बाँके असार १६ गते ।
बाँकेमा लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई आज बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ लग्दहवा बस्ने ३२ वर्षीय सुवास यादवलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बाँकेले यादवलाई लागुऔषध मुद्दामा दोषी ठहर गर्दै ७ बर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना तोकिएको थियो । २०७८ साल फागुन ५ गते अदालतको आदेशपछि उनी फरार हुँदै आएका थिए ।
प्रहरीले उनलाई आज पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।
Discussion about this post