ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

महिला तथा बालबालिकाको क्षेत्रमा कोहलपुर नगरपालिकाको उदार नीति बालबिबाह विरुद्ध अभियानले ल्यायो परिवर्तन

जावेद अन्सारी by जावेद अन्सारी
१२:२४ मध्यान्ह, अशोज ३०, २०७८
389
सेयर
389
VIEWS
ShareTweetSendShare

कोहलपुर नगरपालिका १२ सिमरी गाउँकी मनिषा थारु । उनी कक्षा आठमा पढ्दै थिइन्। सँगै पढ्ने केटा साथीसँग
माया बस्यो।
उमेर त पुगेकै थिएन। बाआमा पनि छोरीले पढोस् नै भन्ने ठान्थे। तर, मनले मानेन। दुबैजना बिहे गर्न उस्किए र,
भागे पनि ।
कोहलपुर नगरपालिकाभित्र बालबालिको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था स्याक र नगरपालिकाको सहयोगमा परिवारले
उनीहरुलाई खोजेर ल्यायो।
बालबिबाह गैरकानुनी नै हो, त्यसैले त्यो बिबाह स्वतः खारेज भयो। अहिले मनिषा फेरि पढ्न थालेकी छिन्।
भन्छिन् ‘त्यो बेला लहलहैमा लागेर भागेर बिहे गरियो। बाआमाले फर्काएर ल्याए। नत्र जीवन वर्वादै हुने रहेछ
।’
उनी अब पढाई पूरा गर्ने लक्ष्यमा दृढ छिन् र सँगै बालबिबाह विरुद्धको अभियानमा पनि लाग्ने अठोट छ उनीमा ।
‘म पनि अब बालबिबाह विरुद्ध अभियानमा लाग्नेछु। लहलहैमा लागेर उमेर नपुग्दै बिहे गरेर जीवन वर्वाद हुन्छ’
मनिषाको अनुरोध छ ‘स्याक जस्तै बरु नगरपालिकाले पनि यस्ता कार्यक्रमहरु अझैं बढाउनुपर्छ। बालबिवाह विरुद्धको
अभियानलाई सघाउनुपर्छ।’
हिंसा शोषण दुव्र्यबहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण महिला तथा बालबालिकाको अधिकार हो।
तथापि नेपाल सहित विश्वभरका सबै प्रकारका आर्थिक सामाजिक पृष्ठभूमि, उमेर,समुह धर्म तथा सस्कृतिका लाखौंलाख महिला तथा
बालबालिका हिंसा शोषण र दुव्र्यबहारबाट पीडित छन्।
कयौ महिला तथा बालबालिका जोखिममा छन्। यस्ता सबै महिला तथा बालबालिकाको सुरक्षाका लागि नीति तथा सेवाहरुमा सुधार
ल्याउन कोहलपुर नगरपालिकाले धेरै नीति तथा कार्यक्रम तय गरेको छ।
आफ्नो वार्षिक नीति तथा कार्यक्रम नै बनाएर कोहलपुर नगरपालिकाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै
आएको छ।
कतिपय महिला र बालबालिकासँग सम्बन्धित कार्यक्रम कोहलपुर नगरपालिकाले आफै गर्दै आएको छ।
कतिपय महिला तथा बालबालिका शाखा मार्फत महिला तथा बालबालिकाको जिवन स्तर सुधार गर्न महिला सशक्तीकरण
कार्यक्रम बालबालिकाहरुको बौद्धिक बिकासको लागि विभिन्न कार्यक्रमहरु नगरभित्र विभिन्न माध्यमबाट भैइरहेको छ।
यस्तै कोहलपुर नगरपालिका सङ्ग समन्वय र सहकार्य गरेर स्याक नेपालले पनि बालबालिकाको क्षेत्रमा रहेर बालबिबाह
नियन्त्रण सम्बन्धी काम गरिरहेको छ जुन कार्यक्रमले बालबालिकाको जीवनमा निकै ठूलो परिवर्तन ल्याएको छ।
यही आर्थिक वर्ष २०७७÷०७८ मा मात्र बालबिबाहका १९वटा केस मिलाई बालबिवाह रोकेको छ। बालबिवाह हुनबाट
रोकिएका मध्य हरेक बालबालिका आफ्नो जिन्दगीको गल्ती र भुललाई नयाँ अठोटमा बदलेर अहिले पढाईमा
लागेका छन्।
यस्तै कोहलपुर नगरपालिकाले महिला तथा बालबालिकाहरुको लागि भनेर अहिले सम्म महिला सशक्तीकरण कार्यक्रम
मार्फत महिला बिकास शाखा र हेफर इन्टरनेशनलको आर्थिक सहयोग महिला उपकार मन्चको समन्वयमा महिलाहरुलाई
बाख्रा पैंचो कार्यक्रम सुरु गरेको छ।
बाख्रा पैंचो लिएका महिलाहरुले बाख्रा पालन गरेर आम्दानीले घर चलाउँदै आएका छन्।
जसमध्य कोहलपुर नगरपालिका भित्रका लक्षित बर्गका महिलालाई छनोट गरी उनीहरुको आयस्तरमा सुधार ल्याउन बाख्रा
बितरण गरेको थियो।
पहिलो बर्ष १५० जनालाई उपहार स्वरुप दिइएको बाख्रा अर्को बर्ष त्यो समुहले अर्को समुहका महिलालाई बाख्रा नै
उपहार दिन्छन्। र, यस्तो चक्रिय क्रम चलिरहन्छ। एउटा समूहले अर्काे समूहलाईं पैचो दिँदै जान्छन्।

यसरी बाख्रा पाउने महिलाले त्यो बाख्राबाट थप सन्तान उत्पादन गरेपछि ‘उपहार’ पाएको बाख्रा भने फिर्ता
गर्नुपर्छ।
‘हामीले यसैगरी सबै महिला समूहलाई एकअर्कामा समन्वय गराएर बाख्रा पैंचो कार्यक्रम चलाएका छौं’ महिला
उपकार मञ्चकी अध्यक्ष बिजुला अधिकारी भन्छिन् ‘यसले महिलालाई आत्मनिर्भर बनाउन मदत गर्दछ।’
उनले महिला उपकार मन्चले बिगत लामो समय २८ बर्ष देखि महिलाको क्षेत्रमा लड्दै आएको बताइन्।
चाहे त्यो न्यायको लागि होस या आर्थिक बिकास सामाजिक बिकासको लागि विभिन्न आधारशिला तालिम मनोबिमर्ष तालिम
कोहलपुर नगरपालिकासँग समन्वय गरेर विभिन्न कार्यक्रम गरेको बताइन्।
‘पहिले पहिले अन्य पालिका भित्र थुप्रै काम गर्दै आएता पनि अब भने कोहलपुर नगरपालिकाले हामीलाई कार्यक्रम
र बजेट दिए कोहलपुर नगरपालिका भित्रै बढी फोकस गरेर महिला सम्बन्धी कार्यक्रम सन्चालन गर्ने योजना छ’
उनले भनिन् ‘यसबर्ष नगरपालिकासँग मिलेर महिलाको लागि थुप्रै कार्यक्रम ल्याएका छौं तर, लकडाउनका कारण
कार्यक्रमहरु सुरु भएका छैनन्।’
यस्तै कोहलपुर नगरपालिकामै महिला र बालबालिकाका लागि सुआहाआरा, बाँके युनेस्को क्लबले पनि काम गर्दै
आइरहेको छ।
सुहाआराले गर्भवती महिला र सुत्केरी महिलाको स्वास्थ संग सम्बन्धित रहेर काम गर्दै आइरहेको छ। बाँके युनेस्को
क्लबले बालबालिकाको क्षेत्रमा रहेर काम गरिरहेको छ।
यस्तै नगरपालिका अन्तरगत महिला तथा बालबालिका शाखा मार्फत पनि हरेक वर्ष कोहलपुर नगरपालिका भित्रका महिला तथा
बालबालिकाका लागि बिभिन्न खाले कार्यक्रमहरु गर्दै आएको छ।
नगरपालिकाकी महिला बिकास शाखाकी घटना शाहका अनुसार गतबर्ष ३० लाख बजेट प्राप्त भएकोमा विभिन्न कार्यक्रममा ९
लाख जति खर्च भइसकेको छ।
त्यसमा महिलाहरुको लागि कोहलपुर नगरपालिका भित्रका १५ वटै वडाहरुमा महिला बिकास समिति गठन गरिएको छ।
ती समूहहरुलाई आर्थिक बिकास र समूह व्यवस्थापनका लागि पाँच पाँच हजार रुपैयाँ दिइएको छ। उनीहरुले समूहमा
विभिन्नखाले आयमूलक सिप विकास तालिम चलाएका छन्। अनि ऋण कार्यक्रमहरु चलाएका छन्। सोही समूहको ऋण लिएर
कतिपयले व्यवसायसमेत गरिरहेका छन्।
त्यस्तै यो बर्ष बालबालिकाको लागि बिभिन्न बालक्लब गठन गरी बालक्लब मार्फत उनीहरुको क्षमता विकासमा सहयोग
गर्ने नगरपालिकाको योजना छ।
हरेकवर्ष जस्तै यो आर्थिक बर्षमा पनि माघ फागुन देखि महिला तथा बालबालिका, अपांगता भएकाहरुका लागि, हिंसा
पीडित महिलाका लागि सिपमुलक तालिम हुनेछन्।
अहिले नगरपालिकाको अपांग तथा महिला बालबालिका उद्दार कोषमा १ लाख रुपैया छ। त्यस्तै लैगिक हिंसाराहत कोषमा १
लाख रुपैया छुट्याएको छ।
तर, कोरोना संक्रमणका कारण भएको लकडाउनले गर्दा कार्यक्रमहरु हुन सकेका छैनन्। महिला तथा बालबालिकाको
लागि आएको ३० लाख मध्ये ९ लाख खर्च भइसकेको छ र, बाँकी रकम पनि कोरोना उपचार कोषमा राखिएको छ।
यस्तै हरेक वर्षजस्तै कोहलपुर नगरपालिका भित्र बस्ने सम्पूर्ण लक्षित बर्गको नेतृत्व क्षमता बिकास तथा सशक्तिकरणका लागि
बिभिन्न कार्यक्रम सन्चालन गर्ने नीति लिएको छ।
एकल महिला, हिंसा पिडित, द्वन्द पीडित तथा पछाडि पारिएका महिलाहरुका लागि जनचेतनामूलक, सशक्तीकरण र सेफ
सेल्टर हाउस सन्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम छ।
कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ–
–लैंगिक हिंसा न्यूनीकरण र मानव बेचबिखन मुक्त नगरपालिका बनाउन आवश्यक कार्य गरिनेछ ।
–हिंसा पिडित महिलाहरुसंग उपमेयर कार्यक्रम संचालन गरिनेछ।
–सडक बालबालिकाका लागि सरक्षण र पुनःस्थापनाका लागि पुनसर््थापना केन्द्र स्थापनाको पहल गरिनेछ।
–लागु औषध दुव्र्यसनी, मानव बेचबिखन र ओसारपसार , असुरक्षित बसाइसराइको बिषयमा आवश्यक सचेतनामुलक कार्यहरु
गरिनेछ।

–समाजका विकृति विसंगति हटाउन आमा समुहलाई परिचालन गर्दै घरेलु मदिराको उत्पादन तथा बेचबिखनलाई निरुत्साहित
गरिनेछ ।
–बालमैत्री स्थानीय शासन कार्यक्रम लागू गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ।
–अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गरिनेछ ।
–बालविवाह न्यूनीकरणका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ
–बालबालिका हरुको हक, अधिकार सरक्षणका लागि बालाबालिकासंग मेयर संचालन गरिने छ।
नगरपालिकाले महिला तथा बालबालिको क्षेत्रमा थुपै्र कार्यक्रम तथा बजेट छुट्याए पनि अहिले भने त्यसको काम हुन
सकेको छैन।
नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख हरिबहादुर वलीका अनुसार महिला तथा बालबालिकाको क्षेत्रमा छुट्याइएको ७७
लाख रुपैयाँमध्ये २१ लाख को कार्यक्रम गरी बाँकी रकम कोरोना कोषमा राखिएको बताएका छन ।
यस्तै कोहलपुर नगरपालिकाले महिला तथाबालाबालिकाको क्षेत्रमा काम गर्ने क्रममा कोहलपुर (४ बस्ने आर्थिक अवस्था
कमजोर भएकी अपांग महिलाई भौतिक पूर्वाधार बनाएर सहयोग समेत गरेको वडा नम्बर ३ बस्ने तुलसा सुनारको आफ्नो
घर धारा र शौचालय हुदा उनीलाई र उनको परिवारलाई निकै समस्या परेको थियो तुलसी सुनार आफै पनि अपांग
महिला हुन् । उनीलाई र उनको परिवारलाई शौचालय नहुदा अर्काको घरमा लुकिछुपी शौच गर्न जादा हुने पिडा, घर
देखि बाहिर बारी खेत खोल्सामा गएर दिसा पिसाब गर्दा कसैले देख्ने पिडा ,छिमेकिहरुले फरक नजरले हेर्ने पिडा ,
उनको परिवारले वर्षौ देखि भोग्दै आएको बताउछिन ।. नगरपालिकाको सहयोगमा बस्ने बास खानेपानी र शौच गर्नको
लागि शौचालय बनाइदिए पछी अहिले आफु लगायत आफ्नो परिवारलाई बस्ने देखि शौच गर्न समेत सहज भएको उनले
बताएकी छिन । यस्तै तुलसाको जस्तै कोहलपुर २ बस्ने एक अपांग परिवारलाई कोहलपुर नगरपालिकाले घर समेत
बनाइदिएको छ .
कोहलपुर नगरपालिकाले आफ्नो वार्षिक नीति अनुशार सडक बालबालिकाका संरक्षण र पुरंस्थापनाका लागि निलसागर
बृद्धाआश्रममा रु ५लाख दिएको, एकल महिला हिंसा पिडित, द्वन्द पिडित तथा पछाडि पारिएका महिलाहरुको लागि
जनचेतनामुलक कार्यक्रम गरिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख संजु कुमारी चौधरी बताइन। उनले महिलाको
स्वास्थ्यलाई ख्याल गर्दै महिलाहरुको पाठेघर जाँच र पाठेघरको को निःशुल्क अप्रेशन गर्नको लागि शिबिर संचालन
गरेको बताएकी छिन् ।उनले अपांग महिला तथा बालबालिकाको लागि बिशेष खालको कार्यक्रम ल्याइएको बताएकी
छिन ।. उनले यो आर्थिक वर्षमा नीति तथा कार्यक्रम भित्र रहेर सबै कार्यक्रम गर्न नाकिए पनि आउदो आर्थिक वर्षमा
अहिले सपन्न गर्न नसकिएका कार्यक्रमहरुलाई पनि समावेश गरी महिलाहरुको लागि सशक्तिकरण , सिपमुलक
,आयआर्जनमुलक र महिलाहरुको जनजीवनमा प्रत्येक्ष लाभ गराउनको लागि महिला तथा बालबालिकाहरुको लागि बिशेष
नीति तथा कार्यक्रम तथा बजेट ल्याउन आफुले सक्दो पहल गर्ने उपप्रमुख चौधरीले बताइन ।

सरला सुबेदी
कोहलपुर १२ चपरगौडी बाँके

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

अफगानिस्तानको एक मस्दिजमा आत्मघाती आक्रमण, ४७ जनाको मृत्यु‚ ७० घाइते

Next Post

रुकुम पश्चिममा स्थानीय युवा र प्रहरीबीच झडप, सात जना प्रहरी घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

रुकुम पश्चिममा स्थानीय युवा र प्रहरीबीच झडप, सात जना प्रहरी घाइते

शान्ति सद्भाव एकताको संदेश दिदै नेपालगञ्जमा धूमधामका साथ मुर्ती विसर्जन

दुर्गा मुर्ति विसर्जनमा समाजसेवी युवा समुहको सक्रियता, शुद्ध पियजल बितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?