ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै राप्तीसोनारी

News Desk by News Desk
९:०३ बिहान, असार १४, २०८०
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै राप्तीसोनारी
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ । भुगोलका हिसावले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका रहेको राप्ती सोनारी तुलनात्मक रुपमा स्वास्थ्य क्षेत्रमा पछाडि छ ।

तर पालिकाको जनप्रतितिधि तथा स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गरिरहेको छ । हाल सम्म नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विनियोजित बजेट मध्ये करिव ८० प्रतिशत कार्यक्रमहरु सम्पन्न भइसकेको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

पालिकाको निशर्तमा बिनियोजन रहेको बजेटबाट बा–आमा सरंक्षण कार्यक्रम अन्तर्गत पालिकाको ३ वटै वडाहरुमा एकीकृत बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन गरिसकेका छ । जसबाट एक हजार जनालाई सेवा प्रबाह गरिएको पनि शाखा प्रमुख केसीले बताउनुभयो । पालिकाको निशर्त तर्फ विनियोजनमा रहेको बजेटबाट महिलाहरुको पाठेघर सम्बन्धि स्वास्थ्य शिबिर समेत गरिएको छ ।

उनले भने–‘पालिकाको पाँच स्थानमा संचालन गरि करिब एक जना महिलाहरुको पाठेघर सम्बन्धि रोगको उपचार सेवा प्रदान गरिएको छ । उक्त शिबिर मार्फत करिब १५ जना महिलाहरुको पाठेघर खस्ने समस्या निदान भएको छ भने चार जना महिलाहरुको पाठेघरको अपरेसन गरिएको छ ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

यसमा करिब दुई जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर जांच गरि ६ जना महिलाहरुको क्यान्सर निदान गरिएको छ ।’ पालिकाले यो वर्षदेखि बाआमा सुरक्षा कार्यक्रम पनि सुरु गरेको छ । पालिकाको स्वास्थ्य सेवाको पहुँचदेखि बाहिर रहेका त्यस्ता जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ पालिकाका तीन वटा स्थानमा शिविर नै आयोजना गरी उनीहरुलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह गरिएको स्वास्थ्य शाखा प्रमुख केसीको भनाइ छ ।

राप्तीसोनारी गाउँपालिकाको कुसुम, नन्कुपुर र गुल्जरगौरीमा आयोजना गरिएको शिविरमा सयौं जेष्ठ नागरिकले सेवा प्राप्त गरेको पनि उहाँको भनाइ छ । भौगोलिक विकटताकाबीच पालिकाले कुनै पनि नागरिकहरु स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर नहुन भन्ने उद्देश्यका साथ स्वास्थ्य सेवाको दायरालाई फराकिलो पार्ने काम गरिहेको छ । पालिकाले १५ शैयाको अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै लगेको पनि जनाएको छ ।

यो अस्पतालबाट हुने सेवालाई सहज, सरल र गुणस्तरीय बनाइएको छ उनले भने अत्याधुनिक प्रयोगशालासँगै एक्स रे सेवालाई पनि यो वर्षदेखि प्रभावकारी बनाइएको छ । यहाँ दुई जना एमबीबीएस डाक्टरहरुको नेतृत्वमा स्वास्थ्य सेवा प्रवाह गर्ने काम भइरहेको छ । भौगोलिक विकटता स्वास्थ्य सेवाको पहुँच विस्तारमा बाधक बन्ने गरेको छ । सीमित स्रोत सधानकाबीच पनि राप्तीसोनारीमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारका संकेतहरु देखिएका छन् । थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग नियन्त्रणका लागि पालिकाले सिकलसेल जाँच अभियाननै चलाएको छ ।

ADVERTISEMENT

पालिकाका अध्यक्ष तप्प बहादुर पौडेलले बंशाणुगत सिकलसेल रोग नियन्त्रणका लागि पालिकाले पहिचानका लागि नमुना संकलन गर्ने, रोगीको पहिचान गर्ने र उनीको उपचार व्यवस्थापनमा सहजीकरण गर्ने काम गरिरहेको बताउनुभयो । राप्तीसोनारी गाउँपालिका थारु समुदाय बाहुल पालिका हो । सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च वाफत एक लाख रुपैयाँ दिने गरेको छ । तर यो रोग लागेका व्यक्तिहरुले जीवनभरी औषधि खानु पर्ने भएकाले एक लाख रुपैयाँले पुग्दैन ।

त्यही भएर पालिकाले आगामी वर्षदेखि रोगीहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने योजना पालिकाले लिएको अध्यक्ष पौडेलको भनाइ छ । ९ वटा वडा रहेको राप्तीसोनारीमा एउटा आधारभूत अस्पताल रहेको छ भने पाँच वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाई रहेको छ ।

यी स्वास्थ्य संस्थाबाट नागरिकहरुले स्वास्थ्य सेवा लिइरहेका छन् । राप्तीसोनारीमा ४३ जना स्वास्थ्य तर्फका स्थायी कर्मचारी छन् भने करार सेवामा कार्यरत डाक्टर, स्वास्थ्यकर्मीहरु तथा कार्यालय सहयोगीसहित थप ६४ जना कर्मचारी छन् । संघीय सरकारले चालू आर्थिक वर्षका लागि ४ करोड ८० लाख बजेट पठाएको थियो भने पालिका आफैले स्वास्थ्य शाखालाई ३ करोड ३० लाख बढी बजेट विनियोजन गरेको थियो ।

Share151Tweet94SendShare
Previous Post

बाँकेलाई आज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिँदै

Next Post

आज राष्ट्रिय धान दिवस मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post
आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

आज राष्ट्रिय धान दिवस मनाइँदै

सेती अस्पताल स्तरोन्नतिको योजना नयाँ बजेटमा पनि अटाएन

सेती अस्पताल स्तरोन्नतिको योजना नयाँ बजेटमा पनि अटाएन

कैलालीको कान्द्रा नदीमा १२ वर्षमा बन्यो पुल

कैलालीको कान्द्रा नदीमा १२ वर्षमा बन्यो पुल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?