ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

News Desk by News Desk
११:१२ बिहान, कार्तिक २१, २०७९
सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

फाइल फोटो

381
सेयर
379
VIEWS
ShareTweetSendShare

खोटाङ कात्तिक २१ गते ।
सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु–बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो । नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन् ।

दिक्तेलस्थित हस्पिटल चोकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीका ठेकेदार काम गर्दागर्दै छाडेर सम्पर्कविहीन भएका छन् । निर्माणाधीन सडक अलपत्र पारेर ठेकेदार भागेकाले वार्ता गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको जनाइएको छ ।

विसं २०७९ पुस २० गतेभित्र सक्ने गरी रु पाँच करोड छ लाख ५५ हजार पाँच सय ९६ लागतमा विसं २०७८ जेठ २० गते सम्झौता भएको भएको थियो तर, कामै नसकी फिल्ड छाडेर गएपछि सडक निर्माण अलपत्र परेकाले स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको प्रवक्ता घिमिरेले बताए ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसँग सम्बद्ध व्यक्तिको खोजी गर्न र आवश्यक कारबाहीको प्रक्रिया बढाउन नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय हर्कपुरसमेत पुगेका थिए । त्यसपछि पनि गत कात्तिक ३ गते सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्रचार गरेको थियो ।

दुबेचिवा–साप्सुखोला प्याकेजको काम भने खर्चरै सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । रु दुई करोड ९६ लाख ३७ हजार पाँच सय ८६ लागतमा विसं २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आरएन जेवीले विसं २०७८ चैत २८ गते सम्झौता गरेको थियो ।

तोकिएको म्याद सकिनुभन्दा दुई महिनाअघिनै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए । अलपत्र सडक छिटो सम्पन्न गराउन ताकेता गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले बताए ।

ADVERTISEMENT

यसबाहेक भुते चिरोप्वइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिल, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउनुपर्ने भन्दै सघन सहरी तथा भवन निर्माण अयोजनालाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा–सजिव–आरएन जेभी पङ्खुखोला पुलको साप–सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसँग सम्बद्ध केएम इन्जिनियर विल्डर्सलाई समेत ताकेता गर्न पत्राचार गरिएको जनाइएको छ ।

प्रदेश १ सरकारको रु १२ करोड ७२ लाख ९२ हजार चार सय ३७ को लागतमा निर्माणाधीन हुर्लुङ–जालपा सडक पनि अलपत्रै छ । चार महिनामा सक्ने गरी विसं. २०७८ भदौ ३१ गते रौताहा–सुसन आदित्य जेवी निर्माण कम्पनीले सम्झौता भएको थियो ।

दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दुम्ली सडक स्तरोन्नति पनि निर्माण पनि अपूरै छ । रु ७७ लाख १६ हजार चार सय ४८ को स्टीमेटमध्ये रु ४५ लाख १३ हजार नौ सय ६५ को लागतमा गत असार १६ गते सक्ने गरी विसं २०७८ फागुन २६ गते उत्सव निर्माण सेवा प्रालि पाँचथरले सम्झौता गरेको थियो ।

म्याद सकिँदासमेत काम भने ४० प्रतिशत मात्र सकिएको छ । लगलगे कन्ट्रक्सनले नै ठेक्का लिएको दिक्तेल हाटडाँडा–काफ्लेगाउँ–सडक पनि अलपत्रै छ । रु ८५ लाख नाँ हजार नौ सय ४० को योजना स्टीमेटमध्ये रु ४६ लाख २२ हजारको लागतमा विसं २०७८ असारमा सक्ने गरी लगलगे कन्ट्रक्सन चाबहिल काठमाडौँले विसं २०७८ माघ २० गते सम्झौता गरेको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा निर्माण थालिएको दिक्तेल–खानीडाँडा–आहाले सडक पनि अपूरै छ । विसं. २०७६ चैत ७ गतेसम्म काम सक्ने गरी याक्थुङहाङ–साप–सिरुवा जेभी निर्माण कम्पनीले विसं २०७५ असोज १ गते सम्झौता गरेको थियो ।

नगर क्षेत्रभित्र सञ्चालित योजनामा ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीका दायरामा ल्याउन खबरदारी गर्ने काम भइरहेको नगरप्रमुख भट्टराईले बताए । पन्ध्र वडा रहेको यस नगरपालिकामा ठेकेदार कम्पनीमार्फत निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएका अधिकांश योजना गुणस्तरहीन रहेको स्थानीयवासीले आरोप लगाएका छन् । रासस

Share154Tweet95SendShare
Previous Post

नेकपा एमाले हार्नु भनेको गरिब किसान मजदुर, शोषण पिडित महिला हार्नु होः एमाले उम्मेदवार ढकाल

Next Post

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

रुपन्देहीको देवदहमा दम्पती मृत फेला

राईको पहलमा नेपालगन्जमा एकैसाथ २२ वटा सडक र नाली निर्माण

राईको पहलमा नेपालगन्जमा एकैसाथ २२ वटा सडक र नाली निर्माण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?