ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

इजलास कक्ष अभावले न्याय सम्पादन प्रभावित, जलेका ७५३ मुद्दाका मिसिल पुनः खडा गरिए पनि पूर्ण छैनन्

News Desk by News Desk
७:२२ बिहान, अशोज २५, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके, असोज २५ गते ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बाँकेका अधिकांश सरकारी कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आइसकेका छन् । तर, उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन भने अझै पुनर्निर्माण हुन सकेको छैन । बजेट अभावमा भवन निर्माणको काम अघि बढ्न नसक्दा न्याय सम्पादन र सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या देखिएको छ ।

विसं २०८२ भदौ २४ गते भएको आगजनीबाट अदालतको पश्चिमतर्फको भवनमा ठूलो क्षति पुगेको थियो । आगजनीमा भवनभित्र रहेका महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका थिए । प्राविधिक अध्ययनले क्षतिग्रस्त भवन तत्काल प्रयोग गर्न नमिल्ने देखाएपछि पुरानो भवन भत्काएर नयाँ निर्माण गर्ने योजना अघि सारिएको थियो । तर, आवश्यक बजेट सुनिश्चित नहुँदा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश वामदेव ज्ञवालीले प्राविधिक लागत अनुमानमा पुरानो भवन मर्मत र नयाँ भवन निर्माणको खर्च लगभग बराबर देखिएपछि नयाँ भवन बनाउने निष्कर्षमा पुगेको बताए ।

“आगजनीमा परेको भवन प्रयोग गर्न मिल्ने अवस्थामा छैन । ठाउँ अभावका कारण सबै इजलास कक्ष सञ्चालन गर्न सकिरहेका छैनौँ”, उनले भने ।

सम्बन्धित समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

अदालतका सूचना अधिकारी सन्तबहादुर पौडेलका अनुसार आगजनीअघि चारवटा इजलास कक्ष सञ्चालनमा थिए । अहिले भवन अभावका कारण तीनवटा इजलास कक्षबाट मात्रै काम भइरहेको छ । क्षति पुगेको एउटा इजलास कक्ष अझै प्रयोगविहीन छ ।

भवनको क्षतिसँगै आगजनीमा जलेका मुद्दाका मिसिल व्यवस्थापन पनि अदालतका लागि चुनौती बनेको पौडेलले बताए । उनका अनुसार आगजनीबाट नष्ट भएका ७५३ थान मुद्दाका मिसिल पुनः खडा गरिए पनि ती पूर्ण अवस्थामा छैनन् ।

“जलेका मिसिल पुनः खडा गरिए पनि सबै कागजात समावेश हुन सकेका छैनन् । महत्वपूर्ण कागजात सम्बन्धित कार्यालयबाट पुनः सङ्कलन गरेर मिसिल पूरा गर्नुपर्ने अवस्था छ”, उनले भने ।

ADVERTISEMENT

पौडेलका अनुसार पर्याप्त कोठा नहुँदा साँघुरा स्थानबाट न्यायिक तथा प्रशासनिक काम सञ्चालन गर्नुपरेको छ । यसले कर्मचारीसँगै बाँके र बर्दियाबाट न्यायका लागि अदालत आउने सेवाग्राहीलाई समेत असहज बनाएको छ ।

आगजनीबाट क्षतिग्रस्त अन्य सरकारी कार्यालय मर्मतसम्भार गरेर नियमित सेवा सञ्चालनमा फर्किए पनि न्याय सम्पादनको महत्वपूर्ण निकायका रूपमा रहेको उच्च अदालतको नेपालगन्ज इजलासको पुनर्निर्माण भने बजेट अभावका कारण अनिश्चित बनेको छ ।

अदालतको क्षतिग्रस्त भवन पुनर्निर्माण र आवश्यक संरचनाको व्यवस्थापन हुन नसक्दा न्यायिक सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान हुने अवस्था छैन । आवश्यक बजेट सुनिश्चित गरी भवन निर्माणको काम अघि बढाउन सके मात्रै इजलास सञ्चालन सहज बनाउनुका साथै सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सकिने देखिन्छ ।

Share150Tweet94SendShare
Previous Post

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

Next Post

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
Next Post
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 32°C
Wind: 8km/h WSW
Humidity: 68%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?