ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

संशोधित राजस्व लक्ष्य पनि भेट्टाउन चुनौती, दैनिक छ अर्ब उठाउनुपर्ने

News Desk by News Desk
१२:०५ मध्यान्ह, जेष्ठ १३, २०८१
संशोधित राजस्व लक्ष्य पनि भेट्टाउन चुनौती, दैनिक छ अर्ब उठाउनुपर्ने
372
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ १३ गते ।
चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ ।

आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्कलनको संशोधित लक्ष्य पनि प्रभावित हुने देखिएको हो । संशोधित लक्ष्य पूरा गर्न सरकारले चालु आवको बाँकी समयमा दैनिक छ अर्ब २८ करोड रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ । अहिले दैनिक करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन भइरहेको अवस्थामा बाँकी समयमा त्यसको दोब्बरभन्दा पनि बढी राजस्व सङ्कलन सरकारका लागि निकै चुनौतीपूर्ण बन्ने छ ।

चालु आवका लागि सरकारले सुरुमा १४ खर्ब २२ अर्ब ५४ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । गत माघमा बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले राजस्व सङ्कलनको सुरु लक्ष्य संशोधन गर्दै ११ खर्ब ७१ अर्ब ४० करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरेको थियो । जसमध्ये १० खर्ब ६४ अर्ब ३३ करोड कर राजस्व र एक खर्ब सात अर्ब रुपियाँ गैरराजस्व सङ्कलन हुने संशोधित लक्ष्य छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले शुक्रबारसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । जसमध्ये सात खर्ब ७० अर्ब ४९ करोड रुपियाँ कर राजस्व र ८६ अर्ब ५७ करोड रुपियाँ गैरकर राजस्व राजस्व रहेको छ ।

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

संशोधित लक्ष्य अनुसार आवका बाँकी समयमा सरकारले तीन खर्ब १४ अर्ब ३४ करोड रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने हुन्छ । चालु आव सकिन ५० दिन बाँकी रहेकाले संशोधित लक्ष्यको बाँकी र अवधिको अनुपातका हिसाबले सरकारले दैनिक छ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो ।

चालु आवमै सरकारले गत आवको संशोधित लक्ष्यको तुलनामा ४० प्रतिशतभन्दा बढी राजस्व सङ्कलनको लक्ष्य बढाएको थियो । आर्थिक गतिविधि सोही अनुसार बढ्न नसक्ने देखेपछि बजेटको अर्धवार्षिक समीक्षामार्फत त्यस्तो लक्ष्य सवा दुई खर्बले घटाइएको थियो ।

त्यसरी लक्ष्य घटाउँदा पनि राजस्व सहजै पूरा हुन सक्ने अवस्था देखिएको छैन । लक्ष्य अनुसार राजस्व सङ्कलन नहुने देखिएपछि सरकारले आगामी आवको बजेट वक्तव्यमा पुनः संशोधित लक्ष्य प्रस्तुत गर्ने छ ।

ADVERTISEMENT

राजस्व सङ्कलनको लक्ष्य बढी राख्ने तर सो अनुसार सङ्कलन नहुने भएपछि सरकारले अर्धवार्षिक समीक्षा र बजेट वक्तव्यमार्फत घटाउने प्रवृत्ति जस्तै बन्न थालेको छ । जसले गर्दा कतिपय प्राथमिकता प्राप्त आयोजनाकै लागि स्रोतको समस्या पर्ने र वित्तीय हस्तान्तरण भएर जाने राजस्वसमेत प्रभावित हुने अवस्था देखिन थालेको छ ।

Share149Tweet93SendShare
Previous Post

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

Next Post

भोलिदेखि नेपालगन्जका विद्यालय चार दिन बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

२:२७ बिहान, असार १५, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

७:३० बिहान, असार ४, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
Next Post
कालीकोटः महाबैका जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउने

भोलिदेखि नेपालगन्जका विद्यालय चार दिन बन्द

बाघको खोजीमा हात्तीसहित खटियो प्राविधिक टोली

बाघको खोजीमा हात्तीसहित खटियो प्राविधिक टोली

जङ्गली जनावरका कारण वैकल्पिक खेती

जङ्गली जनावरका कारण वैकल्पिक खेती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?