बाँके मंसिर २१ गते ।
जमुनाह प्रहरीले लागु औषध ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह नाकामा चेकजाँच गर्ने क्रममा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय शुसान्त शाही पक्राउ परेका इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मीनबहादुर बिष्टले जानकारी दिनुभयो ।
शाहीलाई इप्रका जमुनाह प्रहरी टोलि र लागु औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सुपर पावर सुर्तीको प्याकेटमा कालो प्लाष्टिक भित्र हातको मुट्ठीमा लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको इन्चार्ज बिष्टले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका शाहीलाइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ ।
Discussion about this post