ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

News Desk by News Desk
११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १ गते ।
नेपाल नेत्रज्योति संघ बाँकेअन्तर्गत नेपालगञ्जमा सञ्चालित फत्तेबाल आँखा अस्पतालले हालसम्म २९ लाखभन्दा बढी आँखा बिरामीको उपचार गरेको छ ।

नेपाल नेत्रज्योति संघ बाँके शाखाका सभापति रतनकुमार टण्डनका अनुसार २०४३ सालमा स्थापना भएको उक्त अस्पतालले चार दशकको अवधिमा पश्चिम नेपाल तथा सीमावर्ती भारतीय जिल्लाका २९ लाख २९ हजार ५६३ आँखाका बिरामीको उपचार गरेको हो ।

उनका अनुसार सो अवधिमा दुई लाख ९१ हजार ५३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ भने अन्य बिरामीको आँखा परीक्षण गरी औषधी, चस्मा तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको छ ।

पश्चिम नेपाल मात्र नभई सीमापारिका भारतीय जिल्लाहरूमा समेत परिचित रहेको सो अस्पतालमा उपचार गराउनेमध्ये करिब आधा बिरामी भारतीय नागरिक रहेको नेपाल नेत्रज्योति संघ बाँके शाखाका सचिव शान्ति श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

उनका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा मात्रै एक लाख ३७ हजार ७३१ जनाको आँखा परीक्षण गरिएको तथा नौ हजार ७८८ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

अस्पतालका प्रमुख स्वास्थ्य निर्देशक डा. देवराज भारतीका अनुसार अस्पतालले आँखासम्बन्धी सबै प्रकारका रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आएको छ । उनका अनुसार जलबिन्दुको शल्यक्रिया, न्यून दृष्टि परामर्श, मोतिबिन्दु शल्यक्रियापछि देखिने जालीको लेजर उपचार, फेको प्रविधिबाट मोतिबिन्दु शल्यक्रिया, तथा डेढो आँखाको प्रमुख शल्यक्रिया सेवा उपलब्ध छ ।

त्यस्तै इन्ट्रोपियन, आँखामा मासु पलाउने समस्या, आँखाको नानी मर्मत, बालबालिकाको आँखा उपचार, बन्द अश्रुनलीको शल्यक्रिया तथा उपचार, दृष्टिपर्दा सम्बन्धी शल्यक्रिया र एभास्टिन इन्जेक्सन सेवा लगायत रेटिना तथा अकुलोप्लास्टिसम्बन्धी विशिष्टीकृत सेवाहरू पनि प्रदान गरिँदै आएको उनले बताए ।

ADVERTISEMENT

दश शय्या क्षमताबाट शुरु भएको उक्त अस्पतालमा हाल २५० शय्या रहेको छ । बर्दियामा यसका चार वटा उपकेन्द्रहरू पनि सञ्चालनमा छन् । साथै, अस्पतालको नवनिर्मित शल्यक्रिया भवनमा पाँच वटा मोडुलर शल्यक्रिया कक्ष निर्माण भइरहेको छ ।

नेपालमा आँखा उपचारसम्बन्धी दक्ष प्राविधिकको कमी पूर्ति गर्न तथा सेवा विस्तारका लागि सीटीईभीटीको सम्बन्धनमा कलेज अफ अप्थाल्मिक हेल्थ साइन्स सँगको सहकार्यमा गत १२ वर्षदेखि नेत्र सहायक स्तरको तीन वर्षे शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।

आगामी दिनमा स्नातक र स्नातकोत्तर तहका कोर्स बी. अप्टोमेट्री र एम. अप्टोमेट्री सञ्चालन गर्ने प्रयास भइरहेको प्रमुख स्वास्थ्य निर्देशक डा. भारतीले बताए ।

Share154Tweet96SendShare
Previous Post

सवारी साधन मोडिफाई गर्नेलाई कारवाही गर्दै बाँके ट्राफिक, झिकियो एक हजार १७४ फोकस लाइट

Next Post

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
Next Post
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

राष्ट्रिय एकताको सन्देशसहित नेपालगन्जमा झण्डा दिवस मनाइयो

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?