
बाँके कार्तिक २५ गते । प्रहरी प्रशासनको ज्यादती विरुद्ध आज नेपालगञ्जमा वृहद विरोध प्रदर्शन गरिएको छ । काँग्रेस नेता, कार्यकर्तामाथि निरन्तर गरिएको आक्रमण र प्रहरी प्रशासनको असहयोग विरुद्ध नेपाल तरुण दलको आयोजनामा आज दिउसो पार्टी कार्यालयबाट विरोध र्याली प्रदर्शनसहित प्रशासनमा धर्ना दिइएको छ ।
कालो व्यानरसहित निस्कीएको र्याली विपी चौक, त्रिभुवन चौक हुँदै प्रशासन कार्यालय पुगेर धर्ना तथा सभामा परिणत भएको थियो । प्रहरीले कार्तिक १४ गते नेपाल तरुण दलका नगर सभापति सन्दिपजंग शाहसहित ४ जनालाई अनाहकमा हतियार सहित फसाउन खाजेको भन्दै तरुण दल आन्दोलीत भइरहेको छ भने काँगे्रसले यस अघि देखि नै प्रहरीको व्यवहार उचित नभएको भन्दै विरोध गर्दै आएको थियो । धर्नापछिको सभामा काँगे्रसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बाँके प्रहरी प्रशासन सत्ता पक्षका नेता कार्यकर्ताको अपराध ढाकछोपमा तल्लीन रहेको भन्दै निष्पक्ष छानवीनसहित कारवाहीको माग गर्नु भयो । नेपाल सरकारको प्रहरी नेकपाको कार्यकर्ता सरह क्रियाशिल रहेको भन्दै उहाँले तत्काल सच्चीन अपील गर्नु भयो । तरुण दलका उपाध्यक्ष उत्तम चापागाइले तरुण यूवालाई फसाउने षडयन्त्रमा नलाग्न प्रहरीलाई चेतवानी दिनु भयो । काँगे्रस सभापति किरण कोइरालाले सत्ताकै आडमा काँगे्रसमाथि निरन्तर आक्रमण भइरहेको भन्दै अब चुप लागेर बस्न नसकिने उदघोष गर्नु भयो । यसैबीच नेपाली काँगे्रस बाँकेले आन्दोलन गर्नु पर्ने कारणसहित अपील समेत जारी गरेको छ । हत्या, हिंसा बलात्कार, कालो वजारी, मुल्यवृद्धि नियन्त्रण गर्न नसकेको, काँगे्रस बाँके सभापति एवं तरुण नेतामाथि आक्रमण गरेको विरुद्ध आन्दोलन भन्दै अपील गरिएको छ ।









Discussion about this post