
काठमाडौं १३ गते । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएको छ ।
आज विहान प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुग्नुभएको छ ।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताउनुभयो । रेगुलर चेकजाँचका लागि जानु भएको हो । स्वास्थ्यमा नयाँ समस्या उत्पन्न भएको छैन, स्वास्थ्य जाँचपछि फर्किनुहुन्छ, ११ वर्षअघि भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री को मिर्गौला प्रत्यारोप गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँइरहेका छन् ।









Discussion about this post