ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चिनियाँ राष्ट्रपति नेपाल आगमनको एक वर्ष सम्झौता कार्यान्वयनमा महामारीको असर

जावेद अन्सारी by जावेद अन्सारी
१०:१६ बिहान, अशोज २६, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

काठमाण्डौ असोज २६ गते ।
उत्तरी छिमेकी देश चीनका राष्ट्रपति सी जिन पिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा दुई पक्षीय सम्झौता र सहमति कार्यान्वयनको समीक्षा हुन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको समाजवादी देश चीनको कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव एवं राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा गएको २०७६ असोज २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आउनुभएको थियो ।

चिनियाँ राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमणका अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गएको वर्ष असोज २६ गते भएका २० बुँदे बहुआयामिक सम्झौता भएका थिए । त्यस भ्रमणका अवसरमा भएका सम्झौता र त्यसअघिदेखि सञ्चालित दुई देशका सहकार्यका परियोजना कार्यान्वयनका लागि राजनीतिक र कूटनीतिक तहमा निरन्तर सम्पर्क भए पनि विश्वव्यापी कोरोना महामारीले प्रतिकूल प्रभाव पारेको छ । चीनमा सन् २०२० जनवरीमा विश्वमै पहिलोपटक कोभिड(१९ पुष्टि गरिएको थियो ।

त्यसपछि विश्वका अन्य देशमा पनि भाइरसको सङ्क्रमण भएपछि अन्तरराष्ट्रिय हवाई उडान र द्विपक्षीय प्रत्यक्ष भेटवार्ता प्रभावित भए भने आआफ्ना देशमा महामारी रोकथाम र नियन्त्रणमा सम्बन्धित सरकार र संयन्त्र व्यस्त हुँदै आएका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई उच्चस्तरीय भ्रमणका अवसरमा भएका सम्झौता कार्यान्वयनका लागि प्रोटोकल बनाएर जाने प्रक्रिया अघि बढे पनि परियोजना गएको कार्यले तीव्रता नपाउनुमा कोरोना महामारीले असर पारेको बताउनुहुन्छ ।

सल्लाहकार डा भट्टराईले भन्नुभयो, ’दुई देशबीचका राजनीतिक अन्य संयन्त्रका बीचमा निरन्तर सम्पर्क भइरहेका छन् । महामारीका कारण सम्झौताको शीघ्र कार्यान्वयनमा असर पर्न गएको यथार्थ हो । यसको अर्थ आपसमा भएका सम्झौता र सहमतिको कार्यान्वयनमा कुनै समस्या आएको भन्ने होइन ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

परिस्थितिको अनुकूलतापछि सम्झौता कार्यान्वयनले गति लिनेछ ।’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री ओली अघिल्लो पटक सरकार प्रमुख रहँदा चीनको औपचारिक भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण व्यापार र पारवहन सम्झौता भएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणलाई सबै राजनीतिक दल र जनस्तरबाट भव्य स्वागत गरिएको थियो । सत्तारुढ नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजाल राष्ट्रपति सीको भ्रमण र त्यस अवसरमा भएका सम्झौताले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको जनाउँदै महामारीका कारण आपसी भेटघाट र परामर्श हुन नपाएको जनाउनुहुन्छ ।

नेकपाका केन्द्रीय सदस्य रिजालले यस्तो स्थितिमा भौतिकरुपमा नभेटेर पनि गर्न सकिने कामका लागि सरकारले थप पहल गर्ने अपेक्षा गर्दै भन्नुभयो, ’वर्तमान सरकारकै पालमा राष्ट्रपति सीको ऐतिहासिक भ्रमण भएको छ । अब सहकार्यका योजना निर्माणका कामहरु अविलम्ब टुङ्गोमा पुर्याउनुपर्छ । महामारीको प्रतिकूलताका रोकिएका कामहरुमा क्रमशः परिणाममूलक प्रगति हुने विश्वास लिन सकिन्छ ।’ ‘नेपाल चाइना मिडिया फोरम’ का अध्यक्ष किशोर श्रेष्ठ राष्ट्रपति सीको गएको वर्षको नेपाल भ्रमण आपसी सम्बन्धमा ‘ब्रेक थ्रु’ भएको र त्यस अवसरमा उल्लेखनीय सम्झौता भएको जनाउँदै यसबीचमा कोरोना प्रकोप र बन्दाबन्दी आदि कारणले कार्यान्वयनमा गति लिन नसकेको बताउनुहुन्छ ।

प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आउँदो दिनमा जनस्तरमा परिणाम देखिने गरी सहकार्यका परियोजनाको थालनी हुने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राष्ट्रपति लि सियन नियन सन् १९८४ र जियाङ जेमिन १९९६ मा नेपाल आउनुभएको थियो भने तेस्रो चिनियाँ राष्ट्रपतिका रुपमा सी गएको वर्ष नेपाल आउनुभएको थियो । राष्ट्रपति सीको भ्रमणका अवसरमा नेपाल रेल परियोजनाबारे सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारको भौतिक पूर्वाधार र चीनको यातायात मन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सुरुङ निर्माणमा सहयोगका लागि समझदारी भएको थियो ।

ADVERTISEMENT

नेपाल र चीनबीच आपराधिक मामिलामा सुपुर्दगी सन्धिको पहिलो कदम मानिने आपसी कानुनी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर र सगरमाथा संरक्षण सहयोगका लागि समझदारी भएको थियो । नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजना लगानीमा प्रवद्र्धनका लागि पनि समझदारी भएको थियो । त्यस्तै विभिन्न नगरबीच भगिनी सम्बन्ध स्थापना र चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल कार्यालय स्थापना गर्नेबारे पनि पत्र आदानप्रदान भएको थियो ।

चीनले नेपालमा ठूला र अत्यन्त उपयोगी पूर्वाधार निर्माण मानिने अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ(गोरखा राजमार्ग, भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हेटौंडा कपडा कारखाना आदि निर्माण गरिदिएर नेपालीलाई आत्मनिर्भर बनाउनेतर्फ ठूलो सहयोग गरेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निजामती अस्पताल पनि चीनका उपहार हुन् । राष्ट्रपति सीले अघि सारेका बेल्ट एण्ड रोड (बिआरआई) योजनालाई पनि नेपालले सहमति जनाइसकेको छ भने नेपालले सधैँ एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याउँदै आएको छ ।

चीनले नेपालको स्वाभिमानका हस्तक्षेप नगर्ने र आर्थिक विकासमा सघाउने सङ्कल्प गर्दै आएको छ । गएको वर्ष नै दुई देशका कम्युनिष्ट पार्टीबीच वैचारिक प्रशिक्षण र आपसी भ्रमण वृद्धिको सहमति भएको थियो । नेपालले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प अघि सारेको छ भने चीनले चिनियाँ विशेषताको एक्काइसौँ शताब्दीको समाजवादको ढाँचाको विकासलाई तीव्रता दिँदै आएको छ ।
राससबाट

Share147Tweet92SendShare
Previous Post

कञ्‍चनपुरमा हात्ती हिँड्ने जैविक मार्ग जोगाउन स्थानीयले गरे प्रतिबद्धता

Next Post

यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले हरायो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले हरायो

अन्तर्राष्ट्रिय किशोरी दिवसका दिन रारातालमा कचहरी

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:12 am6:02 pm +0545
Feels like: 26°C
Wind: 2km/h NNE
Humidity: 93%
Pressure: 1011.18mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?