ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

News Desk by News Desk
५:४३ बिहान, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
404
सेयर
404
VIEWS
ShareTweetSendShare

बाँके, जेठ २९ गते ।
नेपालगन्जस्थित पश्चिम नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था भेरी अस्पतालमा विगतदेखि बन्द रहेका विभिन्न सेवाहरू पुनः सञ्चालनमा ल्याउने, आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, आधुनिक उपकरण थप्ने तथा पूर्वाधार सुदृढीकरण गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको अस्पताल प्रशासनले जनाएको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. नवीन दर्नालका अनुसार अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने उद्देश्यसहित सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका योजनाहरू कार्यान्वयन भइरहेको छ। विगतमा विभिन्न कारणले बन्द भएका सेवाहरू पुनः सञ्चालनमा ल्याउनुका साथै नयाँ सेवा थप्ने तयारी समेत भइरहेको उनले बताए।

उनका अनुसार सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अत्याधुनिक उपकरणको व्यवस्था तथा पूर्वाधार विकासमार्फत भेरी अस्पताललाई पश्चिम नेपालकै अग्रणी र सुविधासम्पन्न अस्पतालका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

डा. दर्नालले लामो समयदेखि बन्द रहेको सिटी स्क्यान सेवा चालु आर्थिक वर्षभित्र पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। उनले पुरानो उपकरण भएकाले मर्मतमा अपेक्षाकृत बढी खर्च लाग्ने तथा मर्मतपश्चात् पनि पुनः प्राविधिक समस्या आउन सक्ने सम्भावना रहेकाले मितव्ययितालाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया अघि बढाइएको बताए।

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री र स्वास्थ्य सचिवसँग भेट गरी अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति तथा पूर्वाधार व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिए। सेवा विस्तारका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराइदिन मन्त्रालयसमक्ष औपचारिक आग्रह समेत गरिएको उनले बताए।

अस्पताल प्रशासनका अनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक जनशक्ति र स्रोतसाधन उपलब्ध गराउन माग गरिएको छ। छात्रवृत्ति करारअन्तर्गत कार्यरत चिकित्सकहरूको करार अवधि समाप्त भएका विभागहरूमा नयाँ चिकित्सक नियुक्तिका लागि पनि अनुरोध गरिएको छ।

त्यसैगरी मानसिक रोग, नेत्ररोग, प्रसूति तथा स्त्रीरोगलगायत विभिन्न विभागमा विशेषज्ञ चिकित्सकको अभाव रहेको जनाउँदै मन्त्रालयमा आवश्यक जनशक्ति माग गरिएको भेरी अस्पताल विकास समितिले जनाएको छ।

ADVERTISEMENT

विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालका अनुसार विशेषज्ञ चिकित्सकसँगै एमबीबीएस चिकित्सकहरूको पनि थप आवश्यकता रहेको छ। अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सोहीअनुसार जनशक्ति व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल गरिएको उनले बताए।

Share162Tweet101SendShare
Previous Post

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

Next Post

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
Next Post
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?