ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्राणप्रतिष्ठाको प्रभाव, नेपालगन्ज–जनकपुर हवाइ रुटको माग

News Desk by News Desk
१०:४२ बिहान, माघ ९, २०८०
हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

फाइल तस्वीर

463
सेयर
436
VIEWS
ShareTweetSendShare

बाँके माघ ९ गते ।
भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगन्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आकर्षित हुने बताएका छन् ।

भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नले पुण्य प्राप्त हुने पौराणिक मान्यता रहेको धार्मिक अगुवाको भनाइ छ । उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले धार्मिक पर्यटनका लागि नेपालगन्ज–जनकपुर हवाईमार्गसँगै स्थलमार्गलाई पनि प्रभावकारी बनाउन आग्रह गर्दै सातामा एउटा उडान भए पनि त्यसको धार्मिक पर्यटनमा दूरगामी असर पर्ने बताए ।

उनले नेपालगन्ज–जनकपुर र जनकपुर–काठमाडौँको एकीकृत हवाई मार्गले नेपालगञ्जको बजारलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारतको अयोध्यामा रहेको श्रीराम मन्दिर आउने लाखौँ पर्यटकलाई नेपालगन्ज हुँदै नेपाल भित्र्याउनसके त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए । हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वैश्य भन्छन्–‘भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि सीताजीको जन्मभूमि जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गरेपछि पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।’

उनले नेपालगन्ज–पोखराको हवाई उडान भएजस्तै नेपालगञ्ज–जनकपुरको उडानका लागि यति एयरलाइन्स, बुद्ध एयरलाइन्स वा श्री एयरलाइन्सको जहाजलाई राति राँझा विमानस्थलमा नै राख्नुपर्ने तर्क गर्दै त्यसपछि यसको भारतमा प्रचार–प्रसार गरेर भारतीय पर्यटक नेपाल भित्र्याउन सकिने बताए । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्ज–जनकपुर हवाईमार्ग अविलम्ब सुरु गर्न माग गर्दै यसलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

सम्बन्धित समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

उनले पर्यटन प्रवर्द्धनका लागि हवाईमार्गसँगै नेपालगन्ज–अयोध्यास्तरीय बस सेवासमेत सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसबाट नेपालगन्जको वास्तविक समृद्धि हुने तर्क गरे । पर्यटन व्यवसायी सिग्देलले भने–‘राजनीतिक नेतृत्वसँग इच्छाशक्ति मात्रै हुने हो भने पर्यटनको एजेण्डालाई लागू गर्न सकिन्छ ।’ उनका अनुसार अयोध्या नेपालगञ्जबाट सबैभन्दा बढी नजिक भएको सहर हो ।

नेपालगन्जबाट भारतको अयोध्या एक सय ७१ किलोमिटरको दूरीमा रहेको बताइएको छ । नेपालका सबै पर्यटकीय स्थललाई जोड्न हवाईमार्ग प्रभावकारी हुने भएकाले हवाई ‘कनेक्टिभिटी’ र बस सेवाको कनेक्टिभिटी आवश्यक भएको सिग्देलको भनाइ छ । नागरिक अभियानकर्मी तथा अधिवक्ता विश्वराज तिवारीले हवाईमार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबिचको निकटता बढ्ने बताए ।

उनले भारत र नेपालीबिचको भाइचारा सम्बन्धसमेत बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि पनि सहज हुने बताए । नेपालगन्जको हनुमानगढी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले भारतको अयोध्यामा श्रीरामको दर्शन गरेपछि सीतामाताको दर्शन नगरे पूर्ण लाभ नहुने भएकाले अयोध्याबाट जनकपुर जान हवाईमार्ग अतिआवश्यक भएको जानकारी दिँदै माता जानकीको दर्शन गरेकाले पुनः श्रीराम मन्दिरको पनि दर्शन गर्नुपर्ने बताए । ‘यी दुवै मन्दिरको दर्शन हुने भएकाले धार्मिक पर्यटनमा यसले टेवा पु¥याउँछ’ उनले भने । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरबाहेक अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थल छन् ।

ADVERTISEMENT
Share201Tweet109SendShare
Previous Post

बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक बढे

Next Post

मेटिएको जेब्रा क्रसिङ बनाउन ढिलाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद
मुख्य समाचार

सीमाबाट हुने अवैध तस्करी रोकिएपछि भारतीय व्यापारी र पत्रकारहरुले उचालेको विवाद

९:०३ बिहान, बैशाख ३०, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन
मुख्य समाचार

बाँकेका बाल सुधारगृहको अवस्था बुझ्न मन्त्री बादीको स्थलगत अनुगमन

८:१३ बिहान, बैशाख ३०, २०८३
Next Post
मेटिएको जेब्रा क्रसिङ बनाउन ढिलाइ

मेटिएको जेब्रा क्रसिङ बनाउन ढिलाइ

लुम्बिनी प्रदेशमा २१ प्रतिशत बीमामा समेटिए

लुम्बिनी प्रदेशमा २१ प्रतिशत बीमामा समेटिए

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगन्ज भन्सारलाई लक्ष्य भेट्न हम्य हम्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?