ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

के भइरहेछ दिल्लीको मुटुमा ?

News Desk by News Desk
१:५९ बिहान, साउन ५, २०८३
के भइरहेछ दिल्लीको मुटुमा ?
378
सेयर
378
VIEWS
ShareTweetSendShare

नयाँ दिल्ली, साउन ५ गते ।
सोमबार देशको राजधानी दिल्लीको मुख्य भाग सेन्ट्रल दिल्ली दिनभर अशान्त रह्यो। कुरा कनाट प्लेस (सीपी), जनपथ वा जन्तर–मन्तरको होस्, जताततै हजारौँ युवाको भीड मात्रै देखिन्थ्यो।

धेरै ठाउँमा मेट्रो स्टेसन र सडकहरू बन्द गरिएका थिए, तैपनि तमाम कठिनाइहरू पार गर्दै युवाहरू सोमबार बिहानैदेखि जन्तर–मन्तर पुग्न प्रयासरत थिए।

हातमा लाठी लिएका प्रहरी र अश्रुग्यासको प्रहारका बाबजुद यी युवाहरू बिहानदेखि साँझ अबेरसम्म जन्तर–मन्तरमा डटिरहेका थिए।

शिक्षा प्रणालीमा सुधार र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै दिल्लीको जन्तर–मन्तरमा झण्डै एक महिनादेखि ककरोच जनता पार्टी (सीजेपी) को अगुवाइमा आन्दोलन चलिरहेको छ।

सम्बन्धित समाचार

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

सामाजिक सञ्जालमा केही दिनमै करोडौँ फलोअर्स बटुलेको यो ककरोच जनता पार्टी आखिर जमिनमा कति बलियो छ भन्ने प्रश्न बारम्बार उठिरहेको थियो।

तर, सोमबार यसको जवाफ मिल्यो। कलेज पढ्ने र परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू ठुलो सङ्ख्यामा सडकमा उत्रिए र सरकारका लागि आफ्ना सवालहरूमा लामो समयसम्म मौन रहन सम्भव नहुने सन्देश दिए।

यो आन्दोलनलाई विगत एक महिनादेखि नजिकबाट नियालिरहेकी स्वतन्त्र पत्रकार स्मिता शर्माका अनुसार, यी विद्यार्थीहरूले केन्द्र सरकारलाई यो सन्देश दिएका छन् कि समस्या केवल शिक्षा प्रणालीको मात्र होइन, बरु महँगी, बेरोजगारी जस्ता अन्य मुद्दाहरूलाई पनि सरकारले अनदेखा गर्न सक्दैन।

ADVERTISEMENT

युवाहरू केवल आफ्ना लागि मात्र लडिरहेका छैनन्
वास्तवमा, ककरोच जनता पार्टीले केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै सोमबार संसद् मार्चको आह्वान गरेको थियो। यही आह्वानका कारण ठुलो सङ्ख्यामा युवाहरू दिल्लीको सडकमा उत्रिएका थिए।

सुरुवाती झडपका बिच, सीजेपीले सरकारले आफूहरूलाई वार्ताका लागि बोलाएको दाबी ग¥यो। उता केन्द्रीय मन्त्री जेपी नड्डाको भनाइ थियो कि प्रदर्शनकारीहरूको तर्फबाट वार्ताको प्रस्ताव आएको थियो।

केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले एक्समा भेटको तस्बिर पोस्ट गर्दै लेखेका थिए, ‘आज बिहान पहिलो पटक प्रदर्शनकारीहरूको तर्फबाट सरकारसँग वार्ता गर्ने प्रस्ताव आयो र बिहान ११ः५० बजेदेखि नै हाम्रो वार्ता जारी छ।’

उनले थप लेखे, ‘सौहार्दपूर्ण वातावरणमा भेट भयो। प्रतिनिधिमण्डलसँग पहिले विस्तृत रूपमा मौखिक छलफल भयो र त्यसपछि उहाँहरूले साँझ ४ बजे मलाई लिखित ज्ञापनपत्र बुझाउनुभयो। मैले सबै प्रदर्शनकारीहरूलाई आफ्नो धर्ना समाप्त गर्न र सामान्य स्थिति बहाल गर्न प्रशासनलाई सहयोग गर्न अनुरोध गरेको छु।’

यद्यपि, युवाहरूको यति ठुलो प्रदर्शनका बाबजुद सीजेपीको मुख्य मागलाई केन्द्र सरकारले अहिलेसम्म स्वीकार गरेको छैन। तर, यसबिचमा प्रश्न यो उठ्छ कि आखिर युवाहरू सडकमा उत्रनुको उपलब्धि के रह्यो ?

आन्दोलनलाई समर्थन गरिरहेका सामाजिक कार्यकर्ता योगेन्द्र यादवले सोमबार जन्तर–मन्तरमा भने, ‘आज जन्तर–मन्तरमा मैले जुन नयाँ पुस्तालाई देखेको छु, त्यसले मेरो विश्वास अझ बलियो बनाएको छ। यी युवाहरू केवल आफ्ना लागि मात्र लडिरहेका छैनन्। उनीहरू यस्तो शिक्षा प्रणालीका लागि लडिरहेका छन् जुन न्यायपूर्ण होस्, यस्तो अर्थतन्त्रका लागि जुन रोजगार देओस्, र यस्तो राजनीतिप्रति जुन जनताप्रति जबाफदेही होस्।’

खतराको घण्टी ?
यही कुरालाई अगाडि बढाउँदै पत्रकार स्मिता शर्माले सोमबारको प्रदर्शनको सबैभन्दा ठुलो कुरा भनेको कसैले पनि यति ठुलो सङ्ख्यामा युवाहरू सडकमा उत्रिने अनुमान नलगाएको जिकिर गरिन्।

शर्मा सोमबारको प्रदर्शनलाई नेतृत्वविहीन आन्दोलनको रूपमा पनि हेरिरहेकी छिन्। उनले भनिन्, ‘इन्टरनेट बन्द थियो। सीजेपीका नेताहरू आफ्ना कुराहरू अगाडि पु¥याउन सकिरहेका थिएनन्। मेट्रो स्टेसनहरू बन्द थिए। सन्देश पु¥याउन सहज थिएन। आन्दोलन शिक्षाको थियो, तर कुरा बढेर महँगी, बेरोजगारी र भोट चोरीसम्म पुग्यो। यो कुरा कक्षा १२ मा पढ्ने विद्यार्थीदेखि कलेजमा पढ्ने विद्यार्थीसम्मले गरे, यो आफैँमा एकदमै अनौठो कुरा हो।’

यो आन्दोलनले सरकारका लागि आगामी दिनमा चुनौती कति बढ्नेछ ? भन्ने प्रश्नमा स्मिता शर्माले भनिन्, ‘यदि सरकारले यो प्रदर्शनबाट कुनै सन्देश लिँदैन भने यो उसको ठुलो गल्ती हुनेछ। किनकि युवाहरूले यो स्पष्ट पारेका छन् कि उनीहरू संसद् मार्चका लागि बेहाल थिए। सीजेपीले उनीहरूलाई संसद् मार्चबाट रोकेको भए पनि जन्तर–मन्तरमा रहेको हजारौँको भीड संसद् मार्च गथ्र्यो।’

उनले थपिन्, ‘उनीहरूलाई लाठी प्रहार गरियो। त्यसका बाबजुद उनीहरू सामना गरिरहेका थिए। सरकारका लागि यो एक गम्भीर सन्देश हो कि एउटा निराशा छ, जसलाई यदि सुनिएन भने, आज जसरी एउटा बेलुन फुटेको छ, त्यो आगामी दिनमा फेरि पनि फुट्न सक्छ।’

वरिष्ठ पत्रकार हेमन्त अत्रि पनि शर्माको कुरामा सहमति जनाउँछन् । उनका अनुसर युवाहरूको यो प्रदर्शन आगामी दिनमा मोदी सरकारका लागि टाउको दुखाइको विषय बन्न गइरहेको छ।

उनले भने, ‘यो प्रदर्शनको उपलब्धि के हो भने, मोदी सरकारले अहिलेसम्म यस देशका मानिसहरूलाई सामान्य रूपमा लिइरहेको थियो, उसको त्यो भ्रम टुटेको छ। यस्तो होइन कि मानिसहरू आए र चुपचाप गए। उनीहरूले देखाए कि यस देशमा जनतन्त्र बलियो छ, यसको जरा मजबुत छ। सरकारले यसलाई कमजोर पार्न सक्दैन।’

‘कुनै पनि देशका लागि युवाहरूको न केवल वर्तमान बरु भविष्यका हिसाबले पनि एक धेरै महत्त्वपूर्ण र निर्णायक भूमिका रहन्छ। चाहे त्यो सरकार चुन्ने होस् वा सरकार बदल्ने।’

‘सरकारका लागि यो चेतावनी घण्टी हो। उनीहरूले लामो समयसम्म जनतालाई अनदेखा गर्न सक्दैनन्। सरकारले जबाफदेही तय गर्नैपर्छ, नत्र जनता सडकमा आउन बिर्सेका छैनन्। यसको असर दीर्घकालीन रूपमा देखिनेछ। हाम्रो लोकतन्त्र हामीलाई खैरातमा मिलेको होइन, हामीले यसलाई हासिल गरेका छौँ। र, जुन दिल्लीको सडकमा देखियो, त्यही हाम्रो लोकतन्त्रको शक्ति हो।’

अत्रि भन्छन्, ‘जनता मूल मुद्दाहरूमा फर्किँदैछन् र युवाहरू यसरी अगाडि आउनु सरकारका लागि ठुलो खतराको घण्टी हो। उसले आफ्नो कामकाज सुधार्नै पर्छ।’ बीबीसी हिन्दी

Share151Tweet95SendShare
Previous Post

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

Next Post

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव
अन्तर्राष्ट्रिय

ली जे–म्युङद्वारा उत्तर कोरियासँग युद्ध अन्त्यका लागि वार्ता प्रस्ताव

१२:३९ बिहान, साउन ३१, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

१२:३६ बिहान, फाल्गुन ३०, २०८२
भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने
अन्तर्राष्ट्रिय

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

९:५१ मध्यान्ह, माघ २७, २०८२
अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

११:०० मध्यान्ह, माघ २५, २०८२
एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २५, २०८२
Next Post
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?