ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुदूरपश्चिम सरकारको बजेटमाथि सत्ता पक्षकै सांसद असन्तुष्ट

News Desk by News Desk
६:३६ मध्यान्ह, असार ७, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

धनगढी असार ७ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमाथि सत्तापक्षकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले गत असार १ गते प्रदेशसभामा पेश गरेको बजेटमाथि सोमबारदेखि सुरु भएको छलफलमा भाग लिंदै प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएका हुन् ।

परम्परागत शैलीबाट ल्याइएको बजेटले ठूला पूर्वाधारका योजनालाई प्राथमिकता दिन नसकेको, अधिकांश विगतकै योजना दोहोरिएको, सांसदलाई छलेर योजना हालिएको जस्ता विषयमा उनीहरुले प्रश्न उठाएका छन् ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर साउदले सत्तापक्षकै सांसद भएकाले बजेटको पूर्ण समर्थन गर्ने तर पुरानै शैलीले बजेट ल्याइएको भन्दै असहमति जनाए । ‘हामीले विगत चार वर्षसम्म रातो किताब (वार्षिक कार्यक्रम पुस्तिका)मा देख्दै आएका योजना अहिले पनि दोहोरिएका छन्,’ साउदले भने, ‘योजनाको संख्या धेरै राखिएकाले बजेट कम छ । बजेट बढाउनुपर्नेमा घटाइएको छ । कार्यान्वयनको विषय जटिल बनेको छ ।’

सरकारले बजेटमा स–साना योजना राखेको कुरालाई पटक–पटक दोहोर्‍याएका उनले बजेट सन्तुलित रहेको दाबी समेत गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद प्रेमप्रकाश भट्टले पनि अघिल्लो वर्षको तुलनामा आकार घटेर ल्याइएको बजेटमा प्रदेश गौरवका योजना प्राथमिकतामा पर्न नसकेको बताएका छन् ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

‘१० करोड बजेट आवश्यक पर्ने योजनाको हकमा तीन, साढे तीन करोड मात्र छुट्याइएको छ,’ भट्टले भने, ‘बजेट अभावका कारण प्रदेश गौरवका योजना जीर्ण हुने स्थिति आइसक्यो । आन्तरिक राजश्व वृद्धि गर्न जलविद्युत, उद्योग, कलकारखानाको स्थापनाले प्राथमिकता पाउनुपथ्र्यो त्यो पनि भएन ।’ उनले अहिलेको बजेटमा सांसद र स्थानीय तहहरुलाई बाइपास गरेर योजना समावेश गरेकोप्रति आपत्ति जनाए ।

‘सांसद र स्थानीय तहले सिफारिस नै नगरेको योजना बजेटमा राखिएका छन् । ठूला योजनामा समावेश गर्नुपर्नेमा त्यसो हुन सकेन । हामी माननीयलाई ढाँट्ने काम भयो,’ उनले थपे । भट्टले बजेटप्रति असन्तुष्टि जनाए पनि सत्ता पक्षकै सांसद भएको भन्दै समर्थन गरेका छन् ।

‘विचौलियाको सेटिङमा योजना हालियो, सरकारलाई गलपासो हुन्छ’

ADVERTISEMENT

बजेटमाथिको छलफलमा भाग लिएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले विचौलियाको सेटिङमा योजना समावेश गरेको आरोप लगाएका छन् । ‘सरकारले बजेट भन्दै विचौलियाहरुसँगको मिलेमतोमा योजना लेखेर ४५८ पृष्ठ लामो विज्ञप्ति निकालेको छ,’ प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले भने, ‘प्रदेशसभा सदस्य र संसदकै अपमान हुने गरी ल्याइएको यो बजेट सरकारका लागि गलपासो हुनेछ ।’

मल्लले प्रतिपक्षीको मौनतालाई सरकारले कमजोर ठानेको भन्दै भ्रष्टाचार बढाउने उद्देश्यले बजेट ल्याइएको दाबी गरे । उनले सरकारले गोष्ठी, सभा सम्मेलन, अध्ययन, अनुसन्धान, शिविर सञ्चालन गर्ने तथा व्यक्तिगत योजनामा करोडौं बजेट छुट्याएको बताए ।

कांग्रेसकै अर्का प्रदेशसभा सदस्य टेकबहादुर रैकाले पनि बजेटको विरोध गरे । उनले मञ्चमा चिल्ला कुरा गर्ने सरकार आफैंले ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउन सफल नभएको बताए । ‘हामीले दिएका योजनाको फाइल नै मन्त्रालयले गायब गरिदिएका छन्,’ रैकाले भने, ‘कमिला छरिएझैं जथाभावी योजना बाँडिएका छन् । म यो बजेट स्वीकार गर्दिन । सबै योजना मन्त्रालयलाई नै फिर्ता गरिदिन्छु ।’

बजेटको छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्षी दलका सांसदले असन्तुष्टि व्यक्त गरे पनि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले भने सबैलाई न्यायको अनुभूति हुने गरी बजेट आएको दाबी गरे । बजेटमाथि सभामा छलफल गराइपाउँ भन्ने प्रस्ताव प्रदेशसभामा टेबुल गर्दै शाहले वित्तीय सन्तुलन कायम हुने गरी ल्याइएको बजेटले सबैको न्याय हुने दाबी गरे ।

आगामी आर्थिक वर्षका लागि मन्त्री शाहले प्रदेशसभामा ३० अर्ब ३३ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि सोमबारदेखि प्रदेशसभामा छलफल सुरु भएको हो । मंगलबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको अर्को बैठकमा पनि बजेटमाथिकै छलफललाई निरन्तरता दिइने सभामुख अर्जुनबहादुर थापाले बताए । अनलाइन खबर

Share149Tweet93SendShare
Previous Post

जमुनाह इन्जार्चको अशुली धन्दा सुरु, नेपप्लेट हटाएर ड्युटी गर्न लगाउँछ्न

Next Post

लुम्बिनी प्रदेशमा डिआइजी मुकुन्द आर्चाय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post

लुम्बिनी प्रदेशमा डिआइजी मुकुन्द आर्चाय

युरोकपमा आज दुई खेल हुँदै

गरिव देशमा खोपको अभावः डब्लुएचओ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?