ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कोरोनाभाईरस ( COVID-19) वारे अहिलेको अबस्था जसबाट बच्न सरकार र नागरिकले अपनाउनु पर्ने सावधानी

News Desk by News Desk
१:१८ मध्यान्ह, चैत्र १४, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

हुम्ला चैत १४ गते । हामी नेपाली विश्व भरि फैलिएको बिश्वको महा-सत्रु कोरोना भाईरस(Covid-19)नियन्त्रणको प्रयास नेपाल सरकारले गरेको निर्णको कार्यान्वयन लक डाउनमा छौ । लक डाउन अबधिभर होम क्वारेन्टाइनमा सरकारको लागि मात्रै बसिरहेका छैनौ आफ्नो जीवन रक्षाको लागि बसिरहेका छौ। कतिपय ब्याक्तिलाई लक डाउन/ होम क्वारेन्टाइनको अर्थ थाहा नपाएर यसलाई जोक/खिल्लिको रूपमा उडाईरहेका छन् । होम क्वारेन्टाइनमा बसेकैवेला कसैले एक के.जि. मकैका दाना, कसैले गलैचाका बुट्टा,कसैले आफ्ना घरका ईटा,कसैले एकलिटर पानिमा पानिका थोपा गनिरहेका प्रतिकृया सामाजिक सन्जालमा पोष्ट गरेको देखिन्छ भने कसैले लकडाउन कस्तो छ भनेर बिच सडकमा गएर फोटा खिचिरहेका छरपस्टै देख्न सकिन्छ यिनै उश्रिङ्खल कामवाटनै थाहा हुन्छ कि हामी आफु,आफ्ना राष्ट्रवासि र आफ्नो राष्ट्र प्रति कति जिम्मेवार छौ हामिलाई लागिरहेको छ यहाँ कुनै जोक भईरहेको छ सायद चिनका नागरिकलाई महा विपति सृजना हुँदा ईटाली जस्तै अन्य राष्ट्रमा पनि यस्तै कृयाकलाप गरिरहेको देखिन्थ्यो अहिले ईटालिको दर्दनाक अबस्था हेरौ त्यहाँको अबस्था कन्ट्रोल बाहिर गईसकेको छ अहिले हामीलाई लागेको हुन सक्छ हामी बहादुरि हौं,विश्व सामु हामीले बहादुरिको तक्मा भिरेका छौ,हाम्रो सामु कोहि पनि केहिपनि टिक्न सक्दैन,हामिलाई कुनै असर गर्दैन यदि यो सोचेका छौं भने योनै हाम्रो जिवनको महा भुल हुने छ । हामीले आफ्नो काल निम्ताउदै त छौ संगै आफ्नो सन्तति र परिवारको जिवनको लामो यात्रा पनि छोटो बनाउँदै छौं । हामीले सम्झिरहेका छौ सरकार केको लागि,सरकार छंदैछ हामीले यो महा विपतिको सामना गर्नु पर्दैन सवै सरकारले नै गर्छ , ईटाली ,चाईना जस्ता कोरोना भाईरस(Covid-19)कन्ट्रोल बाहिर गएका देशका नागरिकले पनि यस्तै सोच राखेर आफु जिम्मेवार नभएर, सरकारका निर्देशन नमानेर,अटेरिपन देखायर अहिले कन्ट्रोल बाहिर गईसकेको छ अहिले होस् खुलेका छन् तर अब कसैको बहसमा नभएर हेर्दा हेर्दै आफ्नै परिवार ,नातेदार र स्वयम् आफै संसारवाटै बिदाई हुनु परेको कारुणीक र दर्दनाक अबस्था देख्नुपरेको छ ,स्वास्थ्य , प्रविधि र अर्थतन्त्रमा शिखर चुलिरहेका राष्ट्रहरूले पनि गति छाडेको / हारेको अबस्था छ कारण नागरिक स्वयम् आफै पर्ति गैर जिम्मेवार भएर हो । छोटो समयमा अर्थ तन्त्रले ठुलो फट्को मारेको चिनले भने आजको मिति सम्म कडा मेहनत,अनुसन्धान र सवै प्रविधिको प्रयोगले भने केहि नियन्त्रण गरेको अबस्था छ ।
यस बिपतको घडिमा के धनी के गरिव हामी सवै एउटै सतहमा उत्रेका छौ यो महामारिको त्रास हामी सवैलाई छ भलै धनिले बसिबसि राम्रो मिठो र मसिनो खानपाएका होलान भने गरिवले पाई नपाई बाध्यताले दुईछाकमा एक छाक टारिरहेका छन् धनिलाई रोगको मात्रै ज्यादा डर छ भने गरिवलाई दुवै महा विपतिको डर छ भोग र रोग को यसै अबसरमा कतिपय राक्षशि व्यवहार भएका कुपात्रले दैनिक उपभोग्य अति आबश्यक सामाग्रिहरूमा कालो बजारि गरेर नेपालको संविधार र नेपाल सरकारको धज्जि मात्रै उडाईरहेका छैनन् गरिवहरूको पेटमा लात्ति बर्षाएर आफ्नो असलि चरित्र देखाई आफ्नो सन्ततिका विलाशि आवाश्यकता पुरा गर्ने सपना देखीरहेका छन् । महा विपतिले विश्व हल्लाईरहेको बेला स्वास्थ्य , प्रविधि र अर्थतन्त्रमा शिखर चुलिरहेका राष्ट्रहरूले पनि गति छाडेको / हारेको अबस्थामा तिनिहरूलाई पैसा कमाउने धन आर्जन गर्ने सुनौलो अबसर आएको अनुभूति गरिरहेकाछन् अथवा महाविपतिको फाईदा उठाईरहेका छन्। यस्ता कुपात्रहरूलाई गरिवहरूको श्राप मात्रै लाग्नेछैन पीडितका आँसुले बाँचि सक्नु हुने छैन। यसरि कमाएको धनले उनिहरुलाई मात्रै हैन उनका सन्ततिलाई समेत हानी नोक्सानी गर्ने छ । यहि महा विपतिको अबसरमा सरकारले आफ्ना लोक/जनता प्रतिको सुरक्षाको प्रत्याभुति दिन नेपाल सरकारले देशैभर गरेको लक डाउनको निर्णयलाई सवै नेपालीले स्वागत गरेका छन् र आफ्नो साथमा सरकार रहेको अनुभूति गरेका छन् । सरकार प्रति आशा पनि गरिरहेकाछन् हामी सवै नेपालीलाई सुरक्षित राखियोस् तर सवै सरकारको बहसमा मात्रै छैन जब सम्म हामी सरकारका निर्णयहरूको पुर्ण रुपमा पालना गर्दैनौ विश्व भरिका यस महाविपतिको सामना गरिरहेका डक्टरहरूको कुरालाई आत्मसाथ गर्दैनौ आफु र आफ्ना परिवारलाई सुरक्षित राख्दैनौ,तवसम्म हामी यस रोगवाट सुरक्षित हुन सक्दैनौ । यो आर्टिकल लेख्ने बेला सम्म बिश्वभर ५,३२,२२४ जनामा संक्रमण देखिएकोमा १२४३२६ जना पुर्ण रुपमा निको भै सकेका छन् र २४,०८७ जनाको मृत्यु भईसकेको छ भने बाँकि संक्रमितको उपचार भईरहो छ । नेपाल सरकारले लकडाउन गरेको आज चौथौ दिन सम्म जम्मा परिक्षण गरेका स्याम्वल ६८७ मध्य ६८४ नेगेटिभ भेटिएको छ भने ३ जनामा पोजेटिभ नतिना देखिएकोमा १ जना पुर्ण रुपमा सन्चो भएर घर फर्किएका छन् भने २ जना संक्रमित आईसोलेसनमा राखेर उपचार भईरहेको छ । अहिले सम्म हेर्दा हाम्रो नेपालमा धेरै भयावह अबस्था सृजना भै सकेको त छैन तर ढुक्कसंग बसिराख्ने अबस्था पनि छैन । हो सरकार आफ्ना लोकको उद्धार र राहतको निम्ति धेरै जिम्मेवार छ र हुनु पर्छ पनि अहिलेको अबस्थामै सरकार र हामी नागरिक मिलेर यसलाई नेपालवाट निर्मुल पार्न सके नेपालीको भाग्य चम्किने छ र नेपाल सरकार बिश्वसामु सफल सरकारको रूपमा परिचित हुनेछ तर यसो गर्नको लागि सरकारले र नागरिकले अझै धेरै कुराहरूमा गम्भिरताका साथ लाग्नु पर्ने देखिन्छ ।
नेपाल सरकारले
आजको मिति सम्म ३ जना नागरिकमा कोरोना भाईरस (COVID-19) पोजेटिभ देखापरेको छ जसमा १ जनालाई सन्चो भईसकेको छ भने २ जना आईसोलेसन वार्डमा छन् लगभग यस अबधि सम्ममा भारत लगायत विभिन्न राष्ट्रवाट १ लाखको हाराहारिमा भित्रियका छन् भने एक सहर देखि अर्को सहर अथवा सहर देखि गाउँ,गाउँ देखि सहर लगभग ३०/३५ लाखको हाराहारिमा मानिसहरू आवतजावत गरेका छन् । कोरोना भाईरस जतिमा पोजेटिभ भेटियो ३ ओेटै जना बाहिरि मुलुकवाट आयका नेपालीमा भेटियको छ यसको अर्थ सवै बिदेशवाट आएकाहरुमा हुनु पर्छ भनेको हैन तर कोरोना हाम्रै देशवाट फैलिएको नभएर आउने वाहिरि मुलुकवाटै भएकोले यसमा सचेत हुनु पर्ने आवाज हो मेरो । आजका दिन सम्म पनि ती तिनै जना संगै जहाजमा आएका, आईसकेपछि भेटघाट गरेका र तिनिहरूका परिवार सवैलाई चेकजाँच गरिएको छैन यदि तिनिवाहेक दोस्रो ब्याक्तिलाई संक्रमण सरेको भए त्यो व्याक्तिले फेरि कति ब्याक्तिलाई भेट्यो ,कतिको सम्पर्कमा रह्यो। थोरै पनि ढिला गर्नेहो भने यसले भयावहको अबस्था सृजना गर्न बेर लाग्दैन अर्को कुरा नेपालीसमाजमा जरो गाडेको रोग अथवा उखान जव पर्यो राति तव बुढि ताली भनेझै जव संक्रमणको अबस्थाले भयावह रुप लिन्छ अनि हाम्रा कन्चडा तात्छन् त्यो अबस्था सृजना हुन नदिन स्वास्थय कर्मीको मनोवल बढाउन उपचार गर्दा स्वास्थ्य कर्मिलाई चाहिने भन्दा २ गुणा बढि टेस्ट किट ,PPE,N95 Mask, Ventilators जस्ता सवै सामाग्रिहरुको ब्यावस्था गरि स्वास्थ्य कर्मिलाई जोखिम भत्ता वापत कम्तिमा १०० प्रतिशत बृद्धि गर्ने निर्णय गर्न सके मात्रै स्वास्थ्यकर्मिको मनोवल बढ्नुको साथै सुरक्षित तरिकाले उपचार गरेको अनुभुति गर्ने छन् अर्को कुरा आजको दिन सम्म मात्रै ६८७ स्याम्बल परिक्षण गर्नु राम्रो मानिएको छैन यसले सर्व साधरणमा नैराश्यता ल्याएको छ कतिपय संकालागेका ब्याक्तिले समेत परिक्षण गर्न पाएका छैनन् विभिन्न सहरहुँदै दुरदराजवाट पनि स्याम्वल परिक्षणको लागि संघिय राजधानी काठमाण्डौमा अबस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा पठाउने गरिएको छ । त्यसैले सहजता र छिटो छरितोको सेवा दिन स्याम्वल परिक्षणको लागि परिक्षण प्रयोग शाला ७ ओटै प्रदेशको मुख्य केन्द्रमा राख्न ढिलाई गर्नु हुन्न क्वारेन्टाइन र आईसोलेसन पनि अहिलेको अवस्थालाई भन्दा पनि संक्रमणले चरम सिमा नागेको खण्डमाको अनुमानलाई मध्य नजर गरेर ७ ओटै प्रदेशमा तयारि गर्नु ढिलाई गर्न हुन्न अर्को कुरा हामीलाई केहि आशालाग्दो कुरा हाम्रो उत्तरि सिमानामा पर्ने ठुलो छिमेकि राष्टको वुहान सहरवाट फैलीएको कोरोना भाईरस ( COVID-19) को संकरमण चिन सरकारले लगभग रोकेको छ। त्यो त्यतिकै छुमन्तर भनेर रोकिएको हैन त्यहाँको स्वास्थ्य सम्बन्धि विज्ञ टोलिले यसको सफल उपचार पत्ता लगाईसकेको देखिन्छ त्यसैले आफ्नो नागरिकको सुरक्षाको लागि छिमेकि राष्ट्र संग आवाश्य सामाग्रि विना शर्त उपलब्ध गराउने गरि आग्रह छिटो भन्दा छिटो गर्नु पर्ने देखिन्छ नत्र लक डाउन मात्र गर्दै गयौ यि सवै कुरालाई ध्यान दिएनौ भने लक डाउन ३/४ महिनाले पनि पुग्दैन यसो गर्यो भने कोरोना भाईरस भन्दा पनि भोकले मर्नेको संख्या दिन दुई गुणा रात चौ गुणा बढ्दै जान्छ त्यसैले सम्मानित सरकार र सम्मानित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मन्त्री ज्यूले समयमै ध्यान दिन जरुरि छ ।
नागरिकले
हामी नेपालीमा पहिलेदेखीनै जरा गाडेको अर्को रोग छ आफ्नो आङको भैसि नदेख्ने अर्को आङको जुम्रा देखेपनि धेरै चोटि कुरि कुरि गर्ने सरकारले आफ्ना नागरिकमा यो संकरमण नफैलियोस भनेर अत्याआवाश्यक सेवा वाहेक सवै सेवा बन्ध गरेर लक डाउन गर्ने निर्णय गर्यो यो के सरकारका निम्ति मात्रै हो हामिले त्यहि बुझेका छौ रत लक डाउनको चौथो दिन सम्म सडकमा अटेरि गरि विभिन्न सवारि साधन चलाईरहेका देखीन्छन्,कतै जुवा तास लेख्नको भिंडभांड देखिन्छ, कुनै ठाँउ नेपाल बन्धझै बेलुका ५ बजे पछि बजारमा मान्छेको चहलपहल देखिन्छ भने के हामीले राम्रो गरिरहेका छौ त के सरकारले मात्रै पहल कदमी लिएर संक्रमण रोकिने हो त ? हाम्रो आफ्नो कर्तब्य केहि छैन सवै सरकारकै जिम्मा लगाउने होत त्यसैले कोरोना भाईरस संग सामना गरिरहेका / लडिरहेका स्वास्थ्य कर्मि र नागरिकको बेदना,भावना, भोगाई सुन्दा यो भाईरस वाट बच्ने उपाए त स्वयम ब्याति आफै हुने रैछ , नागरिकले अरु केहि नगरेर नेपाल सरकारले गरेका निर्णयको पुर्ण रुपमा पालना गरि होम क्वारेन्टाइनमा बसेर सुरक्षित बस्नु नै यसवाट जोगिने उत्तम उपाय रहेछ । यदि कुनै नजिकको ब्याक्ति ,छिमेकि र आफन्तलाई संकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा खवर गर्ने ,भिंडमाडमा नजाने ,शारिरिक ब्यायम गरेर ज्यानलाई तताई राख्ने , हल्लाको भरमा लागेर आत्मवल कमजोर पार्नु भन्दा यथार्त बुझेर सचेत रहेर आत्मवल बढाउने , बाल बच्चा बृद्ध बृद्धालाईको बिशेष ख्याल गरि गलत हल्ला प्रचारवाट टाढा राख्ने,रोग संग लड्नसक्ने क्षामता बृदि गर्ने खानेकुराको प्रयोग गर्ने , सके सम्म तातोपानीको प्रयोग गर्ने अथवा नेपाल सरकारको स्वृकृत प्राप्त स्वास्थ्य संस्था ,अन्य सरकारि तथा गैर सरकारि निकाएको जारि गरेका सचेतनात्मक पर्चा पम्पलेट र अन्य प्रचार प्रसार सामाग्रिहरुमा लेखिए वमोजिम गर्ने हो भने हामी यो भाईरसवाट टाठा मात्रै रहदैनौ ठुलै युद्ध जितेका योद्धा भएको महसुस गर्ने छौ कुनै दिन ।।
अन्तमा सामाजिक संजालवाट र कुनै ब्याक्तिको मुखवाट सुनेका भ्रामक समाचारवाट ससंकित नभई सत्य र तथ्यमा आधारित सुचना सवैको कानमा पुर्याउँ सवैको आत्मबल बढाउन सहयोग गरौ , नेपाल सरकार हाम्रो साथमा छ यो विपतको घडिमा पक्ष र विपक्ष नभई हामी नेपाल सरकारका हरेक निर्णयको पुर्ण रुपमा पालना गरौ , हामी हाम्रो राष्टको शिर उच्च राख्न आफु आफु विच कु-दृष्टि, कु विचार र कालो बजारि नगरौ कसैले यस्तो गरेको र नागरिकलाई ससंकित पारेको देखेमा नजिकको सुरक्षानिकाएमा खबर गरौ ,जे जति सकिन्छ सहयोगको भावना राखौ,सरकारको निर्णय पर्ति अटेरि गरि सुरक्षा निकाए पर्ति देखाउने आक्रोस र कु-कार्य त्यागौ, विश्वभर महामारिको रुप लिएको कोरोना भाईरसलाई नेपालमा फैलिन नदिएर नेपाल बहादुरि भएको र अनुसाशित भएको पहिचानका साथ नेपाललाई एक चोटि बिश्वसामु चिनाउँ ,पशुपति नाथ र सवैका कुल देवि देवताले सवैको रक्षा गरुन ।।
यस आर्टिकलमा कुनै टाईपिङ्ग, शब्द र भाषा फरक पर्न गएमा माफी दिनुहुनेछ भन्ने पुर्ण आषालिएको छु तपाईको माया र ममताले अझै बिभिन्न बिषयहरुमा आफ्नो विचार राख्दै जानेछु ।। धन्यवाद

पवन बुढा
अदानचुली २ हुम्ला
कर्णाली प्रदेश

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोरोना विरुद्धको अभियानमा जुट्न पूर्वमन्त्री राईको आव्हान

Next Post

धनगढीमा पनि कोरोना भेटियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
Next Post

धनगढीमा पनि कोरोना भेटियो

धनगढीमा पनि कोरोना भेटियो

सेना परिचालनपछि साँझ पनि शान्त बन्दै नेपालगञ्ज

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?