ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

८१० दुर्घटना, ६० मृत्यु : तीव्र गति र मापसे–लापसे नियन्त्रणमा ट्राफिकको निगरानी कडा

News Desk by News Desk
१:५० बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके, भदौ २८ गते ।
बाँकेमा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएको छ । दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ । चालकको लापरवाही, जथाभावी ओभरटेक र ट्राफिक नियमको बेवास्ताले पनि जोखिम बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८१० वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ६० जनाको मृत्यु भएको थियो भने करिब एक हजार ३०० जना घाइते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले दुर्घटनाको विश्लेषण गर्दा अधिकांश घटनामा तीव्र गति मुख्य कारण देखिएको बताए । गत आर्थिक वर्षमा तीव्र गतिमा सवारी चलाउने ५८० जना चालकलाई कारबाही गरिएको थियो । उनीहरूबाट तीन लाख तीन हजार पाँच सय रुपैयाँ जरिवाना असुल गरिएको थियो ।

“दुर्घटनाको सङ्ख्या र कारबाहीमा पर्ने चालकको अवस्था हेर्दा तीव्र गति नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ,” उनले भने, “गति नियन्त्रणसँगै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका छौँ ।”

सम्बन्धित समाचार

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

चालु आर्थिक वर्षको पहिलो महिनामै बाँकेमा ८४ वटा सवारी दुर्घटना भएका छन् । साउनमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४२ जना घाइते भएका छन् । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर र ११९ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित चेकजाँच र निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको मापसे परीक्षणसँगै लागुऔषध सेवनको आशङ्कामा लापसे परीक्षणसमेत गर्ने गरिएको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा मापसे गरी सवारी चलाउने ८६५ जनालाई कारबाही गरिएको थियो । उनीहरूबाट चार लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

ट्राफिक प्रहरीले कारबाहीसँगै सचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा करिब एक हजार १०० पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसबाट करिब ९० हजार चालक तथा विद्यार्थी लाभान्वित भएको शाहीले बताए ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज र आसपासका क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने तथा जथाभावी ओभरटेक गर्ने प्रवृत्ति बढेको बताए । उनका अनुसार चालकलाई तोकिएको गति सीमाभित्र सवारी चलाउन बाध्य पार्ने गरी नियमित अनुगमन र चेकजाँच बढाउन आवश्यक छ । “सडक सुरक्षासम्बन्धी जनचेतना अभियानलाई पनि निरन्तरता दिनुपर्छ,” उनले भने ।

बाँकेमा सवारी चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेको छ । ट्राफिक प्रहरीको नियमित निगरानी, चेकजाँच र सचेतनामूलक कार्यक्रमसँगै चालकले जिम्मेवार व्यवहार र ट्राफिक नियमको पालना गरे दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन सकिने सरोकारवालाको भनाइ छ ।

Share147Tweet92SendShare
Previous Post

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

१:०५ बिहान, भदौ २८, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?