ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एक गाग्री पानी ल्याउन डेढ घण्टा

News Desk by News Desk
५:३६ मध्यान्ह, फाल्गुन १५, २०८०
एक गाग्री पानी ल्याउन डेढ घण्टा
380
सेयर
379
VIEWS
ShareTweetSendShare

इलाम फागुन १५ गते ।
माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको सानो होटल सञ्चालनका लागि पानी लिन उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको बिहानी पानी जोहोमै बित्ने गरेको छ ।

“बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ”, उनले भनिन्, “बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ । लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ ।”

सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ । उनले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताइन् । चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उनको भनाइ छ । त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उनले सुनाइन् ।

“चिसोपानीबाट ल्याइएको पानी त बिहान एक घण्टा मात्र आउँछ । कहिलेकाँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ”, उनले भनिन्, “त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन । कहिलेकाहीँ त ट्याङ्करबाट पानी किनेर समेत प्रयोग गर्नुपरेको छ ।”

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ । पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राईले बताइन् । “विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ । यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो”, उनले भनिन्, “खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटकपटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौं ।”

रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएका छन् । खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारीले बताइन् । सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उनको माग छ । बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राईले बताए । “आर्थिक वर्ष २०६७÷६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ । असारमा मूल फुटेपछि मात्र आउँछ”, उनले भने, “अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन ।”

ADVERTISEMENT

खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ । नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राईले बताए ।

खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थी समेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गरे । सङ्घीय सरकारको विशेष अनुदानबाट रु दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलालाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको उनले बताए । रासस

Share153Tweet95SendShare
Previous Post

कोहलपुरमा जथाभावी राखिएको डिभाइडरले आवातजावतमा सास्ति भएको भन्दै सडक जाम

Next Post

बर्दियाका ५० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
बर्दियाका ५० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता

बर्दियाका ५० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता

नेपालगञ्ज राजस्वका सात मुद्दा न्यायाधिकरणमा दर्ता

नेपालगञ्ज राजस्वका सात मुद्दा न्यायाधिकरणमा दर्ता

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश विभाग प्रमुखमा वर्मा

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश विभाग प्रमुखमा वर्मा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:20 am5:46 pm +0545
Feels like: 28°C
Wind: 11km/h W
Humidity: 63%
Pressure: 1012.53mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?