काठमाडौ बैशाख १ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले १० महिनाको तलब कोरोनाबाट प्रभावित विपन्न वर्गलाई राहत दिने घोषणा गरेका छन ।
नेकपाका राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठले एक बर्षको तलब नलिने र त्यसमध्ये १० महिनाको तलब विपन्न वर्गलाई राहत दिने घोषणा गरेका हुन ।
बाँकी दुई महिनाको तलब भने सरकारको कोरोना कोषलाई दिने नारायणकाजीको भनाई छ । सोमबार नयाँ बर्ष २०७७ शुरु भएको अवसरमा नारायणकाजीले विश्वव्यापी फैलिएको कोरोना भाइरसले अझ भयावह अवस्था ल्याउन सक्ने भन्दै अहिलेदेखि नै व्यापक तयारी र सावधानी अपनाउनुपर्नेमा पनि जोड दिएका छन ।
यसका लागि आफ्नो तर्फबाट अहिले नै राहतको घोषणा गरेको पनि नारायणकाजीको दाबी छ ।

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।








Discussion about this post