ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनीमा वागमतीको ‘साइड इफेक्ट’-सुस्ताएको कांग्रेसलाई जाग्यो नेतृत्व मोह

News Desk by News Desk
१२:२७ मध्यान्ह, असार २१, २०७९
लुम्बिनीमा वागमतीको ‘साइड इफेक्ट’-सुस्ताएको कांग्रेसलाई जाग्यो नेतृत्व मोह
388
सेयर
387
VIEWS
ShareTweetSendShare

बुटवल असार २१ गते ।
गत साउन २७ गते नेकपा एमालेका नेता शंकर पोखरेलको नेतृत्वको सरकार बाहिरिएसँगै गठबन्धन दलबीच मुख्यमन्त्री फेरेर ८-८ महिना सरकार चलाउने सहमति गरेका थिए ।

भद्र सहमतिअनुसार माओवादीले फागुन महिनामै कांग्रेसलाई सरकारको नेतृत्व छोड्नुपर्ने भएपनि कांग्रेसभित्रको विवादमा खेल्दै माओवादीले बोनसमा ४ महिना लिइसकेको छ ।

माओवादीले सहजै नेतृत्व नछाड्ने संकेत पाएपछि गठबन्धन गर्ने समयको भद्र सहमतिको पालना गर्न प्रदेशका कांग्रेस नेताहरू औपचारिक पत्र लिएर चैतमै सभापति शेरबहादुर देउवालाई भेट्न गएका थिए । तर, त्यसको नतिजा भने देखिएको छैन ।

स्थानीय तहको निर्वाचन नजिकिएको, निर्वाचनमा माओवादीसँग नै गठबन्धन गर्नुपर्ने बाध्यता भएको र अन्य प्रदेशमा पनि नेतृत्व फेर्ने प्रसंग आएको भन्दै निर्वाचनअघि नेतृत्व फेर्ने विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति नै सकारात्मक भएनन् ।अहिले वागमतिसहितका प्रदेशमा आलोपालोको पूर्वसहमति अनुसार बाँकी कार्यकाल नेतृत्व फेरबदलको चर्चासँगै लुम्बिनीमा पनि कांग्रेस नेताहरू तातिएका हुन् ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

अघिल्लो साउन २६ गते लुम्बिनीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बाँकी रहेको १६ महिने कार्यकाल आधाआधा मुख्यमन्त्री बन्नेगरी भद्र सहमति गरेका थिए । त्यो समयमा गरिएको सहमति कार्यान्वयन गरेर जानुपर्ने दबाब कांग्रेस नेताहरुले दिएपनि सजिलै नेतृत्व नछाड्ने रणनीति माओवादीले बनाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुद्दिन खानले सहमतिअनुसार नेपाली कांग्रेसले नेतृत्व पाउनुपर्ने अडानमा कायम रहेको बताए ।‘त्यो समयमा आधा(आधा नेतृत्व गर्ने सहमति भएको हो, तत्काल हुन सकेन, बजेट आएर पनि पास भयो, अब नेतृत्व दिनुपर्छ, हामीले पार्टी सभापतिलाई यो विषयमा जानकारी गराइसकेका छौं’, उनले भने ।

माओवादी नेताहरूले भने लुम्बिनी माओवादीको बलियो क्षेत्र भएकाले पनि नेतृत्व छाड्न नहुने भन्दै अध्यक्ष प्रचण्डलाई बारम्बार भन्दै आएका छन् ।माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीले कसैलाई मुख्यमन्त्री चाहियो भनेर त्यतिकै छाड्ने कुरा नहुने बताउँदै राष्ट्रिय सहमति भएको खण्डमा शीर्ष तहबाटै निर्णय हुनुपर्नेमा जोड दिए ।‘यो लुम्बिनीको मात्रै विषय होइन, सबै प्रदेशको कुरा हुन्छ, हामीले यहाँको सबै विषय पार्टी अध्यक्षलाई जानकारी गराइसकेका छौं’, उनले भने ।लुम्बिनीमा माओवादी तेस्रो दल हो । ८७ सांसद रहेको प्रदेशमा अहिले ८० मात्रै सांसद बहाल छन् ।

ADVERTISEMENT

ती मध्ये एमालेका ३६, कांग्रेसका १९, माओवादीका १७, जसपाका ४, नेकपा एसका १ स्वतन्त्र ९सूर्य चिन्ह लिएर जितेका हाल गठबन्धनमा रहेका० १, राजमोका १ सांसद छन् । एमालेबाहेक सबै सत्ता गठबन्धनमा छन् । तर, यहाँको प्रदेश प्रमुख, सरकार प्रमुख, सभामुख, प्रदेश सभा सचिव सबै मुख्यशक्तिको नेतृत्व गरेकाले गठबन्धनमा रहेका दलहरू असन्तुष्ट छन् ।

यसै कारण सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माण, कानून निर्माण तथा विभिन्न निकायमा हुने नियुक्तिमा माओवादीले एकलौटी गर्दै आएको गुनासो गठबन्धन दलमा रहेका दलको छ । प्रदेशको किचलोले गठबन्धनमा असर पर्नसक्ने भन्दै नेताहरू तै चुप मै चुप छन् ।

माओवादी नेता तथा मुख्यमन्त्री कुलप्रसाद केसी भने कांग्रेसभित्रकै असन्तुष्ट पक्षलाई मन्त्री बनाएर बाँकी कार्यकाल आफैँले लिने रणनीतिका साथ अगाडि बढेका छन् । माओवादीका एक सांसद भन्छन्, ‘अब चुनाव आउन पनि धेरै समय छैन, यस्तो समयमा सरकारको नेतृत्व फेरिने सम्भावना कम छ, कांग्रेस र माओवादीबाट केही मन्त्री फेरिने तयारी छ ।’

Share156Tweet97SendShare
Previous Post

वैशाखयता बाढी, पहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाए

Next Post

रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते

रामेछापमा बस दुर्घटनाः ९ जनाको मृत्यु, २१ भन्दा बढी घाइते

मतदान नसकिँदासम्म सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

लागु औषधसहित जमुनाहबाट एकजना पक्राउ

समाजसेवी  काफ्लेद्वारा  नेपालगन्ज कारागारलाई ई–रिक्सा प्रदान

समाजसेवी काफ्लेद्वारा नेपालगन्ज कारागारलाई ई–रिक्सा प्रदान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:17 am5:53 pm +0545
Feels like: 32°C
Wind: 6km/h W
Humidity: 62%
Pressure: 1017.61mbar
UV index: 8
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?