ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

बैनीकी साथी

जावेद अन्सारी by जावेद अन्सारी
३:२७ मध्यान्ह, जेष्ठ ३०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

म १५-१६ अनि उ त्यस्तै १४-१५ कि हुँदी हो । सहपाठी, पढाइमा “तपाईं मभन्दा जान्ने” भन्थी मलाई, सायद उसको बिषय ईतिहास अनि मेरो अप्सनल म्याथ्स भएर होला । बोलीचाली, हिंडाइ, हँसाइ, क्रोध, मजाक सबै मन पर्थ्यो दुबैजनालाई । मिनेट मिनेटको चासो र जानकारी रहन्थ्यो । कय्यौंपटक गाउँटोलका तिर्थाटन र पिकनिक गइयो, त्यहाँ अरुको आँखा छलेर आँख मिचौली गर्नुको मजा आह्हा ! तर खुलेर कहिल्यै आई लभ यु भनिएन जसको कारण थियो आ-आफ्नो आर्थिक र सामाजिक हैसियत ।

कहाँ उ काठमाण्डुकी सम्पन्न घरकी छोरी कहाँ म गाउँको कुनामा किसानको छोरो भएर जन्मिएको निरीह प्राणी । हुन त त्यतिबेलाको काँचो बुद्धिले आइ लभ यु भन्नु बिहे गर्नुबराबर पनि ठान्यो होला । त्योबेला उमेर त हाम्रालागी तपशिलको बात थियो । अहिले पनि थाहा छैन, त्यो बेलाको हामिबिचको आत्मीयता जुन प्रेमी भनिहाल्न पनि नि नमिल्ने, साथीभन्दा अलि माथीको सम्बन्धलाई के भन्छन कुन्नी ? खासमा ऊ मेरी बैनी(काकाकी छोरी)की साथी थिई ।

बैनीकै डेरामा हाम्रो देखादेख भएको थियो । हप्ता पन्द्रदिनमा भेट हुन्थ्यो हाम्रो । उसका बाउ सरकारी कर्मचारी भएकाले ऊ सदरमुकामको स्कूलमा पढ्ने, म गाउँकै स्कुलमा । कहिले उ मेरा गाउँ आउँथी कहिले म सदरमुकाम जान्थें, हिंड्ने बहाना हाम्रा रेडिमेड हुन्थे । प्राय: उ साथीको घर जान्छु भनेर बैनीसँग गाउँ आउथी अनि म कापी कलम किन्ने बहानामा सदरमुकाम जान्थें । एकपटक त किन्न बिर्सेछ, बहाना प्रमाणित गर्न नसक्दा झण्डै झण्डै बाउको गोदाई खाइएन ।

धन्न साउनको दिन थियो, मरीण खोलाले झण्डै आफूलाई समेत बगाएन भन्ने उप बहाना बनाएर बाँचियो । शुरु शुरुमा म बैनीलाई अबोध ठान्थें, यसले केही बुझ्दिन भन्ने लाग्थ्यो, तर जब उसैले हाम्रो भेट्ने साइत जुराइदिन थाली अनि लाग्यो त्यतिबेलाको हाम्रो घनिष्टताको नाम जे भएपनी बैनीले बिस्तारै हाम्रो निकटतालाई “लब्परेको” बुझिसकेकी थिई । उ जतिबेला पनि परिस्थिती अनुकुल बनाइदिन थालेकी थिई ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

थाहा छैन् , बैनीले मलाई त्यो बेला सहयोग गरेकी थिई, हौस्याएकी थिई या उक्साएकी थिई ? भोलि हाम्रो सम्बन्ध सार्वजनिक होला, दुई परिबारको कुरा गराएर हामी बिहे गरौंला, राजकुमार राजकुमारीजस्ता सन्तान होलान् जस्ता कुराहरु हाम्रा लागी दूरकी बात थियो । सँगै बसेर गफ र मस्कामस्की गर्नुनै हाम्रो अन्तिम लक्ष थियो । त्यहाँ न अतितको पश्चाताप, न भविष्यको सपना थियो न त थियो भौतिक प्राप्तिको चिन्ता । थियो त फगत बर्तमानको खुशी जुन आपसी आँख मिचौलीमै पाइन्थ्यो ।

कहिलेकाहिँ हाम्रो तिकडमबाजि फेल भएर नियमित भेटघाट टुक्रिन्थ्यो, भेटघाट के टुक्रिन्थ्यो ? त्यतिबेला दिल टुक्रिन्थ्यो चिरा चिरा परेर । त्यही दिल टुक्राईकै बेला हामीले लब्लेटर जन्मायौं । लब्लेटर पनि यति जन्मायौं कि भेट नहुँदा हरेक दिन लेख्थ्यौं, पोको पारेर राख्थ्यौं अनि हुलाकीका लागि शुक्रबार कुरेर बस्थ्यौं । हुलाकी थिइ उही बैनी, जो शुक्रबार गाउँ आउँथी आइतबार सदरमुकाम फर्कन्थी । उसैले लब्लेटर ल्याउने लग्ने गरिदिन्थी । मेरी बैनी सारै सहयोगी थिइ । उ आउँदा कहिलेकाहिँ चकलेट पनि ल्याउँथी दिदीको कोशेली भन्दै ।

म चकलेट डबल मिठास लिएर चपाउँदै लब्लेटर पढ्न चौतारोतिर दौडन्थें । अहिले लाग्छ चोरले आफ्नो खुट्टो तानेझैं म आफूलाई अभियुक्त नै ठान्थें नत्र त्यो लब्लेटर किताब कापीको च्यापमा राखेर घरमै पढेको भएपनी कसले के गर्थ्यो र ? सम्झँदा अचम्म लाग्छ, जति गफ यो उमेरमा पनि आउँदैन, त्यो बेला सात सातवटा लब्लेटरमा के पो लेखिन्थ्यो होला ? जुन हेर्न चाहेर पनि अहिले हेर्न सक्दिन । राख्न त गाउँमा पढुन्जेल सबै जोगाएर राखेको थिएँ, पछि घर सफा गर्दा हराएछन ।

ADVERTISEMENT

आपसमा माया नै माया भएपनी, जति नै लब्लेटर लेखिए पनि हामी दुबैले कहिल्यै शब्दमा प्यारा -प्यारी या प्रिय शब्द लेखेनौं न त सँगै बाँच्ने मर्ने कसम खायौं, हुनसक्छ त्यो बेला हाम्रो हुत्तिले भ्याएन । बरु औकातले भ्याएसम्म साइरी (सायरी)मुक्तक लेख्थ्यौं माया जताएर । साइरी त हामी हिरो हिरोनीको फोटोवाला पोष्टकार्डमा पनि लेखेर साटासाट गर्थ्यौं । त्योबेला हामीले मोटो डायरीमा फोटोसहित सिंगारेको अटो पनि बनाएका थियौं । सायद खोजेंभने घरको कुनै सन्दुकमा अझै अवशेष पाउँछु पनि होला ।

धेरैजनाले हेर्ने भएकाले त्यसमा हामीले औपचारिक शब्दहरु मात्रै लेखेका थियौं । लाग्न त त्यो बेला पनि लाग्थ्यो मान्छे नै अटोको पन्नामा टाँसौं । सँधैझैं एउटा शुक्रबार उ आई बैनीसँग मेरा लागि बहार लिएर । राती खाना खाने बेलामा सबैको अघिल्तिर बैनीले भनी “दाजु ! भोलि हामीसँग साथी हिंड्नु ल, हामी पञ्चपोखरी जाने भनेको, दिदीलाई पोखरी हेर्न मन छ रे।” खासमा उसले मलाइ सोधेझैं गरेर बाबासँग अनुमती माग्दै थिई । म बाबाको प्रतिकृया नसुन्दै पर्नेजती मख्ख परिसकेको थिएँ । बाबा बोल्नुभो “को को जाने ? जाओ न त, चाँडै जानू चाँडै फर्किनु ।”

अरे वाह ! क्या दिलदार बाऊ ? अनि ममा आँट थपियो र भनें “खै, भोलि शनिबार हो, रोशे बिनये पनि जान्छन् होला । बिहानै सोध्नुपर्छ ।” भोलीको उसँगको सहयात्राको कल्पनाले मलाई रातभरी सुत्न दिएन । पञ्चकन्या पोखरी, घरबाट एक डेड घन्टाको पैदल यात्रामा पुगिने हाम्रो नजिकको तिर्थ। जङ्गलको बिचमा रहेको पोखरीमा कहिल्यै फोहोर, पात पतिङ्गर नदेखिने । सुने अनुसार पात झर्नासाथ चराचुरुङ्गीले टिपेर लैजाने ।

शनिबारको हाम्रो गन्तब्य । मेरा साथीहरु रोशे, बिनये, पर्दिपे, बैनी, उ र म नामका तिर्थयात्री । घुम्नु सबैको साझा एजेण्डा, मस्कामस्की हामी दुईको थप स्वार्थ । घरबाटै चिनी, चिउरा, काँचो मेवा, चिचिला निबुवा र नून खुर्सानी बोकेका थियौं । त्यो बाहेक मान्छेपिच्छे थीन आरारोट बिस्कुट चाहिँ बाटैमा पस्पती बाको दोकानमा किनेका थियौं । बिहान ७ बजे घरबाट हिंडेका हामी बिहानको खाना खाने बेलामा पुगेका थियौं । त्योबेला हातमा घडी र मोबाइल त थिएन तर हामी पुग्दैगर्दा पञ्चकन्या नजिकका माझीहरु खेतबाट बिहानको मेलो सकेर घर फर्कंदै थिए । बिहान घरबाट निस्केर गाउँको ओर्हालो नआइपुग्दै उसले

मेरो हात समातेकी थिइ । शहरमा हुर्केकी केटी ढुङ्गामाटोको गोरेटो बाटोमा हिंड्न गार्‍हो भएको हुँदो हो । मलाई भने उसले पहिलोपटक हात समाउँदा ४४० भोल्टको करेण्ट करेन्ट लागेझैं भएको थियो । मुटु चुँडिएर किल्किलेमा आएझैं भा’थ्यो । सायद मलाई त्यो करेण्ट पनि उसको स्पर्शले भन्दा साथीहरुले बिचार गर्ने हुन् कि भन्ने डरले लागेको थियो ।

घर फर्किने समय बाँकी राखेर दिन कटाइयो, भएको चिनी चिउरा र बिस्कुट घुम्दाघुम्दै खाइसकेका थियौं । फर्किने बेला माझिगाउँको एउटा घरमा बसेर काँचो मेवा र निबुवा नुन खुर्सानीमा चोपेर खायौं । खुर्सानी अलि बढी नै भएछ क्यार उ रातो पिरो भइ । सायद बानी नभएकी उसको मुखमा मैले हत्केलाले हम्केर पानी पिउन दिएँ, उसलाई शित्तल भयो, मैले त्यही ठानें । दिनभरी उसले मेरो पाखुराको साथ छोडिन । साथ नछोड्नु, मैले थुतुनो हम्किनु, जिस्किंदा उसले प्याट्ट प्याट्ट मलाई मायाले हिर्काइरहनु यावत नौटंकी देखेर होला सबै साथीहरु फर्किने बेलासम्म हाम्रो लब्परेको एकिन गरिसकेका थिए । फर्किंदा बाटोमा मलाई साथीहरुले जिस्क्याउँदै “कान्छाको ल ल, छ छ” भनेको सम्झिंदा अझै काउकुती लागेझैं हुन्छ ।

झमक्क साँझमा घर आइपुगीयो । हिंडाइले थाकेकाले खाना खाएर भक्ल्याकभुक्लुक सुतिएछ । सँधै बिहान पढ्नेबेला काकाको घरमा जान्थें, भोलीपल्ट बिहान पनि उठेर हतार हतार काकाको घरमा गएँ । चालचुल देख्दिन । वल्लो कोठा पल्लो कोठा, बार्दली, दलान, मझेरी अहँ कतै छैनन् । अर्की सानी बैनी (पापे) लाई सोधें। “बिहानैै गइसके, स्कुल भ्याउनुपर्छ भनेर ।”

मरिगएस ! हिंड्ने बेलामा भेट्न पाइएन । मलाई धेरै सुतेकामा आफैँदेखि रिस उठ्यो, चाँडै उठेकामा उनीहरुसँग । मनै अमिलो भयो, मन नलागी नलागी भात खाएँ, स्कुल गएँ । हिजोको कुरा लिएर साथीहरुले जिस्क्याउँदा खिसिट्युरी गरेझैं लागिरह्यो, झिंजो लाग्यो । बेला बेलामा त आँखाबाट आँसु पनि झरे क्यार ।

साँझ ओछ्यानमा लडेपछि मिठा नमिठा नानाथरी कुरा मनमा खेल्दैथिए, मलाई एक्कासी दिब्यज्ञान प्राप्त भो ” मेरो साँच्चै लब परेछ ।” त्यो उमेरसम्म मैले २-४ दर्जन फिलिम हेरिसकेको थिएँ । हेटौंडाको आधुनिक स्कुल पढ्दाताका नियमितजसो टिफिनमै भागेर ॐ हलमा र भाडामा भिसिआर चक्का बटुलेर घरबेटीको अँगालोभरीको टिभीमा ३-४ दिनसम्म दिन रात फिलिम हेरिन्थ्यो । त्यो बेला हेरेका फिलिमहरुमा हिरो हिरोनीलाई छुट्टिनुपर्दा जस्तो हुन्थ्यो, मलाई ठ्याक्कै त्यस्तै भा’थ्यो -बिछोडको पीडा । बल्ल एकिन गरें आफ्नो लब्परेको ।
हामी सगैं एसएलसी दिनेवाला थियौं फरक स्कुलबाट । टेस्ट परीक्षा सकियो । उसको स्कुलमा कोचिङ्ग क्लास हुने भो हाम्रो स्कुलमा थिएन । उ पढ्ने स्कुलमा मेरो साथी पर्दिपे पनि पढ्थ्यो सदरमुकामको डेरामा बसेर । त्यतिन्जेल पर्दिपे पनि हाम्रो लब्लेटर ओसार्ने अघोषित हुलाकी नियुक्त भइसक्या’थ्यो । उसले थप सहयोग गर्ने भएपछी घरमा अनेक तिकडम अपनाएर उसैसँग बसेर कोचिङ्ग पढ्ने अनुमती लिइछाडें । वाह ! अब त मेरो दिनदिनै भेट हुने भो । पर्दिपेप्रती म धन्य भएँ ।

म पर्दिपेसँग मिसिएँ । त्यो बेला पर्दिपे मेरालागी मेसेन्जर भयो । के मजा आउँथ्यो कुन्नी ? सानो खवर पुर्‍याउन पनि दौडिहाल्थ्यो । म प्रत्युत्तरको पर्खाइमा पुलकित भएर बस्थें । जहिले पर्दिपे फर्किन्थ्यो, मिठै खवर लिएर फर्किन्थ्यो । या भनौं मलाई सबै मीठो लाग्थ्यो दिनभरीलाई उर्जा दिने। हाम्रो (पर्दिपेको) डेराबाट उसको डेरामा पुग्न साधारणतया त्यस्तै १०-१५ मिनेट लाग्थ्यो तर पर्दिपे भने १५ मिनेटमा पुगेर फर्किसक्थ्यो । एकदिन पर्दिपेले ताउकागज (फूलस्केप) ले बेरेको जिनिस ल्याएर उसले पठाइदे’कि भन्दै मेरो हातमा थमायो । मोटो निलो डिलक्स डायरी रहेछ जसलाई मैले पछिसम्म अटो बनाएर राखेको थिएँ । त्यो डायरी भेट्दा म अहिले ब्राण्डेड आइप्याड भेटेजत्तिकै खुशी भा’को थिएँ हुँला । भोलीपल्ट स्कुलमा श्टेशनरीवाला साथी संजय जो मलाई दाइ सम्बोधन गर्थ्यो, उसले “दाइ डायरी पाउनु’भो ?” भनेर सोध्दा म लाजले भुतुक्क भा’को थिएँ ।

पर्दिपेकी दिदीपनि उसकी र मेरी बैनीकी साथी भएकीले हाम्रो भेट्ने क्रम बाक्लिएको थियो । पर्दिपेको कोठा, स्कुल, शनिबार हाटे चौरी, बैनीको कोठा, बैनीले अनुकुलता मिलाउँदा उसकै कोठा अनि नियमित स्कुलको भेट, कम काइदा भा’थेन । साँच्चै भन्नुपर्दा हाम्रो घघडान लप्परेको थ्यो, रोमान्टीक यात्रा क्लाइमेक्समा थियो ।

सडाइ धेरै भएपछी पढाइ त कम हुने नै भयो तरपनी पढाइ कमजोर नै चैं भएको थिएन । कोचिङ्गको बेला म्याथ पढाउने सरले क्लास टेष्ट लिंदा म त्यही स्कुलका विद्यार्थीलाई पनि जितेर सेकेण्ड भा’को थिएँ । त्यो दिन आफू “नबिग्रेको” स्वघोषणा गरेको थिएँ । नयाँ स्कूलमा पनि केही साथी थपिएका थिए । संजय, दिलकुमार, बासु आदि । अहिलेको लोकप्रिय कार्टुनिष्ट बासु (क्षितिज) ले म्याथकपीमा स्केच बनाएर “यी तिम्रो गल्फ्रेन” भन्दै जिस्क्याउँदा म चोरझैं रातो पिरो भा’को थिएँ । बासुलाई मेरो प्रेम कहानीको पत्तो नभएपनी म भने त्यो स्केचमा “उसको” अनुहार खोजिरहेको थिएँ । हे भगवान ! अहिले सम्झँदापनी मीठो लागेर आउँछ ती दिन ।

एसएलसी आयो, हामी फरक स्कुलका भएपनी दुबैको सेन्टर कमला स्कुल । त्यतिबेला शिक्षा कार्यालयले हाम्रालागी बाँदरलाई लिस्नु (भर्‍याङ) लगाइदिए जत्तिकै भा’थ्यो । हाम्रो परीक्षाकेन्द्रमा पुग्ने बाटो फरक भएपनी म डेड दुई किलोमिटर घुमेर भएपनी उसको बाटोमा मिसिन्थें । मोबाइल थिएन, सल्लाह हुन पाउँदैन्थ्यो, कहिले उ अघि, कहिले म अघि कहिल्यै बाटोमा भेट भएन । बाटोमा भेट नभएर के भो त ? परीक्षा शुरु हुने घण्टी नलागुन्जेल हामी परीक्षा कोठाको ढोकामा कुरीरहन्थ्यौं एलपटक नेत्रपान गरेर भित्र छिर्थ्यौं । परीक्षा सकिएपछी पर्खिएर भएपनी सँगै फर्किन्थ्यौं आ-आफ्नो डेरा । फर्किंदा मेरो साथी पर्दिपे र उसकी साथी गंगा प्रायः सँगै हुन्थे । पर्दिपे त हाम्रो हुलाकी नै भयो, तयतिबेला गंगा चाहिँ मलाई हलुवाको बालुवा लाग्थी तर पछि थाहा भो मैले गलत सोचेको रहेछु,
उसलाई सबै थाहा रै’छ । पछिसम्म जिस्क्याउँथ

जिस्क्याउँथी “घुस्घुसे बाहुन” भनेर ।

जति छिटो एसएलसी परीक्षा सकिंदै थियो, त्योभन्दा सयगुना छिटो मुटु धड्किन थालेको थियो । अब हाम्रो छुट्टिने दिन धेरै टाढा थिएन । अन्तिम परीक्षा हुनुभन्दा अघिल्लो दिन छुट्टी (ग्याप भन्थ्यौं) थियो । हामी म, उ, बैनी र पर्दिपे कमलामाई दर्शनको बहानामा माइस्थान गयौं सँगै दिन बिताउने नियतले । म मन्दिरमा मन्मनै गिड्गिडाएँ कहिल्यै टाढा हुनु नपरोस् भनेर तर कसम खाइनँ, सायद कसम तोडियो भने ठहरै भइन्छ भन्ने डर हुँदो हो त्यतिबेला । उसले के मागी या मागिन या कसम खाई या खाइन ? कहिल्यै भनिनँ । उसको बुवाको सरुवा नहुन्जेल हामीले एकआपसमा भेटिरहने र मौका मिल्नासाथ म पनि काठमाडौ गएर भेट्ने बाचा गर्‍यौं ।

उ पुरानै घटना दोहोर्‍याउँदै छोडेर गइ जसरी पञ्चकन्या घुमेर फर्केपछी थाहै नदिइ मेरो गाउँबाट हिंडेकी थिई । म फेरि छट्पटाएँ बलि चढाउँन लाग्दा आधा सेरिएको बोको जसरी । मैले तड्पिनुको बिकल्प नै थिएन । न ऊ फर्किएर आउँथी न त म उसलाई भेट्न जान सक्थें । हामीबिच आर्थिक, भौतिक, भौगोलिक र सामाजिक तगाराहरु तेर्सिएका थिए । एकपटक गाउँकै बेल बहादुर दाई जो बागमती बसको टिकट काट्थे, उनकै पछि लागेर काठमाडौ गएँ । पुगेर ३-४ पटक ल्यान्डलाइनमा फोन गर्दा कहिल्यै उसले उठाइन । अरुको आवाज सुन्नासाथ म डरले फोन राखीहाल्थें । सिंत्तैंमा काठमाडौ गएर जबर्जस्ति गाउँले भिनाजुको पाहुना लागेको मलाई भोलीपल्टै बेलबहादुर दाईसँग फर्किनु बाध्यता थियो । म पानीमा भिजेको बिरालोझैं लुत्रुक्क परेर गाउँ फर्कें ।

असारको दिन, आँप पाक्ने बेला थियो । घर अघिल्तिरकै आँपको रुखमा चढेको थिएँ । ठिक अगाडि घरको थप्रेङ (चोटा) मा बाबा आमाले मसिनो स्वरमा केही भनेजस्तै लाग्यो । आँपको हाँगामा मुन्टो लुकाएर बलबुताले भ्याएसम्म तप्रेङतिर कान सोझ्याएँ । बाबा किताब लिएर बस्नुभएको थियो भने आमा चाहिँ पात गाँस्दै हुनुहुन्थ्यो । हातमा कागज बोकेर आमालाई भन्दै हुनुहुन्थ्यो “यसको यत्रो हिम्मत ? यस्को लब गर्ने बेला भैसक्यो ? घरमा समेत नभनी भागेर काठ्माण्डू गा’को त ऐले पो था भो।” सिद्याउने भए बुढाले अब । मलाई भाउन्न होला जस्तो भो । हातखुट्टा लल्याकलुलुक भए । आमा भन्दै हुनुहुन्थ्यो “कलिलै छ, बुद्धि पुगेन छोड्दिनु, अब उ हिंडिहाली, एल्ले के गर्नसक्छ बरा !” बाबा बोल्नु भो “यत्तिकै त कहाँ छोड्छु र ? तेस्को यो लब्लेटर जतन गरेर राख्छु । त्यस्लाई तह लाउन काम लाग्छ।” बाबाले मोटो किताबमा मेरो लब्लेटर जतन गरेर राख्नु भो । धेरैबेरपछि म बिरालोको चालमा छड्के छड्के लाग्दै गाईगोठमा गोबर सोहोर्न गएँ र उतै अल्मलिएँ। म घरमा आउँदा बाबा खेत गैसक्नुभा’थ्यो फर्किंदा कुल ।

भोलीपल्ट कसैले नदेख्नेगरी बाबाका सबै किताब खोतलें । बेदप्रकास शर्माको उपन्यासको च्यापमा लब्लेटर भेटें र आफैंलाई सरापें । एसएलसी सकिएपछी म आधिउधी बुझेपनी बाबाले जम्मा गरेका उपन्यास पढ्न थालेको थिएँ । पढ्दापढ्दै कुनदिन लब्लेटरै बिर्सेछु । तर मेरो भाग्य, बाबाले कहिल्यै त्यो लब्लेटर खोज्नुभएन ।

एसएलसीको रिजल्टले धर्म छोडेन । हाम्रो स्कुलबाट रामहरी, बिनये र म फस डिभिजन अरु सेकेन थड डिभिजनमा पास भए । पछि बिनयेले भन्यो “उ” सेकेन डिभिजनमा पास भइ रे । बिनये र पर्दिपे काठमाडौमा क्याम्पस पढ्ने भए म चाहिँ मामाको घरमा बसेर सिन्धुली क्याम्पस । त्यो बेला मलाई एउटै खुशी थियो: मायाप्रेम जे होला दुइटा हुलाकी हुने भए ।

संयोगले बिनये र उ यौटै बानेश्वर क्याम्पस पढ्ने भएछन् । झन काइदा, अलिकती खुशी त्यहाँपनी थपियो । बेलाबखत खवर आउँथ्यो बिनये गाउँ आ’को बेला। मनमा माया अपार भएपनी हाम्रो पिरती सिङ्गल फेजको बिजुली जस्तै धिपधिपे मात्रै देखिन्यो जानकारी राख्नेहरु बिच । सूचना प्रवाह सार्‍है कमजोर भा’थ्यो, देखादेख सून्य ।

सायद फागुनको महिना थियो । माल्दाई र मामा पनि काउण्टरका खेलाडी भैसक्या थिए । गाडीभाडा लाग्दैनथ्यो । त्यही मौकामा म उम्किएर काठमाडौ पुगें । बिनयेको डेरामा गएर टाँसो लागें । हप्ता दशदिन बस्दापनी उसँग भेट्न चाँजो मिलेन । न त क्याम्पस न त दिउँसो उसले पढाउने बोर्डिङ स्कुल, परिपक्व आँट र अनुकुलताको कमीले गर्दा भेट्न सकिएन । बरु आफ्नै भाग्यलाई धिक्कारेर बसें ।

फागुन २३ गते, मेरो जन्मदिन थियो । क्याम्पस नसकिंदै बिनये कोठा फर्कियो । मैले १-२ पटक कारण सोधें, बोलेन । धेरैबेरपछी भन्यो “तँलाई ह्याप्पी बड्डे भन्न बिर्सेछ त्यही भएर फर्केको, अनि सुन् न, क्या ब्याडलक ? उसको त बिहे हुने भएछ यार, यै २६ गते, निम्ता पो दिई त ।”

म निरुत्तर र भावबिहिन भएँ, दिमाग पूरै सून्य भयो । न दुखी भएँ, न खुशी भएँ । अतीत सम्झेर दिनभरी टोलाइ मात्र रहें ।
साँझ पर्दिपे आएर “आँट गर कान्छा भगाउनुपर्छ” भन्दैथ्यो, मैले केही जवाफ दिइनँ । मनमनै सोचें “मायाले उमेर नहेर्ने रै’छ तर शैक्षिक, आर्थिक र भौतिक औकातबिनाको मेरो केटी भगाउने उमेर भा’छैन ।”

Share147Tweet92SendShare
Previous Post

नरैनापुरमा अब नियमित चिकीत्सा सेवा

Next Post

चिनियाँ राष्ट्रपति सी चिनफिङ किसानका खेत-खेतमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

चिनियाँ राष्ट्रपति सी चिनफिङ किसानका खेत-खेतमा

सरकारविरुद्ध नेपालगन्जमा प्रदर्शन

अहिलेसम्मकै दैनिक कोरोना संक्रमितमा उच्च वृद्धि, ४४८ संक्रमित थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?