ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पूर्व अर्थमन्त्री पाण्डे: भारतसँग सम्बन्ध बिग्रिए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्छ

जावेद अन्सारी by जावेद अन्सारी
६:२१ बिहान, असार ३, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

काठमाडौं असार ३ गते ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध विग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने टिप्पणी गरेका छन् । संघीय संसद प्रतिनिधिसभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने बताए । उनले नेपालको रुपैयाँ अवमूल्यन हुन सक्ने खतरा बढेको र यसले कोभिडबाट असर परेको अर्थतन्त्रलाई थप कमजोर बनाउन सक्ने बताएका छन् ।
उनले भने- ‘नेपाल भारतको यो बीचको अवस्थामा सम्बन्ध विग्रने स्थिति रहँदा खेरीमा हाम्रो अहिलेको परिस्थितिले के हुन्छ थाहा छैन् । यदि यो कुरा भयो भनेदेखि मैले एउटा आर्टिकल पढेको थिए ‘द वार द प्रिन्ट’ द हिन्दुस्तान टाइम्सका न्यूजहरु पढ्दा के देखिन्छ भन्दा भयाभह खालको नेगेटिभ टिप्पणीहरु नेपालको सन्दर्भमा छ । एक रुपैयाँको एक रुपैयाँ साठी पैसाको कन्भर्सन रेट तय गरेको १९९३ मा हो । यता आएर झण्डै ३० वर्ष बढी भयो । हामीले कुनै रेट चेन्ज गरेका छैनौं ।
कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६० मा जुन कारोबार गर्न दिएका छौं, यो एकप्रकारले प्रिभिलेज दिएको हो, अब यो गर्नु जरुरी छैन, हामी यो चेन्ज गर्नुपर्छ भन्ने एउटा धारणा यसमा देखिन्छ । पेक्ड होइन, अब भारुसँग अनपेक्ड गर्नुपर्छ र त्यो अनपेक्ड हुने वित्तिकै डलरसँग हाम्रो पैसा पनि कमजोर हुन्छ । त्यसैले अहिले हाम्रो करेन्सीले दुवैतर्फ हिट गर्छ ।’ यस्तै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढी हुने र डलर बलियो हुँदा नेपाली रुपैयाँ थप कमजोर हुनसक्ने पनि पूर्वअर्थमन्त्री पाण्डेले बताए ।
उनले भने– ‘हाम्रो पैसा कमजोर हुने अर्को पनि कारण छ । ग्लोबल क्राइसिसको कारणले के हुन्छ भने धेरैजसो देशहरुले अमेरिकाको डलर बन्ड किनिरहेको हुन्छ । जापानले सबैभन्दा धेरै किनेको छ दोस्रोमा चाइना छ अरु धेरै देशहरु पनि छन् । हाम्रै पनि छ, पौने १२ खर्बको हाम्रो फरेन करेन्सी रिजर्भ छ, त्यसलाई हामी डलरमा किन्छौं ।

त्यसैले अब डलरको डिमान्ड बढेर जान्छ, क्यास डिमान्ड सबै इकोनोमिलाई पैसा चाहिएको छ । त्यो क्यास माग्ने वित्तिकै सबै डलरको पेमेन्ट उसले गर्न सक्दैन् । नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र लोकल करेन्सीहरु अर्थात हरेक देशका करेन्सीहरु तल जान्छन् । त्यसले अटोमेटिकल्ली इन्फ्ल्लेक्सनमा हिट गर्छ हाम्रो पैैसा कमजोर हुन्छ ।’
उनले अर्थमन्त्रालयका अधिकारीहरुले अहिलेसम्म यो विषयमा नहेरेको समेत बताए । उनले कुनैपनि बेला भारतले कुनै पनि स्टेप चालेमा नेपाललाई अप्ठेरो पर्न सक्ने बताए । अहिले पनि काँकडभिट्टा नाकाबाट नेपालमा आयात गर्न छुट भएको तर नेपालबाट निर्यात गर्न बन्देज लगाएको स्थिति रहेकोले अहिले नै भारतले त्यसतर्फ कदम चाल्न सक्ने अनुमान गर्न सकिने उनले बताए ।
सरकारको रेभिन्यु संकलन उच्च दरमा घटेकाले खर्च गर्ने क्षमता ह्रास भएको र अहिले पनि १ खर्ब ७० अर्ब नगद डेफिसेट देखा परेको पाण्डेले बताए । उनले क्यास डेफिसेट देखापरेको अवस्थामा सबै क्षेत्रको भुक्तानीमा असर पर्ने र अर्थतन्त्रमा दिर्घकालीन संकटको स्थिति देखापर्ने बताए । उनले भने– ‘खासगरी क्यास स्टकमा हिजो अस्ति मैले हेरेको झण्डै १ खर्ब ७० अर्ब क्यास डेफिसेट छ । रेभ्युन्यु र पेमेन्टको आधारमा । भनेपछि सिधा नगदचाप पर्न थालेको छ । नगदचाप भनेको कस्तो हुन्छ भने अरु धेरै कुरा बजेटमा कागजमा हुन्छ, पेमेन्ट गर्ने र उताबाट आउने भन्ने हुन्छ तर फण्ड रेभिन्युमा उठन छोड्यो र दैनिक कोष नउठने वित्तिकै दैनिक भुक्तानीमा समस्या पर्छ ।’ यसबाट वैदेशिक अनुदान पाउन र ऋण लिन पनि समस्या हुने पाण्डेले बताए । नगद डेफिसिट हुँदा अर्थतन्त्रमा सिधा असर पर्ने उनले बताए ।
सरकारको खर्च गर्ने अवस्था कमजोर बन्दै गएको र भदौपछि अवकाश प्राप्त कर्मचारीहरुलाई दिँदै आएको पेन्सनको भुक्तानी चैत महिनामा सार्ने चर्चा समेत चलेकाले यसले अर्थतन्त्रमा थप संकुचन ल्याउन सक्ने पाण्डेले बताए । उनले भने– ‘मैले सुनिरहेको छु, आन्तरिक रुपमा विभिन्न हिसाबले भदौ उता पेन्सनको पैसा भुक्तानी नगर्ने । चैत वैशाख तिर सार्ने ।
यदि त्यस्तो भयो भने के हुन्छ ? पेन्सन दिन सकिएन भने जो चाहिं रिटायर्ड भएर जान्छन्, जसलाई धेरै पैसाको जरुरत छ, उसैले पैसा नपाउने स्थिति भयो भने यो खालको समस्याहरु छन् । अर्थ समितिले अबका दिनमा अर्थतन्त्रका यिनै विषयहरुलाई ध्यान दिएर छलफल केन्द्रीत गर्नुपर्नेमा पाण्डेले जोड दिए । कुनै खास परियोजनामाभन्दा देशको समग्र अर्थतन्त्रको विषयमा पर्न सक्ने संकटको नजिक रहेर छलफल गरी सरकारलाई निर्देशन दिनुपर्ने उनले बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

Next Post

स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिदै तुलसीपुरमा नीति तथा कार्यक्रमका लागि सर्वदलिय छलफल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
Next Post

स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिदै तुलसीपुरमा नीति तथा कार्यक्रमका लागि सर्वदलिय छलफल

वर्षा सिवाकोटी लेख्छिन्–‘केही समय अगाडि म पनि डिप्रेशनमा थिए

बाँदरलाई जन्मकैद ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?