ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

‘रोगले भन्दा भोकले मर्ने भयौँ, सरकार ‘

News Desk by News Desk
१०:२८ बिहान, बैशाख १, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाडौं वैशाख १ गते । चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम सुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु ।
दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौंतारिएको धेरै वर्ष भइसक्यो तर उहाँलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । “दिनदिनैको बन्दले केही गर्न पाएको छैन । आज २० दिन भयो दुई चार पैसा कमाइ पनि छैन । विकल्प नै केही नभएपछि के गर्नु भोकभोकै बस्नुपरिरहेको छ”, भक्तपुर थिमिस्थित शङ्खधर चोकमा भेटिएका माझीले मलिन स्वरमा दुःख पोखे ।
माझी थोत्रो ज्याकेट र पाइन्ट, धेरै दिन नुहाउन नपाएर जिङ्रिङ परेको कपाल, मुखमा कालो मास्क र फाट्न लागेको चप्पलमा देखिए । उनका अरु मजदुर साथीहरु पनि सडकपेटीमा सुस्ताउँदै थिए । माझीले हामीलाई व्यथा पोख्न भ्याए । समस्या सबैको उही न हो, बीचबीचमा उनीहरु पनि थप्दै थिए । कसरी दिन काट्ने होला भन्ने नै थियो सबैको साझा चिन्ता ।
सकड खाली नै थियो । एकै छिनमा मानवसेवा आश्रमको गाडी हुँइकिएर आयो । माझीलगायत उनका मजदुरहरु साथीहरु र सडक पेटीमा बसिरहेका अरुको अनुहार उज्यालो भयो । सबै खुशी देखिए । लकडाउनको सुरुआतमा भोगभोकै परेका मजदुरहरुलाई केही दिनदेखि त्यही गाडीले खाना ल्याएर खुवाउने रहेछ । यसो हेर्दैगर्दा उनीहरु बसेकै सडकपेटीमा खाना आइपुग्थ्यो । आश्रमले यसरी नियमित खाना खुवाउन थालेदेखि उनीहरुको मुहारमा चमक देखिन थालेको रहेछ जुन आज पनि झल्कियो ।


“केही दिन भयो यसैगरी खाना बाँड्न ल्याउनुहुन्छ, खायो बस्यो, बेलुका पाटीमा गयो सुत्यो, यसरी चल्दैछन् हिजोआजका दिन”, माझीले सुनाए । सुरुका दिनहरुमा भोकभोकै पर्यौँ उनले भने । कतिदिन त एक छाक खान पायौँ अनि धेरै दिन भोकै रहेको पीडा भुल्न नसकेको भन्दै अब त्यस्ता दिन नआएहुन्थ्यो उनी भन्दै थिए । पछिल्ला केही दिन खान त पाएका छन् तर उनीहरुको मनले मानेको छैन । उनीहरु काम गर्न चाहन्छन् । तर पाएका छैनन् ।
सरकारसँग रासन माग्न पनि गएकै हो, तर मजदुरले पाएनन् । “सिफारिस लिएर गएको हो खोइ साहुहरुलाई दियो, हामीलाई दिएन” खाना खुवाउने आश्रमलाई धन्यवाद दिँदै माझीले थपे, “हजुर रोग लागेर त केही हुँदैनथ्यो भोक सहन सकिँदैन जस्तो लाग्नथाल्यो ।” उनले रोग लागेर पनि सबै जना मर्दैनन् भनेर आफूले सुनेको बताउँछन् ।
नजिकै रहेका उनका अन्य सहकर्मीहरु भाइकाजी खत्री, रामबहादुर वाइवा, बाबुराम गुरुङ, प्रेम धिमाल, पूर्ण लामा सडकपेटीमै बसेर धमाधम खाना खाँदै थिए । खाना खानुअघि आश्रमले नै सेनिटाइजरको व्यवस्था गरेको थियो । सामाजिक दुरी कायम गरेर खाना खुवाइएको थियो । बेखर्ची भएर सडकमै बस्न बाध्य उनीहरु धेरैजसोको काम भारी बोक्ने नै हो ।
नुवाकोटका पूर्ण लामाको कथा केही फरक छ । उनी जात्रा हेर्न चैत ९ गते उपत्यका भित्रिएका रहेछन् । तर बन्दाबन्दीले निस्कनै पाएनन् । चैत १० मा भेटघाट सकेर ११ गते फर्कने सोच थियो उनको । तर १० गते साँझ सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाउने बन्दाबन्दी ‘लकडाउन’ को आदेश जारी गर्यो ।

राति मात्रै थाहा पाएका लामा उपत्यकामा अलपत्र परे । साथमा रहेको पैसा पनि केही दिनमा सकियो, खाना खान भौतारिनुपर्‍यो । अहिले कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ । विगत पाँच दिनदेखि भने पेटभर खान पाएको उनले सुनाए ।
काठमाडौंको कोटेश्वरमा एक सानो खाजा पसलमा कुक काम गर्ने रामेछापका वीरबहादुर खड्का पनि आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्नु नपरेको बताउँछन् । लकडाउनलाई अघिपछिको बन्दजस्तै होला भन्ने ठानेका उनी मुलुक नै सुनसान बन्द भएपछि छक्क परेका छन् । मासिक रु १६ हजार तलब खाने खड्का अहिले बेखर्ची भएपछि सडकमै छन् । घर जान सकिने अवस्था रहेन । सरकारले राहत पनि दिएन । “राहत दिन्छ रे भनेर नागरिकता लिएर गएको दिएन”, खड्काले दुःख पोख्दै भने, “त्यही सडकमा डुल्ने, खाने, ठेला र प्रतिक्षालयमा सुत्ने अवस्थामा छु, दिन काट्नै पर्‍यो के गर्नु रु” उनलाई सुरुमा कोटेश्वरमा एउटा युवा क्लबले खाना दिन्थ्यो । अहिले सो आश्रमले खाना दिन थालेपछि भने सजिलो भएको सुनाए ।

खाना खुवाउन आइतबार साँझ मध्यपुरथिमि नगपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सरिक भएकी थिइन् । घरमा असहायको संरक्षण गरी सडक मानव र पशुपक्षीको सहयोग गर्दै आएको संस्थाले लकडाउनका बेला आफ्नो नगरपालिकामा आएर भोकाएका मजदुरलाई खाना खुवाएकामा उपप्रमुख मधिकर्मीले आश्रमको प्रशंसा गरिन् । उनले पकाउने चुलो नभएकालाई चामल दिँदा बेचेर खाने अवस्था रहेको भन्दै खानादिनु नै उत्तम विकल्प हो भनिन् ।
चीनको वुहानमा गत डिसेम्बर ३१ मा शुरु भई विश्वव्यापी महामारीको रुप लिँदै गएको कोभिड–१९ को सङ्क्रमण विश्वका २१३ देशमा फैलिइसकेको छ । उक्त रोगबाट आजसम्म १८ लाख ५३ हजार १५५ नागरिक सङ्क्रमणमा परेका छन् । एक लाख १४ हजारले ज्यान गुमाइसकेका छन् । नेपालमा १२ जनामा यो सङ्क्रमण देखिए पनि फैलिएको भने छैन ।
यहाँ रोगको सङ्क्रमण नफैलिए पनि अप्रत्यक्षरुपमा देशभरका मानिस प्रभावित भएका छन् । कैयौँ भोकै बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्था देखिएकाले सरकारी निर्णयअनुसार स्थानीय तहबाट राहत वितरण जारी छ । पकाएर खाने ठाउँ नहुँदा मजदुरलाई राहत आकाशको फल झैँ हुन्छ । रासस

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

कोरोना विरुद्ध लढ्ने उर्जा मिलोस भन्दै शुभकामना व्यक्त गर्दै उपमेयर थापा

Next Post

कर्णालीमा ८ सय जनाको परीक्षण, संक्रमित शुन्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

कर्णालीमा ८ सय जनाको परीक्षण, संक्रमित शुन्य

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, थप दुई जनाको कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ,

आफ्नो तलबबाट राहत दिने: नारायणकाजी श्रेष्ठको घोषणा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?