ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः शुरु

News Desk by News Desk
१२:२९ बिहान, बैशाख २१, २०८२
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक
395
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २१ गते ।
कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार आयोजनाको काम पुनः शुरु भएको छ । विगत दुई वर्षदेखि अवरुद्ध बाँकेको बानियाभार खण्डमा शनिवार स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपछि आयोजना विस्तारको काम पुनः शुरु भएको हो ।

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारसँगै स्थानीय राजनीतिक दल, सरोकारवाला र सुरक्षा निकाय वीच समन्वय गरेपछि आयोजनाका कामदार तथा कर्मचारीले प्रसारण लाइन विस्तारको काम पुनः शुरु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । यसअघि बानियाभारका स्थानीयले पटक–पटक सरकारले तोकेभन्दा बढी मुआब्जाको माग गर्दै अवरोध गरेपछि विद्युत् प्रसारण लाइन विस्तारको काम अवरोध भएको थियो ।

स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था सुनिश्चित् गरेपछि प्रसारणलाई विस्तारको काम अघि बढेको हो । अब विस्तारको काम शुरुसँगै आउँदो साउन महिनाभित्रै सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्य रहेको छ । अहिले सञ्चालनमा रहेको ३३ केभी विद्युत् प्रसारण लाइनले सुर्खेतसहित सिङ्गो कर्णालीको माग र आवश्यकता थेग्न सकिरहेको छैन । त्यसमाथि पुराना उपकरण र सीमित संरचनामार्फत सेवा दिँदै आएको विद्युत् प्रणालीले बारम्बारको अवरोध र अस्थिरता झेल्नुपरिरहेको छ ।

कोहलपुरबाट सुर्खेतसम्म तानिएको ३३ केभी क्षमताको प्रसारण लाइन ‘ओभर लोडेड’ छ । प्रसारण लाइनका पोलहरू पनि जीर्ण अवस्थामा पुगेकाले सानो हावाहुरी र वर्षा हुँदा सुर्खेतमा सधैँ जसो विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । १३२ केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि अहिले भइरहेका सबै समस्याको समाधान हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युतका कारण कर्णालीका नागरिकले भोग्नुपरेको समस्याप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएपछि बाँकेको बैजनाथ गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुनासँगै बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको विवाद टुङ्गिएको आयोजनाको भनाइ छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

नेपाल विद्युत् प्राधिकरण, कर्णाली प्रदेश सरकार, राजनीतिक दल, जनप्रतिनिधिहरू, उद्योगी व्यवसायी र नागरिक समाजको दबाबले विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः शुरु भएको आयोजनाका प्रमुख रविकुमार चौधरीले बताए । उनले कर्णालीकै आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएको यो आयोजनाले पूर्णता पाए सुर्खेतलाई ऊर्जा आपूर्तिमा आत्मनिर्भर बनाउन मात्र नभई समग्र आर्थिक विकासलाई गति दिन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार करिब ७० करोड रुपैयाँको यो आयोजनामा १६२ वटा ठूला टावरहरू मध्य १५३ वटा निर्माण भइसकेका छन् । आयोजनाले विद्युत् प्रसारण लाइन विस्तारको काम २ वर्षभित्रै सक्ने लक्ष्य लिए पनि विभिन्न स्वार्थ समूहले विभिन्न बाधा, व्यवधान खडा गरेपछि चार वर्ष वित्दा समेत सम्पन्न हुन सकेको छैन ।

आयोजनामा ढिलाइ हुँदा विकास निर्माणका कामसँगै औद्योगिक उत्पादन, सञ्चारमाध्यम, स्वास्थ्य सेवा, शैक्षिक गतिविधि र नागरिकको दैनिकमा प्रत्यक्ष असर पुगिरहेको छ । प्रसारण लाइन बनेमा समग्र कर्णालीका जनताले पाउने विद्युत् सेवाको गुणस्तरमा सुधार हुनुका साथै विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न ठूलो सहयोग पुग्नेछ ।

ADVERTISEMENT
Share162Tweet97SendShare
Previous Post

लुम्बिनी प्रदेश सरकारद्धारा बजेटबारे सुझाव संकलन

Next Post

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

कर्णाली कोरिडोरको हुम्ला खण्ड सम्पन्न

मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

बर्दियामा आहारको खोजीमा वस्ती पस्न थाले चितुवा

बर्दियामा आहारको खोजीमा वस्ती पस्न थाले चितुवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?