सल्यान बैशाख २६ गते ।
सल्यानमा हावाहुरी संगै बिहीबार आएको असिनापानीले गहुँबालीमा क्षति पुर्याए पछि किसानहरु चिन्तित बनेका छ्न । जिल्लाको वनगाड कुपिन्डे नगरपालिका वडा नं ११ आपचौरका करिब १२० घरधुरीले लगाएको सयौ रोपनीको गहुँबाली नष्ट भएको स्थानीयवासी कासीराम परियारले जानकारी दिएका छन् । भित्र्याउने बेला भएको गहुँ सबै असिनापानीले सखाप पारिदियो अब के खाने भन्ने चिन्ता छ परियारले भने ।
त्यस्तै अर्का किसान भुल बहादुर बुढाथोकीले असिना पानीकाकारण गहुँबालीमा नराम्रो संग क्षति पुगेको बताए । काट्ने तयारीमा रहेको गहुँ असिनापानीले नष्ट गरिदियो यस वर्ष के खाने हो उनले भने
कतिपय गहुँ काट्न बाकी रहेको हुँदा सो गहुँ असिनापानीले झारीदिएको किसानहरूले बताएका छन । असिनापानीले सो क्षेत्रको आपचौर,पाचरे, माझकाडा लगाएका स्थानहरुमा लगाएको गहुँ , टिमुर सुन्तला आपमा क्षति पुगेको छ ।
Discussion about this post