ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

नेपालगन्जमा रगत अभाव कायमै

News Desk by News Desk
५:४७ बिहान, मंसिर ५, २०८३
नेपालगन्जमा रगत अभाव कायमै
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर ४ गते ।
चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगन्जमा देखिएको रगतको अभाव अझै हट्न सकेको छैन । अस्पतालमा दैनिक रगतको माग उच्च रहे पनि सोही अनुपातमा रक्तसञ्चय हुन नसक्दा अभाव कायम रहेको हो ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालगन्जका अस्पतालमा मात्रै दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको तर त्यसअनुसार मौज्दात नरहेको जानकारी दिए ।

लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत उपलब्ध गराउनुपर्ने भएकाले संस्थागत रक्तदान कार्यक्रम आवश्यक रहेको उनले बताए ।

’नेपालगन्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुन्छ । तर, मागअनुसार रगत मौज्दात छैन,’ रेग्मीले भने, ’संस्थागत रूपमा रक्तदान कार्यक्रम सञ्चालन भए रगत सङ्कलनमा सहयोग पुग्छ ।’

सम्बन्धित समाचार

अन्धोपन न्यूनीकरणका लागि लगानी बढाउँछौँ : मुख्यमन्त्री आचार्य

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरस्थित शाखाबाट समेत रगत सङ्कलन गर्दै आएको छ । कतिपय अवस्थामा बिरामीलाई रगत उपलब्ध गराउँदा सट्टापट्टाको व्यवस्था गर्नुपर्ने अवस्था रहेको रेग्मीले बताए । रगतको अभाव कम गर्न नियमित रक्तदानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

’अहिले केही संस्थाले छिटपुट रूपमा रक्तदान गरिरहेका छन् । तर, त्यो पर्याप्त छैन,’ उनले भने । केही दिनभित्र अर्को संस्थाले पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको र त्यसबाट केही पिन्ट रगत सङ्कलन हुने उनले जानकारी दिए ।

प्रादेशिक रक्तसञ्चार केन्द्रका अनुसार कोहलपुरका आठ अस्पतालमा दैनिक २० देखि २५ पिन्ट रगतको माग हुने गरेको छ । त्यस्तै, खजुराका दुई अस्पतालमा दैनिक १० देखि १२ पिन्ट र नेपालगन्जका २७ अस्पतालमा करिब ८० पिन्ट रगत आवश्यक पर्ने गरेको छ ।

ADVERTISEMENT

नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धन सम्झनाले विभिन्न प्रक्रियाबाट रगत सङ्कलन तथा वितरण भइरहेको बताए । उनले रगत लिने र दिने प्रणालीबाट पनि अभाव व्यवस्थापन भइरहेको जानकारी दिए ।

रगतको अभावका कारण नेपालगन्जमा ठूलो समस्या आउन नदिएको उल्लेख गर्दै उनले आवश्यक परेको अवस्थामा स्वयंसेवी रक्तदातामार्फत रगतको व्यवस्था गरिँदै आएको बताए ।

४५ पटकसम्म रक्तदान गरिसकेका नेपालगन्ज–९ निवासी झविन्द्र शर्माले रगत लिने व्यक्तिले पनि अरूलाई रगत दिनुपर्छ भन्ने भावना विकास गर्नुपर्ने बताए । जन्मदिन तथा वैवाहिक उत्सवका अवसरमा रक्तदान गर्ने प्रचलन बढ्दै गएको उल्लेख गर्दै उनले स्थानीय तहले पनि रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले स्थानीय सरकारलाई वर्षमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरे । नियमित रक्तदानको संस्कार विकास गर्न सके रगतको अभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

Share148Tweet93SendShare
Previous Post

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकन प्रक्रिया सुरु

Next Post

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

अन्धोपन न्यूनीकरणका लागि लगानी बढाउँछौँ : मुख्यमन्त्री आचार्य

६:५४ बिहान, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३
बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
Next Post
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा मंसिरमा गर्ने आयोगको प्रस्ताव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:43 am5:24 pm +0545
Feels like: 27°C
Wind: 6km/h SSW
Humidity: 51%
Pressure: 1015.58mbar
UV index: 1
SatSunMon
28°C / 14°C
27°C / 13°C
26°C / 12°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?