ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेकपाको सचिवालय बैठक अन्योलमा

जावेद अन्सारी by जावेद अन्सारी
११:४३ बिहान, मंसिर ३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

काठमाण्डाै मंसिर ३ गते।
सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक अन्योलमा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठक सार्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा हुनुहुन्छ ।

पार्टी महासचिव विष्णु पौडेलले आज बोलाइएको बैठक सार्न अनुरोध गर्नु भए पनि प्रचण्डले अस्वीकार गर्नुभएको छ । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरुले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । तर प्रचण्ड र उहाँ पक्षका नेताहरुले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका छन् ।

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । तर प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली रुष्ट हुनुहुन्छ ।

प्रचण्डको प्रतिवेदनमा ओली सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, विमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराइ प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसीसीबारे प्रतिवेदनमा छलफल नगरि बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हावी भएको आरोप छ ।

सम्बन्धित समाचार

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

दुई अध्यक्षबीच लिखितरुपमै आरोप-प्रत्यारोप र सवाल-जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।

दुई अध्यक्षलाई मिल्न राष्ट्रपतिको सुझाव

नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यक्षलाई आग्रह गर्नुभएको छ । मंगलबार ओली र प्रचण्डसँग भएको छुट्टाछुट्टै भेटमा भण्डारीले मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो ।

ADVERTISEMENT

राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भेट्नुभएको थियो । स्रोतकाअनुसार राष्ट्रपतिले प्रचण्डसँग प्रस्ताव फिर्ता लिन र विगतको सहमतिअनुसार प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।

ओली र प्रचण्डबीच विवाद हुँदा मिलाउनका लागि राष्ट्रपतिले समेत भूमिका खेलेको भनेर आरोप लाग्दै आएको छ ।

पार्टी भित्रको विवाद बढ्दै गएपछि दुवै पक्ष आ-आफ्नो रणनीति बनाउन सक्रिय छ । ओली पक्षका नेताहरु आजको बैठक रोक्ने प्रयासमा छन् भने प्रचण्ड पक्षका नेताहरु जसरी पनि बैठक गर्ने अडानमा छन् । पार्टीलाई विभाजन हुन नदिनको लागि अर्का थरी नेताहरुले पनि छलफल र भेटघाट तीव्र पारेका छन् ।

पार्टी सचिवालयमा प्रचण्डको एकल राजनीतिक प्रस्ताव पेस भएपछि ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै भेटेर फकाउने प्रयास गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नेपाल र गौतमलाई सचिवालयमा पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिन भूमिका खेल्न आग्रह पनि गर्नुभएको थियो ।

यसबीचमा ओलीले पूर्वमाओवादीका नेताहरुसँग पनि भेट गर्नुभएको छ । प्रचण्ड र नेपाल समूह पार्टी विभाजनको तयारीस्वरुप प्रस्तुत भएको भन्दै ओलीले पूर्वमाओवादी समूहका नेताहरुलाई आफूलाई साथ दिन आग्रह गर्नुभएको थियो । पूर्वमाओवादीका नेताहरुले पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुको नाताले लचिलो हुने दायित्व ओलीकै भएको सुझाव दिएका थिए ।

Share148Tweet93SendShare
Previous Post

आजदेखि छठपर्व सुरु

Next Post

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
Next Post

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

आज १९ जना कोरोना मुक्त

बाँके: कोरोना संक्रमित पुरुषको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?