ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दिया ट्राफिकको राजश्व दोब्बरले वृद्धि

जावेद अन्सारी by जावेद अन्सारी
३:३१ मध्यान्ह, भदौ ८, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बर्दिया भदौ ८ गते ।
जिल्ला ट्राफिक कार्यालय बर्दियाले आर्थिक वर्ष ०७७÷७८ मा अघिल्लो आर्थिक वर्षभन्दा झन्डै दोब्बरले राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७६÷७७ मा ६५ लाख २ हजार राजश्व संकलन गरेको ट्राफिक प्रहरीले ०७७÷७८ मा भने १ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख गोपालबहादुर ज्ञवालीका अनुसार ०७७÷७८ मा १ करोड १५ लाख ८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्दा राजश्व संकलन बढेको उहाँको भनाइ छ । उहाँका अनुसार योअवधिमा १७ हजार ९ सय ३९ वटा सवारी साधन कारवाहीमा परेका छन् । जवकी अघिल्लो वर्षको ०७६÷७७ मा ११ हजार २ सय ३५ सवारी साधन कारवाहीमा परेका थिए । आर्थिक वर्ष ०७७÷७८ मा सबैभन्दा धेरै कार्तिक महिनामा १० लाख ८८ हजार ५ सय राजश्व उठेको छ भने सबैभन्दा कम जेठ महिनामा २ लाख ९७ हजार ५ सय रुपैयाँमात्रै राजश्व उठेको छ ।

कुन महिनामा कति राजश्व ?

जिल्ला ट्राफिक कार्यालयका अनुसार साउन महिनामा १ हजार ४ सय ७० वटा सवारीसाधन कारवाही गर्दा ८ लाख २५ हजार राजश्व संकलन भएको छ । भदौ महिनामा १ हजार ९ सय ८५ वटा सवारी साधन कारवाहीमा परेका थिए । जसमा १० लाख ६१ हजार राजश्व संकलन भएको छ । यस्तै असोजमा १ हजार ६ सय ५० सवारीसाधन कारवाही गर्दा ९ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार, कार्तिक महिनामा १ हजार ९ सय १२ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

जसमा १० लाख ८८ हजार ५ सय राजश्व संकलन भएको छ । मंसिरमा १ हजार ७ सय ४० वटा सवारी साधन कारवाहीमा पर्दा ९ लाख ९७ हजार ५ सय राजश्व संकलन भयो । पुषमा १ हजार ५ सय ६२ सवारीसाधन कारवाही गर्दा ८ लाख ८४ हजार ५ सय, माघमा १ हजार ४ सय ४५ सवारी साधन कारवाहीमा पर्दा ८ लाख २४ हजार ५ सय, फागुनमा १ हजार ६ सय ६४ सवारीसाधन कारवाही गर्दा ९ लाख ३४ हजार, चैतमा १ हजार ७ सय ४० सवारीसाधन कारवाहीमा पर्दा १० लाख ६ हजार, बैशाखमा ९ सय ९१ सवारी साधन कारवाहीमा पर्दा ५ लाख ८३ हजार ५ सय, जेठमा ४ सय ९३ सवारी साधन कारवाही गर्दा २ लाख ९७ हजार ५ सय र असारमा १ हजार २ सय ८७ सवारी साधन कारवाही गर्दा ७ लाख १५ हजार राजश्व संकलन भएको छ । चैत, बैशाख र जेठमा लकडाउनका कारण सवारी साधन कम चल्दा अन्य महिनाको तुलनामा कम राजश्व देखिएको हो ।

दुर्घटनाबाट हुने मानवीय क्षती घट्यो

आर्थिक वर्ष ०७६÷०७७ भन्दा आर्थिक वर्ष ०७७÷०७८ मा दुर्घटना बढी भए । तर दुर्घटनाबाट हुने मानवीय क्षती भने कम भएको छ । ०७६÷०७७ मा ८३ वटा सवारी दुर्घटनामा ३८ जनाले ज्यान गुमाएका थिए । जसमा १ सय २ जना घाइते भएका थिए । आर्थिक वर्ष ०७७÷०७८ मा भने ८९ वटा सवारी दुर्घटना भएका छन् । जसमा ३७ जनाले ज्यान गुमाएका छन् । १ सय ४० जना घाइते भएको प्रमुख ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै दुर्घटना मोटरसाइकलले गराउने गरेको तथ्याङ्कले देखाएको छ ।

ADVERTISEMENT

दुर्घटना न्यूनीकरणका लागि सचेतिकरण

दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालयले विभिन्न खाले सचेतिकरणका कार्यक्रम गर्दै आएको छ । चालक, सहचालकलाई प्रशिक्षण दिने देखि ट्राफिक नियमका बारेमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने काम भइरहेको ज्ञवालीको भनाइ छ । उहाँका अनुसार चालक, सहचालक र धनीगरी ६ हजार २ सय ७७ जनालाई आर्थिक वर्ष ०७७÷०७८ मा ८९ पटक प्रशिक्षण दिइएको छ ।

यस्तै ५ हजार ८ सय १० जना विद्यार्थी र ५ हजार ३ सय ६० जना सर्वसाधरणलाई ट्राफिक नियमबारे प्रशिक्षण दिइएको छ । ‘यसमा हामीले खास सडकमा पैदल हिड्दा कुन लेनमा हिड्ने ? सडक वारपार गर्दा कसरी गर्ने ? जेब्रा क्रसिङ के हो ?लगायतका बारेमा जानकारी दिने गरेका छौं–‘ज्ञवालीले भन्नुभयो–‘यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने हाम्रो विश्वास छ ।’

ट्राफिक प्रहरीले विभिन्न समयमा जनचेतनामुलक पर्चा पम्पलेटहरु समेत वितरण गर्ने गरेको जनाएको छ । गएको आर्थिक वर्षमा मात्रै १० हजार ६ सय ५० वटा जनचेतनामुलक पर्चा पम्पलेट वितरण गरिएको उहाँको भनाइ छ । यस्तै दुर्घटना बढी हुने स्थानमा ‘दुर्घटना ग्रस्त क्षेत्र’ लेखिएका बोर्डहरु राख्ने काम समेत भएका छन् ।

‘दुर्घटना बढी हुने स्थानहरुको पहिचान गरी ८ स्थानमा यस्ता बोर्डहरु राखिएका छन् उहाँले भन्नुभयो–‘गुलरिया, राजापुर, मैनापोखर, बासगढीलगाायतका स्थानहरुमा बोर्डहरु लगाउने काम भएको छ ।’ यस्तै आफु खुसी सवारीको स्वरुप परिवर्तन गर्ने कार्यलाई पूर्णरुपमा नियन्त्रण गरिएको छ । क्षमता भन्दा बढी यात्रु तथा मालसामान बोकी हिड्ने र बिना परमिड चल्ने सवारीसाधनलाई निरुत्साहीत गरिएको प्रमुख ज्ञवालीले बताउनुभयो ।

Share149Tweet93SendShare
Previous Post

कव्रिस्तान प्रकरणः चन्दा र सटरभाडाको हिसाव सार्वजनिक गर्नु पर्दैन् ?

Next Post

कब्रिस्तान प्रकरणः मुस्लिम जनमत संघले भन्यो–‘इस्लाम धर्म विरोधी कार्य किन गरेको ?

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post

कब्रिस्तान प्रकरणः मुस्लिम जनमत संघले भन्यो–‘इस्लाम धर्म विरोधी कार्य किन गरेको ?

जसपा बाँकेद्धारा हनुमान निमाविमा बृक्षारोपण

आज देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?