ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा ५ जनामा डेङ्गी, कसरी सावधानी अपनाउने ?

News Desk by News Desk
११:१३ बिहान, बैशाख १७, २०८०
कोहलपुरमा ५ जनामा डेङ्गी, कसरी सावधानी अपनाउने ?
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १७ गते ।
कोहलपुरमा ५ जनामा डेङ्गी देखिएको छ । कोहलपुर नगरपालिका नगर अस्पतालको ल्यावमा परिक्षण गरिएका मध्ये ५ जनामा डेङ्गी संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार डेङ्गी संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला छन् । कोहलपुर नगरपालिका वडा न. २ का १ जना, वडा न.५,,११ र १४ का १÷ १ जना गरि ५ जनामा डेङ्गी संक्रमण देखिएको हो । उनीहरु सबैमा लक्षण चिन्ह देखिएको छ । अस्पतालका डा.रबी शर्मा वाग्लेले संक्रमित बिरामीलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिरहेको बताउनुभयो । उहाँका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भैरहेको छ ।

के हो डेङ्गी ?
डेङ्गी एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । यो एडीस प्रजातिको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ । यो प्रजातिका लामखुट्टेले डेङ्गी रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ्य मानिसको शरीरमा प्रवेश गर्दछन् र ३ देखि ७ दिनसम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखाउन थाल्दछन् । डेङ्गी सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो रोग सार्नको लागि माध्यम मच्छड नै हो, डेङ्गी मच्छड सङ्लो, जमेको पानीमा बसेर प्रजनन् क्रिया तीव्र बनाउने हुन्छ । त्यसैले गर्दा डेङ्गी पानी पर्ने र ओसिलो समयमा बढी फैलने हुन्छ । लगभग २० जना डेङ्गी प्रभावितमध्ये १ जना बिरामीलाई गाह्रो पार्न सक्छ र यो रोगको मृत्युदर १–२ प्रतिशत हो । यो रोगले गर्भवती महिला, साना बच्चाहरूमा र दोहोरिएर भएको डेङ्गी रोगमा जटिल समस्याहरू आउन सक्छ ।

लक्षणहरूः
–अत्यधिक ज्वरो आउनु (१०२ डिग्री फरेनहाइटभन्दा माथि) ।
–आँखाको वरिपरि र ठीक पछाडिको भागमा अत्यधिक दुख्नु ।
–छालामा रातो डाबर वा धब्बा आउनु ।
–हड्डी फुट्ने गरी दुख्नु आदि ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

यी माथिका लक्षणहरू मुख्य लक्षणहरू हुन् र यस्ता लक्षण देखा परेमा डेङ्गी रोग भएको अनुमान गर्न सकिन्छ ।
अन्य लक्षणहरूः
–वाक्वाकी लाग्छ ।
–छट्पटी हुन्छ ।
–बान्ता हुन्छ ।
–शरीरमा बिमिरा आउन सक्छ ।
–नाडी कमजोर तथा रक्तचाप कम हुन सक्छ ।
–यदि शरीरमा प्लेटलेट्सको मात्र कम भएमा शरीरको कुनै पनि ठाउँबाट रक्तश्राव हुनसक्छ ।
–धेरै रक्तश्राव भएमा बिरामी बेहोस हुन्छ ।
–समयमा उपचार नभएमा मानिसको मृत्यु पनि हुनसक्छ ।

उपचारः
डेङ्गी भाइरसको कारणले गर्दा हुने रोग हो । विश्वमा अहिलेसम्म यसको भाइरसलाई मार्ने औषधि बनेको छैन । त्यसैले गर्दा यसमा लक्षणअनुसारको उपचार गर्नुपर्ने हुन्छ ।
–ज्वरो कम गर्न प्लेन सिटामोलको प्रयोग गर्ने ।
–ब्रुफिन र स्प्रिनजस्ता औषधिको प्रयोग नगर्ने । किनकि यस्ता औषधिको प्रयोगले रगत पातलो बनाई धेरै रक्तश्राव हुने भएकाले जोखिम बढ्न सक्छ ।
–बिरामीलाई आराम गराउने ।
–बिरामीलाई झोलिलो र चाँडै पच्ने खालको खानेकुराहरू दिने ।
–यदि बच्चा, गर्भवती महिला र डेङ्गी दोहोरिएर भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराउने ।
–होमियोप्याथिक उपचार पद्दतिअनुसार लक्षणका आधारमा औषधि दिइने हुँदा यो रोगमा होमियोप्याथिक उपचार लाभप्रद देखिन्छ ।
–बान्ता, चक्कर र छट्पटी लागि शरीर कमजोर भई बेहोस भएमा तुरुन्त अस्पताल भर्ना गर्ने ।
–शरीरमा पानीको मात्रा कम हुने हुँदा एकदम झोलिलो खाने कुरा दिने ।

सावधानीः
डेङ्गी सार्ने मच्छड सफा र जमेको अनि कम पानीमा पनि यसले आफ्नो प्रजनन् प्रक्रिया पूरा गरी सङ्ख्या बढाउने हुँदा सम्पूर्ण पानी जम्ने प्रकृतिका वस्तुहरू नष्ट गर्नुपर्छ ।
यो प्रजातिको मच्छड उज्यालो समयमा बढी सक्रिय हुने हँुदा बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनुभन्दा अगाडि यसबाट बच्ने उपायहरू अपनाउनु पर्छ ।
–झुल टाँगेर मात्र सुत्ने बानी बसाल्ने ।
–गाउँ, टोल र बस्तीहरू सफा राख्ने ।
–मच्छडको टोकाइबाट बच्ने क्रिमहरू लगाउने ।
–मच्छड भगाउने धुप बालेर सुत्ने ।
–विभिन्न चिकित्सा पद्दतिअनुसार तीतो चिराइतो, निमपत्ती, मेवाको पातलगायतका औषधिहरू खानुपर्छ भन्ने मान्यता भएको हुँदा धेरै जनाले त्यसो गरेको पाइन्छ तर, नाडीको गति र रक्तचाप कम भएको छ भने त्यस्तो बेलामा तीतोले गर्दा बिरामीको अवस्था झन् जोखिममा पर्न सक्छ । त्यसैले यस्ता कुरामा विश्वास नगरी चिकित्सकको सल्लाह लिएर मात्र यस्ता औषधिहरू सेवन गर्नु उचित हुन्छ ।

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

Next Post

बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
Next Post
बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा

पर्सिसम्म नै हल्कादेखि मध्यम वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Fair
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 63%
Pressure: 1009.82mbar
UV index: 3
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?