
बाँके कार्तिक ८ गते । कोहलपुर नगरपालीका वडा नं ११ लोकनगरको श्रृजना टोल स्थित सुरेन्द्र विक्रम सिंह ठकुरीको घरमा आगलागि हुँदा करिब ३ लाख ५० हजार वढिको क्षति भएको छ । लामखुट्टे मार्न प्रयोग गरेको धुपका कारण आगलागि भएको घर धनि शाहीले बताए ।
आगलागिबाट घरको एक कोठामा रहेका लत्ताकपडा,सोफा,टिभि र खाट लगायतका सामाग्रिहरु जलेर नष्ट भएको छ । लामखुट्टे मार्न प्रयोग गरेको धुपबाट आगो फैलिएर कोठामा आगलागि भएको इलाका प्रहरी कार्यालय कोहलपुरका सई सुरेन्द्र पन्तले युगयानलाई बताए । विहिवार साँझ करिब सात बजेतीर आगलागि भएको थियो । स्थानियहरुको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको र कोठामा भएका सामानहरु जलेर र्पूण रुपमा नष्ट भए पनि मानविय क्षति हुन नपाएको कोहलपुर नगरपालिका वडा नं ११ का वडा सदस्य छविलाल भट्टराइले बताए ।









Discussion about this post