ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

News Desk by News Desk
५:११ मध्यान्ह, माघ १७, २०७९
नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो
1k
सेयर
965
VIEWS
ShareTweetSendShare

बाँके माघ १७ गते
नेपालगञ्ज उपमहानगरपालिकाका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त विष्टले आज ‘फ्री वाईफाई जोन’ को सुभारम्भ गर्नुभएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो ।

विपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई  ‘फ्री वाईफाई जोन’ बनाइएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले जानकारी दिनुभयो । नगरलाई सूचना प्रविधिमैत्री बनाउँदै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकहरुलाई लक्षित गरी वाईफाई निःशुल्क चलाउने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताउनुभयो ।

“अहिलेलाई हामीले मानिसहरुको बढी चहलपहल हुने सात स्थानमा  ‘फ्री वाईफाई’ को सुविधा दिएका छौं, लगत्तै अन्य चार स्थानलाई पनि  ‘फ्री वाईफाई जोन’ बनाउँछौं, अहिले परीक्षणका रुपमा अघि बढेका छौं, यसको प्रयोग गर्दा आउने प्राविधिक समस्या हेरेर थप ठाउँमा विस्तार गर्नेछौं,” मेयर विष्टले भन्नुभयो-“नगरलाई सूचना प्रविधिमैत्री बनाउने अभियानमा छौं, हाम्रा २३ वटै वडामा इन्टरनेट पहुँच पुगेको छ, अनलाइन प्रणाली सुरु गरेका छौं ।” उहाँले यो संगै सूचना प्रविधिका क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकाले अर्को एउटा फड्को मारेको बताउनुभयो ।

सम्बन्धित समाचार

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

तत्काल नगरका प्रमुख ११ स्थान  ‘फ्री वाईफाई जोन’ बनेपछि विस्तारै २३ वटै वडाभर निःशुल्क इन्टरेनट सुविधा पुग्ने गरी काम गर्ने विष्टको भनाई छ ।

अब लगत्तै त्रिभुवन चोक, राँझा चोक, गणेशमान चोक र ट्राफिक चोकमा निःशुल्क वाईफाई सेवा विस्तार गरिने सूचना प्रविधि शाखा प्रमुख बर्माले बताउनुभयो । एक जना व्यक्तिले २४ घण्टामा ५ सय एमबी बराबरको डाटा प्रयोग गर्न पाउने बर्माले जानकारी दिनुभयो । हरेक चोकको ३०० मिटर उत्तर र दक्षिणसम्म इन्टरनेट पहुँच हुने गरी सुविधा दिइएको छ ।

एक चोकबाट अर्को चोक पुग्दासम्म डिस्कनेक्ट नहुने गरी सुविधा दिने प्रयास गरिएको बताइएको छ । वल्र्ड लिंकका नेपालगञ्ज प्रमुख नवराज शर्माले अप्ठोरो अवस्थामा वाईफाईको सही सदुपयोग होस् भन्ने हेतुले हाललाई मुख्य चोकहरुमा सुरुवात गरिएको बताउँदै यसको दुरुपयोग वा अनाधिकृत प्रयोग रोक्न पब्लिकलाई ट्रयाक गरेर सिस्टममा ल्याउन पोर्टल पनि बनाइएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

सर्वसाधारणले पहिलोपटक निःशुल्क वाईफाई प्रयोग गर्दा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने शर्माले बताउनुभयो । त्यसपछि आउने नोटिफिकेशनका आधारमा सुविधा पाइनेछ । ‘फ्री वाईफाई जोन’ सुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दिपककुमार बर्मा, कार्यपालिका सदस्य बसन्तकुमार कनौजिया लगायत उपस्थित हुनुहुन्थ्यो ।

Share434Tweet241SendShare
Previous Post

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

Next Post

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
Next Post
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

गुठी ऐन तर्जुमा गर्न समिति गठन

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?