सुर्खेत बैशाख १ गते । काँक्रेविहार यातायातले कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई राहत वितरण गरेको छ । लकडाउन लम्बिएसँगै मर्कामा परेका आफ्ना कर्मचारीलाई काँक्रेविहारले चामल, दाल र तेल वितरण गरेको हो ।
काँक्रेविहान यातायात प्रालीका अध्यक्ष रमेश सापकोटाका अनुसार संस्थामा कार्यरत ३५ जना कर्मचारिहरुलाई राहत वितरण गरिएको हो । यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुरक्षाकर्मीलाई प्रशोधित पिउने पानी ५० पेटी र खाजाका लागि ४५ कार्टुन चाउचाउ पनि वितरण गरिएको सापकोटाले बताए ।
यस्तै ट्राफिक प्रहरीका लागि २० पेटी पानी र १५ कार्टुन चाउचाउ पनि हस्तान्तरण गरिएको छ । कोरोनाले विश्वभर संकट निम्त्यारहेका बेला यसविरुद्ध सबैभन्दा बढी खटिनेकर्मचारी र सुरक्षाकर्मीलाई मनोबल उच्च राख्नका लागि राहत वितरण गरिएको अध्यक्ष सापकोटाले बताए ।
झण्डै दशकपहिले स्थापना भएको काँक्रेविहार यातायात प्रालीले काठमाडौँसहित देशका विभिन्न ठाउँमा यातायात सेवा पुर्याउदै आएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post