ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

News Desk by News Desk
१०:०२ मध्यान्ह, फाल्गुन १५, २०७८
एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन
402
सेयर
401
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन १५ गते ।
संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

८ असोजमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो बैठकमा सैद्धान्तिक छलफल भएको थियो । सत्तारूढ कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले समर्थन गरे । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरु विभाजित भए । धेरैले व्याख्यात्मक घोषणा गरेर पास गर्नुपर्ने बताउँदा विरोध गर्नेहरुले भने राष्ट्रिय हितमा नभएको बताएका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले प्रकियामै भाग लिएनन् । २३ भदाैदेखि संसदमा नाराबाजी गर्दै आएको एमालेका सांसदहरूले दुबै वैठकमा वेलमा नाराबाजी गरे । १४ सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै नाराबाजी गरेका उनीहरुले एमसीसीको समर्थन वा विरोध भने गरेनन् ।  एमाले सांसद भीम रावलले भने छलफलमा भाग मात्र लिएनन्, एमसीसीको विरोध गरे ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

छलफलमा उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री  शर्माले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताए । संसद बैठक स्थगित भएपछि बानेश्वरमै मन्त्रिपरिषद बैठक बस्यो, व्याख्यात्मक घोषणाको प्रस्ताव पास गर्यो ।

संसदको दोस्रो बैठकमा अर्थमन्त्री शर्मा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याए ।

नेपालले गरेको १२ बुँदे घोषणा

व्याख्यात्मक घोषणामा मिलेनियम च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गरिएको छ ।

ADVERTISEMENT

नेपालको संविधान, कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दा माथि रहेको, एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य नहुने, एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र बाैद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहने घोषणा गरिएको छ ।

व्याख्यात्मक घोषणामा एमसीसीका क्रियाकलाप/कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ ।

व्याख्यात्मक घोषणा र एमसीसीमाथि भएको छलफलमा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, एमालेका भीम रावल, नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विरोध गरे । अरुले भने एमसीसी अनुमोदनको पक्षमा मत जाहेर गरे ।

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणा र एमसीसी निर्णयार्थ प्रस्तुत गरे, जसलाई ध्वनी मतले बहुमतका साथ अनुमोदन गरेको छ ।

एमालेका भीम रावल, नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले मात्र विपक्षमा मत दिएका छन् । अनलाईन खबर

Share161Tweet100SendShare
Previous Post

युनाइटेड युथ क्लब विजयी

Next Post

एमसीसी सम्झौता कार्यान्वयनको चरणमा प्रवेश

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post
एमसीसी सम्झौता कार्यान्वयनको चरणमा प्रवेश

एमसीसी सम्झौता कार्यान्वयनको चरणमा प्रवेश

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

बाँकेमा बन्दको आंशिक प्रभावः वीपी चोकबाट पाँचजना पक्राउ

बाँकेमा बन्दको आंशिक प्रभावः वीपी चोकबाट पाँचजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?