बाँके पुस १८ गते ।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरको तलाउमा मृत अवस्थामा फेला परेका बालकको पोष्टमार्टम काठमाडौंमा गरिने भएको छ । पुष १३ गते अपरान्ह खेल्दा खेल्दै हराएका निशार मोहम्मद शेषका तीन वर्षीय छोरा अक्सत गएराती तलाउमा मृत अवस्थामा फेला परेका थिए ।
हराएको पाँच दिनपछि बालकको शव घरदेखि पचास मिटर दूरीमा रहेको तलाउमा फेला परेको हो ।
तलाउमा डुवेको आंशकामा प्रहरीले जेनेरेटरबाट पानी सुकाएर खोजतलास गर्दा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तिले जानकारी दिनुभयो ।
मृत्यु शंकास्पद भन्दै परिवारले भेरी अस्पतालमा पोष्टमार्टम गर्न नमानेपछि उनीहरुकै आग्रहमा बाँके प्रहरीले शव काठमाडौं पठाउन लागेको प्रहरी निरीक्षक घर्तिले बताउनुभयो ।
‘शवको प्रकृति हेर्दा आफन्तहरुलाई चार–पाँच दिन पानीको डुवेको जस्तो लायन छ, चिकित्सकहरुले पनि स्पष्ट पार्न सक्नु भएन प्रहरी निरीक्षक घर्तिले भन्नुभयो–‘अनुसन्धानमा सहजहोस् भन्नका लागि शवको पोष्टमार्टम टिचिङ अस्पताल काठमाडौंमा गर्न पठाउँदै छौं ।’
आफन्तहरुले बालकलाई हत्या गरेर तलाउमा फालेको आंशका गरेका छन् ।
Discussion about this post