ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

News Desk by News Desk
९:०६ मध्यान्ह, कार्तिक २९, २०८३
उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी
379
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक २९ गते ।
नेपालगन्जको पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको कान्ति ताल फोहोर र झारपातले कुरूप बन्दै गएपछि श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता सरसफाइमा जुटेका छन् ।

तालको संरक्षण र सरसफाइ गर्ने जिम्मेवारी स्थानीय सरकारको भए पनि नेपालगन्ज उपमहानगरपालिकाले पर्याप्त ध्यान नदिएको भन्दै पार्टीले शनिबार सरसफाइ अभियान सञ्चालन गरेको हो ।करिब १० करोड रुपैयाँको लागतमा निर्माण गरिएको कान्ति ताल नेपालगन्जको महत्वपूर्ण पर्यटकीय स्थल हो । तर, नियमित सरसफाइ र संरक्षणको अभावमा ताल परिसरमा झारपात बढ्नुका साथै प्लास्टिकजन्य फोहोर, गुट्खाका खोल र मदिराका बोतल जथाभावी फालिएका छन् ।

श्रम संस्कृति पार्टीका नेता असलम अन्सारीले ताल फोहोर र झाडीले भरिन थालेपछि सरसफाइ अभियान सुरु गरिएको बताए । पार्टीको अभियान श्रमको सम्मान र श्रम संस्कृतिको विकास गर्नु रहेको भन्दै उनले भाषण र नारामा मात्रै सीमित नभई आफैँ श्रममा सहभागी भएको बताए ।नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा पार्टीका नेता तथा कार्यकर्ताले झारपात हटाउनुका साथै जथाभावी फालिएका प्लास्टिक, गुट्खाका खोल र मदिराका बोतल संकलन गरेका थिए ।

पार्टीका प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगरले मर्निङ वाकमा आउने नागरिकबाट ताल परिसर फोहोर भएको गुनासो आएपछि कार्यकर्ता परिचालन गरेर सरसफाइ गरिएको बताए ।‘हाम्रो पार्टीको अभियान नै श्रम गर्नुपर्छ भन्ने चेतना फैलाउनु हो । नेपालगन्जका विभिन्न सार्वजनिक क्षेत्रमा सरसफाइ गर्दै आएका छौँ । कान्ति तालमा पनि गुट्खाका खोल, मदिराका बोतललगायतका फोहोर जथाभावी फालिएको देखियो । ती सबै संकलन गरेर सरसफाइ गरेका छौँ,’ उनले भने ।

सम्बन्धित समाचार

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल

मगरले तालको संरक्षण र सरसफाइमा उपमहानगरपालिकाले नियमित ध्यान दिनुपर्ने बताए । सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको दायित्व भए पनि नागरिकको सहभागिताबिना दीर्घकालीन रूपमा संरक्षण गर्न नसकिने उनको भनाइ छ । उनले ताल क्षेत्रमा नगर प्रहरीको नियमित गस्ती व्यवस्था गर्न पनि उपमहानगरपालिकासँग आग्रह गरे ।पार्टीका वरिष्ठ श्रमदाता मेराज अहमद हलवाई (हिमालय)ले स्थानीय सरकारले तालको सरसफाइ र संरक्षणमा पर्याप्त ध्यान नदिएपछि आफूहरू अभियानमा जुट्नुपरेको बताए । करिब २५ बिघा क्षेत्रफलमा फैलिएको ताललाई व्यवस्थित रूपमा संरक्षण र विकास गर्न सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने उनले बताए ।

‘यो ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना छ । आवश्यक संरक्षण, सरसफाइ र पूर्वाधार व्यवस्थापन गर्न सके भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिन्छ,’ उनले भने । उनले सरसफाइ अभियान एक दिनका लागि मात्र नभई आगामी शनिबार पनि निरन्तरता दिइने जानकारी दिए ।श्रम संस्कृति पार्टीकी महिला नेतृ काश्मिरा खातुनले श्रमदाताहरूको सामूहिक सहभागितामा सरसफाइ गरिएको बताइन् । सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व भएको भन्दै उनले आगामी शनिबार पनि अभियान सञ्चालन गरिने बताइन् ।

सरसफाइ अभियानमा सहभागी नेपालगन्ज उपमहानगरपालिका–२२ का वडाध्यक्ष अब्दुल गफरले पार्टीले सार्वजनिक स्थलको सरसफाइमा चासो देखाएकोमा खुसी व्यक्त गरे । उनले वडा कार्यालयका तर्फबाट पनि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।कान्ति ताल मर्निङ वाकमा आउने नागरिकदेखि बालबालिकासम्मका लागि आकर्षणको केन्द्र बनेको छ । तर, फोहोर व्यवस्थापन र नियमित सरसफाइको अभावले तालको सौन्दर्यमा असर परेको स्थानीयको गुनासो छ । ताललाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार, राजनीतिक दल र नागरिकबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

ADVERTISEMENT

सरसफाइ अभियानमा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष श्रीमान थापा मगर, अगुवा श्रमदाता चाँद खाँ, वरिष्ठ श्रमदाता मेराज अहमद हलवाई (हिमालय), प्रस्तावित केन्द्रीय सदस्य राजन राना मगर, महिला नेतृ काश्मिरा खातुन, जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाई, मेघराज सोनार, सचिव दण्डप्रसाद शर्मा, नगर श्रम संयोजक इम्तियाज राई र नेता असलम अन्सारीलगायत सहभागी थिए ।

Share152Tweet95SendShare
Previous Post

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान
कृषि

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

११:४३ मध्यान्ह, कार्तिक २८, २०८३
१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन
मुख्य समाचार

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

१:१२ बिहान, कार्तिक २७, २०८३
एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल
दुर्घटना

एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल

८:१८ बिहान, कार्तिक २६, २०८३
आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत
मुख्य समाचार

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

११:१९ मध्यान्ह, कार्तिक २५, २०८३
पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण
मुख्य समाचार

पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण

१:५८ बिहान, कार्तिक २५, २०८३
बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति
दुर्घटना

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति

६:३७ बिहान, कार्तिक २४, २०८३
तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए
मुख्य समाचार

तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए

११:११ मध्यान्ह, कार्तिक २३, २०८३
नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर
मुख्य समाचार

नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर

१०:५८ मध्यान्ह, कार्तिक २३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Fair
6:40 am5:26 pm +0545
Feels like: 18°C
Wind: 3km/h E
Humidity: 100%
Pressure: 1014.22mbar
UV index: 0
MonTueWed
27°C / 12°C
27°C / 13°C
27°C / 14°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?