ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शिक्षा पहिलो प्राथमिकतामा छ : नगर प्रमुख आचार्य

News Desk by News Desk
१२:०६ बिहान, जेष्ठ २०, २०८२
शिक्षा पहिलो प्राथमिकतामा छ : नगर प्रमुख आचार्य
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके जेठ २० गते ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा कोहलपुरमा आयोजित पाँच दिने एकीकृत पाठ्यक्रममा आधारित कष्टमाइज्ड तालिम एवम् बहुकक्षा बहुस्तर शिक्षण सिकाइ अभिमुखीकरण कार्यक्रमको सोमवार समापन गर्दै उनले विद्यालयको गुणस्तर सुधारको योजना लिएर आउने विद्यालयलाई खाली हात नर्फकाइएको बताए ।

उनले भने–‘हाम्रो पहिलो प्राथमिकता शिक्षा हो । बिधालयको गुणस्तर सुधारमा योजना लिएरर आउने विद्यालयलाई खाली हात फर्काएका छैनौं ।’ उनले प्राप्त तालिमबाट सिकेको सीप र ज्ञानलाई विद्यालयमा उपयोग गरेर शिक्षण सिकाइलाई प्रभावकारी गराउन पनि निर्देशन दिए । उनले भने–‘ नतिजा सुधारमा प्रभाव पार्ने गरी काम गर्नुहोस् । स्थानीय सरकारबाट शैक्षिक सामग्रीको अभाव हुनेछैन ।’ कक्षा १ देखि ३ सम्ममा अध्ययन गर्ने ६० जना शिक्षकहरुलाई बहुकक्षा बहुस्तर शिक्षण सिकाइको आवश्यकता, प्रभावकारीता र कार्यान्वयनका विभिन्न विषयमा तालिम प्रदान गरिएको थियो ।

त्यसक्रममा शिक्षकहरुले शैक्षिक सामग्रीको अभावले कक्षा व्यवस्थापनमा चुनौती रहेको बताएका थिए । नगर प्रमुख आचार्यले शैक्षिक विकासमार्फत चेतनाको स्तर उकास्ने अभियानमा स्थानीय सरकार लागि परेकाले बालबालिकाहरुको सिकाइ उपलब्धी हासिल हुने गरी शिक्षण सिकाइ विधि अवलम्वन गर्न आग्रह गरेका हुन् । शिक्षकहरुलाई पाठ्यक्रमसंगै बाहिरका बिषयमा पनि अभ्यस्त बनाउन आवश्यक रहेकाले पालिकाले नियमित तालिम प्रदान गरिने प्रतिवद्धता जनाए । कक्षा कोठा व्यवस्थित गर्ने मात्र नभएर समाजलाई व्यवस्थित गर्ने गरि योजना बनाएर अघि बढ्न पनि नगर प्रमुख आचार्यले निर्देशन दिए । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले पनि तालिमबाट प्राप्त ज्ञानलाई विद्यालयमा कार्यान्वयन गर्न सुझाव दिइन् ।

शैक्षिक हब बनाउने कोहलपुर नगरपालिकाको अभियानलाई सार्थक बनाउने दायित्व शिक्षकहरुको पनि भएको भन्दै उनले बालबालिकालाई बिद्यालय आउन उत्साही बनाउन सुझाव दिइन् । यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकले आफ्नो विद्यालयलाई असल बनाउने दायित्व शिक्षकको भएको बताए । तालिमबाट प्राप्त उर्जालाई सदुपयोग गर्न उनको सुझाव थियो । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षदेखि बहुकक्षा बहुस्तर (एमजिएमएल कार्यान्वयनमा ल्याउन लागेको शिक्षा शाखाका शाखा अधिकृत रविलाल मिजारले बताए ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

सोहीअनुरुप चालू आर्थिक वर्षमा ६ लाख ७८ हजारको लागतमा तालिम प्रदान गरिएको उनको भनाइ छ । तालिममा सहभागि शिक्षकहरुले प्राप्त सीप र ज्ञानलाई आफ्नो विद्यालयमा कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका छन् । तालिम समापनमा जर्मन नेपाल सहयोग संघका शिक्षा कार्यक्रमका संयोजक समेत रहेका प्रशिक्षक चन्द्र कुमार शर्मा, सहभागिहरुका तर्फबाट शिक्षकहरु कुश्मा भट्टराई र पुर्णिमा शर्माले अनुभव राखेका थिए । तालिममा शर्मासँगै ठाकुर प्रसाद पौडेल र केदार देउलाले प्रशिक्षण दिएका थिए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

लागू औषध सहित एक जना पक्राउ

Next Post

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज

निजामती सेवा नियमावली परामर्शका लागि लोक सेवामा पठाउने लुम्विनी प्रदेश सरकारको निर्णय

पार्टीभित्रको गुटवन्दी कहिल्यै भत्किदैन : महामन्त्री थापा

पार्टीभित्रको गुटवन्दी कहिल्यै भत्किदैन : महामन्त्री थापा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?