ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

News Desk by News Desk
२:२० बिहान, साउन २१, २०८१
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके साउन २१ गते ।
बाँके जिल्लामा गत आर्थिक वर्ष २०८०–०८१ मा झन्डै चार लाख क्यु फिट काठ उत्पादन भएको छ । गत आवमा जिल्लामा विभिन्न जातका तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको हो ।

जिल्लाका विभिन्न सामुदायिक वन, राष्ट्रिय वन तथा निजी आवादी वनमा गरी गत आर्थिक वर्षमा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले बताउनुभयो ।

सूचना अधिकारी रोकाका अनुसार ८९ सामुदायिक वन, एउटा राष्ट्रिय वन (चक्ला वन) र निजी आवादी वनमा गरी उक्त मात्रामा काठ उत्पादन भएको हो । २४ वटा संवर्धन प्रणाली लागू भएका सामुदायिक वनबाट एक लाख ९४ हजार ११० दशमलव ११ क्यु फिट, ६५ वटा संवर्धन प्रणाली लागू नभएका सामुदायिक वनबाट ६३ हजार ७४ दशमलव ९९ क्यु फिट र एउटा संवर्धन प्रणाली लागू भएको राष्ट्रिय वन (शमसेरगन्ज माथेवास चक्ला वन)बाट ७१ हजार १११ दशमलव ०१ क्यु फिट काठ उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी विभिन्न व्यक्तिका निजी तथा आवादी वन क्षेत्रबाट गत आर्थिक वर्षमा ७० हजार ३१२ दशमलव ६७ क्यु फिट गरी जम्मा तीन लाख ९८ हजार ६०८ दशमलव ७८ क्यु फिट काठ उत्पादन गरिएको सूचना अधिकारी रोकाले बताउनुभयो ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

त्यसै गरी विभिन्न सामुदायिक वनबाट विभिन्न जातका ९९७ दशमलव १४ चट्टा, राष्ट्रिय वनबाट २७७ दशमलव २५ चट्टा र निजी आवादी वनबाट ९०३ दशमलव ०९ चट्टा गरी जम्मा दुई हजार १७७ दशमलव ४८ चट्टा दाउरा उत्पादन भएको छ ।

सामुदायिक तथा राष्ट्रिय वनबाट साल, असना, धौटी, जामुन, खयर, सिसौ, हर्रो, बर्रो, कर्मालगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको र निजी आवादी वनबाट मसला, टिक (सागवन), सिसौ, सिमल, खयरलगायतका प्रजातिका काठ तथा दाउरा उत्पादन भएको वन अधिकृत रोकाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० मा भन्दा गत आर्थिक वर्षमा काठ तथा दाउरा उत्पादनको अनुपात बढेको छ । आर्थिक वर्ष २०७९÷०८० मा बाँकेमा विभिन्न जातका तीन लाख ५२ हजार दशमलव ८१ क्यु फिट काठ उत्पादन भएको थियो भने एक हजार ७५७ दशमलव ३६ चट्टा दाउरा उत्पादन गरिएको थियो ।

ADVERTISEMENT

बाँकेमा एक लाख १९ हजार ९३९ दशमलव ७४ हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये, ६२ हजार २०० दशमलव ६८ हेक्टर वन (५१ दशमलव ८६ प्रतिशत) बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत र ५७ हजार ७३९ दशमलव ०६ हेक्टर वन (४८ दशमलव १४ प्रतिशत) डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्र रहेको सहायक वन अधिकृत नवराज शाहीले जानकारी दिनुभयो । ५७ हजार ७३९ दशमलव ०६ हेक्टर वन क्षेत्रमध्ये ५२ हजार ९३३ दशमलव ०९ हेक्टर वन रुखले ढाकेको र चार हजार ८०५ दशमलव ९७ हेक्टर वन क्षेत्र झाडी तथा बुट्यानले ढाकेको छ ।

सहायक वन अधिकृत शाहीका अनुसार जिल्लामा एक सय १९ वटा सामुदायिक वन, एउटा चक्ला वन, चार वटा धार्मिक वन र राष्ट्रिय वन छन् । सामुदायिक वन २४ हजार ५९४ दशमलव ५० हेक्टर, चक्ला वन दुई हजार ५७८ हेक्टर, धार्मिक वन करिब एक सय हेक्टरमा रहेका छन् भने अन्य वन क्षेत्र राष्ट्रिय वनले ओगटेको शाहीले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

Share151Tweet94SendShare
Previous Post

नेपालगन्ज भन्सारबाट मात्रै ७० अर्बको आयात

Next Post

कटुवा पेस्तोलसहित एक जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
कटुवा पेस्तोलसहित एक युवक पक्राउ

कटुवा पेस्तोलसहित एक जना पक्राउ

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजदेखि मनसुन पुनःसक्रिय हुँदै

१२ सय लिटर भारतीय दूध नष्ट

१२ सय लिटर भारतीय दूध नष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?