ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

News Desk by News Desk
२:१२ मध्यान्ह, चैत्र १३, २०८०
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
396
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके चैत १३ गते ।
नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।

वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो । “यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका रिजालले भन्नुभयो, “वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत सङ्कलनको माध्यम पनि बन्दै गएको छ ।”

नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताउनुभयो ।

विसं २०६५ मा सुुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छभने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ ।

सम्बन्धित समाचार

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटरपार्क क्षेत्रभित्र छदेखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ । नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ । वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ । एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी वैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताउनुभयो ।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिनुभयो । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो ।

पर्यटकले मोटरबोट चढ्न रु. दुई सय ५० तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालले बताउनुभयो । रासस

ADVERTISEMENT
Share166Tweet96SendShare
Previous Post

ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

Next Post

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कृषि

चक्रपातको त्रास : पाकेको धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

४:२४ बिहान, कार्तिक १४, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

फेसबुक–टिकटकबाट चिनजान, प्रेमको नाटक गरेर भारत पुर्‍याउँदै मानव तस्कर

११:५३ मध्यान्ह, कार्तिक १३, २०८३
कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा
मुख्य समाचार

कपास विकास समिति खारेजीको तयारी, किसान र अर्बौंको सम्पत्तिको भविष्य अन्योलमा

२:१४ बिहान, कार्तिक १३, २०८३
इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि
दुर्घटना

नेपालगन्जमा इ–रिक्साको जोखिम बढ्दो, तीन वर्षमा दुर्घटना ह्वात्तै वृद्धि

६:२८ बिहान, कार्तिक १२, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा
प्रदेश समाचार

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

१:११ बिहान, कार्तिक १२, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा सफारी सुरु, एक हजारमै प्याकेज
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा सफारी सुरु, एक हजारमै प्याकेज

११:४४ मध्यान्ह, कार्तिक ११, २०८३
Next Post
आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

२२ सहकारीको खारेजी प्रक्रिया सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Cloudy
6:28 am5:36 pm +0545
Feels like: 25°C
Wind: 6km/h SW
Humidity: 73%
Pressure: 1015.58mbar
UV index: 3
SatSunMon
24°C / 19°C
28°C / 20°C
29°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?