ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पहिचानको एजेन्डा बिना मत छैन : बर्दियाका सोनाहाहरूको कडा सन्देश

News Desk by News Desk
११:०८ मध्यान्ह, फाल्गुन ५, २०८२
सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन ६ गते ।
बर्दियाका आफ्नो जातीय पहिचानको लडाइँ लडिरहेका सोनाहा जातिका मतदाताले मत माग्न आउनेसँग सोनाहाको जातीय पहिचानका लागि एजेन्डाका बारेमा सोध्ने गरेका छन् ।

फागुन २१ गते हुने चुनावका लागि मत माग्न आउने उम्मेदवारसँग सोनाहाहरूले आफ्नो पहिचान माग गरिरहेका छन् । २०६४ सालदेखि सुरु भएको जातीय पहिचानको लडाइँ अझै नटुङ्गिएकोमा सोनाहाहरू चिन्तित छन् । सर्वोच्च अदालतले २०७२ मङ्सिरमा सोनाहालाई लोपोन्मुख आदिवासी जनजातिको सूचीमा राखेर अरू जातिसरह सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने भन्दै सरकारलाई निर्देशन दिएको थियो तर हालसम्म सरकारले उनीहरूलाई लोपोन्मुख आदिवासी जनजातिको सूचीमा राखेको छैन ।

निर्वाचन धेरै भए पनि अहिलेसम्म सोनाहाको जातीय पहिचानका लागि कुनै पनि राजनीतिक दलले एजेन्डा नबनाएको गुनासो उनीहरूको छ । नेपाल सोनाहा सङ्घका पूर्वअध्यक्ष घुमलाल सोनाहाले छुट्टै पहिचान बोकेको सोनाहा जातिलाई २०६४ सालदेखि लोपोन्मुख आदिवासी जनजातिको सूचीमा राख्नुपर्ने माग गर्दै आएको बताए । उनले देशमा न्यून सङ्ख्यामा रहेको भए पनि लोपोन्मुख जातिमा सूचीकृत नहुँदा संविधानको मर्मविपरीत भएको बताए ।

उनले भने, “हामीले पहिचानको मुद्दा उठाउन सुरु गरेपछिको यो चुनाव पाँचौँ हो तर पनि दलहरूले हाम्रा समस्यालाई स्विकारेनन् ।” यस पटक उम्मेदवारसमक्ष लिखित प्रतिबद्धता माग्ने निधो गरेको उनले बताउनुभयो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोपोन्मुख आदिवासी जनजातिको सूचीमा सोनाहालाई नराख्दा सोनाहाहरू मर्कामा परेका छन् । उनीहरूले पाउनुपर्ने सामाजिक सुरक्षाको सुविधा पाउन सकेका छैनन् भने शिक्षित युवासमेत लोक सेवा आयोगलगायत स्थानमा आरक्षण कोटा पाउन सकेका छैनन् । “हाम्रो सङ्ख्या न्यून छ । आफ्नो छुट्टै पहिचान, वेशभूषा, रहनसहन र सांस्कृतिक परम्परा छ तर सरकारले पहिचान दिएको छैन ।” गेरुवा गाउँपालिका–६ का दुःखराम सोनाहाले भने, “युवाले आरक्षण नपाउँदा भारतलगायत देशमा कामको खोजीमा जाने र उतै बस्ने गरेका छन् ।” सोनाहाहरूले नदीमा निर्वाध रूपमा माछा मार्ने र सुन चाल्ने परम्परागत पेसा अपनाउन नपाउँदा सोनाहा बस्ती अहिले खाली देखिन थालेको छ ।

सोनाहा विकास समाजका अध्यक्ष इन्द्र सोनाहाले नेपालमा न्यून जनसङ्ख्या भए पनि लोपोन्मुख आदिवासी जनजातिको सूचीमा नपरेको गुनासो गरे । उनले बर्दिया जिल्लामा करिब आठ सयको सङ्ख्यामा सोनाहा रहेको बताए । २०७८ को जनगणना अनुसार देशभरिमा एक हजार १८२ जना सोनाहा जातिको बसोबास रहेका छन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

बाँकेमा एचपिभी खोप अभियान प्रभावकारी : ७ हजार ५२५ किशोरीले पाए खोप

Next Post

कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्”

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्”

कमरुद्दिन राईले भने, “चुनावको मुखमा पैसा बाँड्नेहरूलाई अस्वीकार गर्नुहोस्”

बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध अनुगमन तीव्र

बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध अनुगमन तीव्र

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

कहाँ–कहाँ हुनेछ आज हिमपात र वर्षा ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?