्।

अस्पतालका तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा २ हजार ६ सय ४० महिलालाई सुत्केरी सेवा दिइएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या बढेर ३ हजार २ सय ७५ पुगेको छ।

प्रसूति सेवासँगै डायलासिस, आइसियु, एनआइसियु, मेडिकल, अर्थोपेडिक र इमर्जेन्सी वार्डमा पनि बिरामीको चाप बढ्दो छ। कम जनशक्ति र सीमित स्रोतसाधनका बाबजुद पनि स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ।

ADVERTISEMENT

भेरी अस्पतालको बढ्दो चापले पश्चिम नेपालमा स्वास्थ्य सेवा विस्तार र स्रोतसाधन थप्नुपर्ने आवश्यकता देखाएको छ।

Share153Tweet95SendShare
Previous Post

राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

Next Post

जानकी गाउँपालिकाद्वारा विद्यार्थी लक्षित साइबर अपराध तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
Next Post
जानकी गाउँपालिकाद्वारा विद्यार्थी लक्षित साइबर अपराध तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन

जानकी गाउँपालिकाद्वारा विद्यार्थी लक्षित साइबर अपराध तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

पाँच वर्षको संघर्षपछि मोहन गोडियाले पाए नागरिकता

पाँच वर्षको संघर्षपछि मोहन गोडियाले पाए नागरिकता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?