ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

दहेज प्रथा — दोषी को ?

जावेद अन्सारी by जावेद अन्सारी
३:०५ मध्यान्ह, भदौ ९, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

दहेज प्रथा — दोषी को ?
महिला र पुरूष पक्षको भुमिका र भागेदारी — सत्य पछाडीको तथ्य

बाँके भदौ ९ गते ।
सामाजिक विकृति र दहेज प्रथा र कसूरदार पुरुष पक्ष, समाजमा विद्यमान असमान सोच। के पुरूष पक्ष साँच्चिकै दहेजको नाममा जुलुम गर्ने जुलमी हो कि बाध्यात्मक रूपले जालिम बन्न पुगेको छ ? जालिम बनाउने पक्षलाई पनि दोषीको सुचि भित्र राख्नु पर्छ र पुरुषको पीडा पनि बुझ्न अति नै आवश्यक छ।

सांस्कृतिक धार्मिक प्रथा र मान्यता भित्र अस्वस्थ आर्थिक विषय समावेश भएको र यसले विकराल रूप ग्रहण गरी सकेको समाजमा महिला पक्ष बढि पिडित छ जसलाई नजरअन्दाज गर्न मिल्दैन। यस अस्वस्थ आर्थिक पक्ष समेटेको दहेज प्रथाको सम्बन्धमा महिला पक्षको पीडा बुझी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अधिकारवादी संघ संस्थाकाहरू द्वारा विभिन्न चेतनामूलक कार्यक्रम सन्चालन हुँदै आएको साथै सरकारी पक्षबाट पनि विभिन्न कानुन पारित गरी दहेज कु(प्रथा निर्मुल पार्ने प्रयासमा तत्पर देखिन्छ।

तर समस्या तब सम्म निर्मुल हुन्दैन जब सम्म समस्याको उत्पत्ति बारे छलफल अध्ययन विश्लेषण हुन्दैन।
यही सामाजिक विषयलाई केन्द्रित हुने गरी विभिन्न स्रोतहरू बाट सानो प्रयास गरी विभिन्न विचारहरुको अध्ययन विश्लेषण गरी एउटा फरक कोणबाट महिला पक्ष जस्तै पुरूष पक्ष पनि पिडितको सुची भित्र पर्दछ भन्ने कुराको सत्यता परिक्षण गर्ने प्रयास गरेको छु। दहेज प्रथा को सिर्जनात्मक खेलमा महिला र पुरूष पक्षको भुमिका र भागेदारी तथा सत्य पछाडिको तथ्य हेर्दा दहेज प्रथाको विकृतीको विकासमा महिला र पुरूष दुवैको कसूर विद्यमान छ।

शीर्षकको प्रश्नलाई विचार गर्दा पुरूष पक्षले महिलालाई विवाह गर्दा दहेजको माग राख्दछ र यो माग एउटा जुलुम र अपराध हो जुन सत प्रतिशत सत्य कुरा हो। अब अर्को कोणबाट हेर्दा बुझ्दा यो जुलुम अपराध गर्न अथवा यो अपराधलाई कार्यरूप दिन महिला पक्षको पनि भागीदारी रहेको छ। पुरूष जन्म लिए पश्चात पहिलो र प्राथमिक शिक्षा आमा बुवा परिवार आफन्तबाट पाउन्छ। यो प्राथमिक शिक्षामा सामाजिक र नैतिक शिक्षा पनि समावेश हुन्छ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

यी शिक्षाले महिलालाई सम्मान गर्नु पर्छ र महिला प्रती कदरको भावना राख्नु पर्छ भन्ने कुरामा न्युन जोड दिएका हुन्छ। पुरूष पक्ष समाजमा विद्यमान कुरितिमा बान्धिएकोले पुरुषलाई सानै उमेर देखि यो सिकाईन्छ कि निजले पढेर ठुलो मान्छे बन्नु छ। ठुलो अफिसर, व्यापारी, राजनीतिज्ञ आदी बन्नु छ। भविष्यमा आर्थिक रुपमा सम्पन्न भएको हुनु पर्दछ। जब आर्थिक रुपमा सम्पन्न सक्षम भईन्छ तब उसले ठुलो परिवारको छोरीलाई बिहे गरी स्वास्नीको रुपमा ल्याउन सक्छ। यसले पुरूषलाई यही सिकाउने गर्छ कि बिहे गर्नलाई पैसा कमाउनु पर्छ। जति बढी पैसा त्यतिकै राम्रो ससुराली पाउँछ। पुरूषलाई यो कमै सिकाईन्छ कि उसलाई असल मान्छे बन्नु छ।

महिला पक्षले पनि बिहेको सम्बन्धमा पुरूष पक्षबाट विभिन्न आकांक्षा अपेक्षा राखेको हुन्छन। यो विषय सन्दर्भमा पनि एक पटक विचार पु¥याउनुपर्छ । महिला पक्षलाई ज्वाईंरलोग्ने आर्थिक(सामाजिक रूपले सम्पन्न भएको नै चाहियो। गाडी बङ्लो आदि को पनि अपेक्षा रहन्छ।भविष्यमा आर्थिक सामाजिक सुरक्षा पनि चाहिन्छ। नौकरी वा व्यापारबाट आर्थिक आय आर्जन गरेको ज्वाईंरलोग्ने चाहियो। महिलाको सुरक्षित भविष्यको जिम्मेवारी पुरूष पक्षले निर्वाह गरी दिने सोचाई पनि विद्यमान छ जुन महिलाको कथित नैसर्गिक अधिकार पनि भन्ने गरिन्छ।

यसरी आकांक्षा अपेक्षाले पुरूषलाई पैसा कमाउनै पर्ने बाध्यात्मक प्रथामा कैद गरिदिएको हुन्छ। यसरी भविष्यमा बिहे खरिद बिक्री गर्ने गराउने भनि पुरूष मनमा नकारात्मक मानसिकताको विकास हुने गर्दछ।
उपर्युक्त तथ्य अनुसार यस दुरुत्साहन रूपी अवस्थाको सिर्जना महिला पक्षबाट भएकै हो र यस विषयलाई एउटा खास शीर्षक प्रदान गरी जनचेतना मुलक कार्यक्रम सन्चालन गर्नु अपरिहार्य छ।

ADVERTISEMENT

केही प्रतिशत महिला र महिला पक्ष बाहेक कुनै पनि महिलाबाट बेरोजगार, गरीब, घर बङ्ला नभएको पुरूषलाई बिहे गर्न सजिलो तवरले स्विकार गरिन्दैन। यदि कुनै पुरूष सच्चा असल नियतले कुनै महिला अथवा महिला पक्षलाई “ म बिहे पछि स्वास्नी प्रती वफादार रहन्छु तर म गरीब छु, बेरोजगार छु , म संग पैसा छैन “ भनेपछि उ संग बिहे गर्न महिला र महिला पक्ष तयार हुने सम्भावना न्युन रहन्छ।

अब यति माग राखी पुरूषको मन मस्तिष्कमा बिहेको लागी पैसा अति आवश्यक तत्व हो भन्ने विकृत विचार उत्पन्न हुन्छ र यो तनावको रूपमा परिणत भई यही तनाव बिहे भन्दा पहिला र बिहे पछि पुरूषको जीवनमा विद्यमान हुन्छ। जति राम्रो आर्थिक सम्पन्नता त्यती सम्पन्न ससुराली।

समाजमा अहिले हजारौं पुरूष होलान जसको बिहे यति मात्र कुराले रोकिएको छ उ बेरोजगार छ अथवा आर्थिक रुपमा सम्पन्न छैन। सानै देखि अप्रत्यक्ष रूपमा पुरूषको मनमा अच्छी नौकरी अनि मात्र अच्छी छोकरी भन्ने प्राथमिक शिक्षामा मुख्य विचार प्रदान गरिएको हुन्छ। एउटा नेपाली गीतको केही पङ्क्तिहरू द्वारा विषय सन्दर्भलाई अझै प्रष्ट पार्ने प्रयास गरेको छु।

छोरी मागना जाँदा , बिहेगर्छु भन्दा
ससुरा पारे दोधारे, ए भन्छन
तिम्रा छ र के भरा
खोजी आउ पहिले सरकारी जागिर

आर्थिक सामाजिक सुरक्षा पुरूषले नै तय गरिने र यी विषयमा सफलता प्राप्त गरिसके पछि मात्रै बिहे हुने सोचले पुरूष र पुरूष पक्ष खरिद बिक्री गर्ने पात्रको रूपमा प्रस्तुत हुने गरेको छ।
दहेज प्रथाको समस्या विकृतिको सिर्जनकर्ता मध्ये महिला पक्ष पनि अदृश्य पात्र रहेको जस्तो लाग्दछ। समाजले यो वास्तविकता प्रती कहिले पनि बहस गर्न चाहन्न कि पुरूष पनि मजबुर र पिडित छ। समाजले पुरूषको पुरुषार्थ विपरित उसलाई तमाशा सन्चालन गर्ने र तमाशा हेर्ने चरित्रको रूपमा प्रस्तुत गरिएको देखिन्छ।

यसरी पुरूष खरिद बिक्रीको भावनात्मक द्वेषबाट अपलोड गरिएको सफ्टवेयर बनि सकेको छ र विचारणीय कुरा के छ भने धेरै प्रतिशत पुरूषलाई यस बारेमा थाहा पनि छैन। समाजमा विवाहको असल उद्देश्य विपरित स्वास्नी खरिद गर्नु र दिदि बहिनी बेच्नु छ भन्ने मानसिकता विद्यमान हुनु समाजको नैतिक पतन तिरको अग्रसरता हो जुन निर्मुल हुन अति आवश्यक छ। समाजको जरा सम्म समावेश भई सकेको विकृती समस्याको कारणले अब पुरूषबाट महिला पक्षले असल व्यक्तित्वको गुण सहितको पुरुषार्थको आसा राख्नु धमिलो पानीमा माछा मार्नु हो।

अब समाधान तिर विचार गर्दा पुरूषले महिलालाई सम्मान गर्ने नैतिक शिक्षालाई प्रमुखता प्रदान गर्नुपर्छ। पुरूषको पुरुषार्थ महिलाको ईज्जत कदर गरे पछि मात्र बढ्छ । महिला मानवजातीलाई चलाएमान राख्न ईश्वरको अनमोल उपहार हो र बिना महिला यो संसारको अस्तित्वको कल्पना गर्न सकिन्न। यसै गरी महिला र महिला पक्षले पनि आफ्नो आर्थिक(सामाजिक सुरक्षाको विषयलाई लिएर नकारात्मक प्रभाव दबावको सिर्जना गर्नुमा परहेज गर्नु पर्छ। महिला आफै सक्षम छु भनि सुविचार राखी पुरूषले परिवारलाई आर्थिक सम्पन्नता उपलब्ध गराउन नसके म आफै सबै किसिमको पारिवारिक व्यवस्थापन गर्न सक्छु र गर्छु भनि मानसिक रूपले तयार हुनु पर्छ। महिला पक्षको यस सम्बन्धमा सहयोगात्मक भागीदारी रहनु आवश्यक हुन्छ ।

बिहे गर्नु गराउनु पर्छ तर आर्थिक अवस्थालाई महत्व नदिई सामाजिक धार्मिक रितिको शुभारम्भ गरी अगाडी बढने प्रयास गर्नुपर्छ। महिला र महिला पक्षले पनि बिहेको सम्बन्धमा पुरूष तर्फबाट आफ्नो अपेक्षाहरू न्युनिकरण गर्नुपर्छ। महिला र पुरूष पक्षले विवाहलाई सजिलो र सहज बनाउने बाटो अपनाउनु पर्छ जसको लागी दुवै पक्षले एक अर्का समक्ष तनाव उत्पन्न हुने कुनै पनि प्रस्ताव राख्नु हुन्न।

यसरी समाजको जरा सम्म समावेश दहेज प्रथालाई निरुत्साहित गरी निर्मलीकरणको बाटोलाई केही हद सम्म सहज बनाउन सकिन्छ।
मेरो यो लेखले महिला र पुरूष पक्षलाई आरोप प्रत्यारोप गर्न प्रोत्साहन गर्दैन र उपरोक्त विषयमा विद्यमान समास्याको जरोलाई प्रष्ट पार्ने धारणा राखी सके सम्म सकारात्मक ढङ्गले अदृश्य विषयलाई दृष्टिगत गर्न खोजेको छु। यस लेखमा प्रस्तुत गरिएका विचार अरूको विचार संग मेल नखान पनि सक्छ र यस लेखबाट कुनै पक्षलाई नकारात्मक प्रभाव पर्न गएमा क्षमापार्थी छु।

धन्यवाद ।

अधिवक्ता जमालुद्दीन अंसारी

Share148Tweet93SendShare
Previous Post

बाँकेमा ९ र बर्दियामा ६ जना संक्रमित थपिए

Next Post

आज मात्र ८५५ कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

आज मात्र ८५५ कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज

मोहर्रमलाई सामाजिक दुरी कायम गरि मनाइने

नेपालगन्ज व्यापार संघले कोभिड अस्पताललाई दियो साढे पाँच लाख

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?