बाँके बैशाख ८ गते । बाँकेमा स्थानीय प्रशासनले औषधि पसल बाहेक अन्य सबै व्यवसाय आज दिउँसो चार बजेदेखि बन्द गरेको छ । खाद्यान्न, फलफूल र तरकारी किन्ने बाहानामा साँझ बजारमा भीडभाड बढी हुन थालेपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि दिउँसो चार बजेदेखि सबै पसल व्यवसाय बन्द गरेको हो । सामाजिक दूरी कायम गर्न जति खोजे पनि मानिसहरुले त्यसको उलंघन गर्ने क्रम नरोकिएपछि बाध्य भएर प्रशासनले पसल नै बन्द गराउनु पर्ने अवस्था आएको बाँकेका सिडिओ कुमार बहादुर खड्काले जानकारी दिनुभयो । यसअघि बाँकेमा खाद्यान्न, फलफूल, तरकारी, दुग्ध पसल सन्चालन गर्न दिएको थियो । आज चार बजेपछि नेपालगन्ज सुनसान प्राय देखिन्थ्यो ।
हेरौं तस्बिर






























Discussion about this post