बाँके कार्तिक १४ गते ।
निन्जाले आफ्नो तेस्रो वार्षिक उत्सव नेपालगन्जमा मनाएको छ । डिजिटल नेपालको परिकल्पनाका साथ सफ्टवेयर निर्माण, विक्री वितरण, मोवाइल एप्लिेसन निर्माण तथा विक्रीवितरण, अफिस व्यवस्थापन प्रणाली जस्ता सफ्टवेयरको क्षेत्रमा क्रियाशील निन्जाले नयाँ कार्यको थालनी समेत गरेको छ ।
नेपालगन्जको हकमा निन्जाले पहिलो पटक होस्टिङ सेवा र बल्क एसएमएसको रिसेलिङ सेवा सुरु गरेको जनाएको छ । पश्चिम क्षेत्रका ग्राहकहरुको लागि गुणस्तरीय तथा विश्वासिलो होस्टिङ सेवा प्रदान गरिने निन्जाले जनाएको छ ।
निन्जाले स्थापना अगावै केही अप्रत्यक्षरुपमा तथा सफ्टवेयर कम्पनीसँग सहकार्य गर्दै सूचना प्रविधिको क्षेत्रमा पनि काम गरेको जनाएको छ ।
Discussion about this post