बाँके चैत २३ गते । छिमेकी प्रदेशमा कोरोना संक्रमण फैलिन थालेपछि बाँकेमा उच्च सावधानी अपनाइएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि बाँके प्रहरीले लकडाउनलाई कडाई गर्दै लगेको हो । प्रहरीले लकडाउन उल्लंघन गर्नेहरु विरुद्ध थप कडा बनेको छ । प्रहरीले हिंजो साँझ मात्र नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने करिव साढे चार सय मोटरसाइकल र स्कुटरका साँचो नियन्त्रणमा लिएको जनाएको छ । लकडाउनको उल्लघंन गर्ने विरुद्ध बाँके प्रहरी आक्रमक बन्दै गएको छ । सम्झाउँदा समेत अटेर गर्नेहरुलाई कानुन अनुसार कारवाही गर्ने गरी प्रहरी अघि बढेको बाँकेका एसपी बीरबहादुर ओलीले बताउनुभयो ।










Discussion about this post