ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

News Desk by News Desk
१०:०९ बिहान, बैशाख १८, २०८०
बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग
786
सेयर
785
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १८ गते ।
बैशाख १५ गते साझ ट्राफिक पोष्ट चपरगौडीका बरिष्ठ प्रहरी हवलदार खिमबहादुर रानालाई सवारी साधनबाट रकम उठाउँदा उठाउँदै इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीले रंगेहात पक्राउ गरे । सवारी साधन चेकजाँचका नाममा अवैध रकम असुलीसहित पक्राउ परेका रानालाई डिएसपी तिवारीले अवैध असुली बारे सोधखोज गरे । रानाले सोझो पाराले जवाफ दिए जिल्लामा बुझाउनु पर्छ सर त्यसैले उठाएको हो ।

रानाले डिएसपीसँग जे बोले त्यो यथार्थ थियो । तल्लो तहका प्रहरी कर्मचारीलाई उनीहरुको जागिर धरापमा पार्न लगाएर जिल्ला नेतृत्वले कसरी चरम भ्रष्टाचार गर्दो रहिछ भन्ने एउटा गतिलो उदाहरण हो चप्परगौडी पोष्टमा डिएसपी तिवारीले फेला पारेको यो घटना । चपरगौडी ट्राफिक पोष्टको कमाण्ड सई भेषराज पौडेलले सम्हाल्दै आएका थिए । चपरगौडी पोष्टबाट ट्राफिकको जिल्ला नेतृत्वलाई महिना–महिनामा ४० हजार रुपैयाँ बुझाउनु पर्छ । रकम नबुझाउने हो भने जिल्ला नेतृत्वले महिना दिनमै सरुवा गरिदिन्छ । त्यसको मार पौडेलले खेपिसकेका छन् ।

किनभने चप्परगौडी पोष्ट इन्चार्ज अघि पौडेललाई चिसापानीको इन्चार्जमा खटाइएको थियो । त्यहाँबाट उनलाई महिना दिनमै जिल्ला नेतृत्वले हटायो । प्रहरी निरीक्षक तिलक सुनार आइजिपीको सचिवालयबाट २०७९ फागुन २६ मा काज सरुवा लिएर जिल्ला ट्राफिक बाँकेमा आएपछि रकम असुलीमा दवाव दिँदा पोष्ट सम्हाल्ने इन्चार्जहरु तनावमा छन् । यहाँसम्मकी नेपालगन्ज अस्थायी पोष्टले महिनामा एक लाख २० हजार रुपैयाँ जिल्ला नेतृत्वलाई बुझाउँदै आएको थियो ।

तर, सुनारले १ लाख ५० हजार देखि तल नबुझ्न प्रहरी जनाव कमल बनजाडेलाई निर्देशन दिएका थिए । नेपालगन्ज अस्थायी पोष्टमा अफिसकलरको जिम्मेवारी पाएका एक जना प्रहरी भन्छन्–‘३० हजार रुपैयाँ थपेर दिएपछि मात्रै बनजाडेले महिनावरी बुझे ।’ सुनार आएपछि जिल्लामा रहेका एक दर्जन अस्थायी पोष्टहरुको महिनावरी रकम बढाइएको छ ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

को हुन् बनजाडे ?
बनजाडे जिल्ला ट्राफिक कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान हुन् । पछिल्लो समय प्रहरी निरीक्षक सुनारले उनलाई असुली धन्धाको ‘नाइके’ बनाएका छन् । पोष्टहरुसँग ‘डिल’ गर्ने, रकम बुझ्ने सबै काम बन्जाडेले गर्ने गरेका छन् । प्रहरी जवान बन्जाडेसँगै सुनारले दुई जना सईलाई पनि आफ्नो विश्वास पात्र बनाएर असुलीको ग्रुपमा मिलाएका छन् । प्रहरी प्रधान कार्यालयबाट सुनारले सेटिङ मिलाएर सइ भुपेन्द्र विष्ट र सई खेमानन्द पंगेनीलाई काजमा आफुसँगै बाँके ल्याएर आफ्नो असुली धन्दालाई गोप्य बनाउने प्रयास गरेका हुन् ।

यसअघि अफिसमा बस्दै आएकालाई सुनारकै भाषामा पुराना मु…हरुलाई लखेटेर तिमीहरु (विष्ट, पंगेनी र बन्जाडे) ले अफिस चलाउने हो भनेका थिए । पोष्टहरुबाट आउने अवैध तर सुनारको भाषामा बैध असुलीसँगै उनले पछिल्लो समय सवारी सवारी चालक अनुमति पत्र लाइसेन्समा पनि सेटिङ मिलाएर अर्को असुली धन्धा सुरु गरेका छन् । काजमा बाँके आएका उनले एक महिनासम्म लाइसेन्स सम्बन्धीत सबै काम बन्द गराएका थिए ।

अहिले लाइसेन्समा सेटिङ्ग मिलेपछि आफ्ना विश्वास पात्रकारुपमा सई भुपेन्द्र बिष्ट र चालक सहायक हवलदार ओम राना खटाउने गरेका छन् । सुनारको सेटिङको तथ्य बुझ्न यातायात कार्यालयबाट लिइएको परीक्षाको नतिजा हेरे पुग्छ । सुनार आएपछिको एक महिनाको अवस्थामा लाइसेन्सको ट्रयालमा कति पास भए ? सेटिङ मिलेपछि अहिले कति पास भइरहेका छन् ? त्यसको तथ्य हेरे पुग्ने एक जना प्रहरी अधिकृत बताउँछन् । लाइसेन्सको सेटिङको तथ्य बाहिरिने भयले गर्दा सुनारले विश्वासपात्र सइ भुपेन्द्र बिष्ट र चालक सहायक हवलदार ओम रानाबाहेक अरु कसैलाई लाइसेन्स ट्रायलमा खटाउँदैनन् ।

ADVERTISEMENT

सुनारले भने डिआइजी भएपछि करोडौं कमाउँछु …
प्रहरी निरीक्षक सुनारको दुई जिव्रे व्यवहार देखेर मातहतका प्रहरी कर्मचारी दिग्दार बनेका छन् । आन्तरिक व्रिफिङमा उनले असुली धन्दा शुन्य पार्ने बताउँछन् । निकै रौद्ररुपमा प्रस्तुत हुने उनले आफु फ्रेसको इनिस्पेक्टर भएको र भोलि डिआइजीको लाइनमा रहेको सुनाउँछन् ।

आफुलाई अहिले पैसाको कुनै कमी नभएको बताउँछन् । र, भन्छन् पैसा कमाउने बेला अझै आएको छैन् । उनको भनाइ उध्रृत गर्दै एक अधिकृत भन्छन्–‘एसपी, एसएसपी र डिआइजी हुँदासम्म करोडौं पैसा कमाइहाल्छु अहिले मलाई के को पैसाको कमी छ ?’ सुनार जव व्रिफिङ सकेर निस्कन छन् प्रहरी जवान बन्जाडेले इन्चार्जहरुलाई फोन घुमाउँदै भनिहाल्छन महिना बित्ना साथ रकम लिएर आउनु होला सरको आदेश छ ।

सुनारले आफु आइजिपीको सचिवालयबाट आएकाले कसैले हल्लाउन नसक्ने समेत बताउने गरेको ति अधिकृतहरु सुनाउँछन् । ‘काज हैन दरवन्दी नै यही पार्छु सुनारले धम्कीपूर्ण भाषाले भन्छन्–‘सचिवालयबाट आएको हुँ मेरो पावर तिमीहरुले देखेकै छैनौं ।’

अनुशासन छैन सुनारमा
दर्जाले केही जुनियर तर उमेरले सुनार भन्दा पाका अधिकृतहरुलाई उनले सिधैं ‘त’ सम्वोधन मात्र गर्दैनन् सिधैं मु…..मा…..को शब्दले बोलाउँछन् । अनलाइन खोजखवरको सम्पर्कमा आएका एक जना अधिकृतस्तरका प्रहरीले भने जागिरको उत्तरार्धमा पुगेका, २० औं वर्ष प्रहरी संगठनमा सेवा गरेका उमेरले पाका अधिकृतस्तरका प्रहरी कर्मचारीसमक्ष सुनार सरको व्रिफिङ समेत तल्लोस्तरको हुने गरेको बताए ।

अर्का अधिकृतस्तरका प्रहरीले पनि सुनारको व्रिफिङ सिंगो संगठनलाई बदनीयत गर्ने खालको भएको बताए । उनले यतिसम्म भने समयमै सुनारलाई संगठनले नेतृत्व कौशलाता नसिकाउने हो भने सिंगो बाँके ट्राफिककै बदनाम हुने छ । ती अधिकृतले भने–‘सुनार सर फ्रेसको प्रहरी निरीक्षक भएर पनि होला । उहाँलाई आफ्नै खालको दम्भ भएको । तर नेतृत्व कौशला भने शून्य जस्तै देखियो ।’ प्रहरी संगठनमा जिल्लाको नेतृत्व लिएको अधिकारीले तल्लो तहलाई अनुशासन सिकाउने दायित्व पनि हो ।

तर सुनार आफैमा अनुशासनहिन्ताको पराकाष्ठा भएको अर्का प्रहरी अधिकृत बताउँछन् । ‘जागिरी जीवनमा यस्तो अनुशासनहिन हाकिम मैले कहिल्यैं देखेको भोगेको थिएन उनले भने–‘हाकिमले जे बोले पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने मान्यताबाट सुनार सर ग्रसित भएको देखिन्छ । माथिल्लो तहले उहाँ (सुनार) सरलाई नेतृत्व विकास र अनुशासन सम्वन्धि पाठ सिकाउन जरुरी छ ।’

Share315Tweet196SendShare
Previous Post

कोहलपुरमा ५ जनामा डेङ्गी, कसरी सावधानी अपनाउने ?

Next Post

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा

पर्सिसम्म नै हल्कादेखि मध्यम वर्षाको सम्भावना

मजदुरका हकहित संवर्द्धनमा कांग्रेस सदैव लागिरहने छ : सभापति देउवा

मजदुरका हकहित संवर्द्धनमा कांग्रेस सदैव लागिरहने छ : सभापति देउवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?