ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कुहिँन थाले सामुदायिक वनमा काठ

News Desk by News Desk
१०:४० बिहान, पुस ४, २०७९
कुहिँन थाले सामुदायिक वनमा काठ
384
सेयर
383
VIEWS
ShareTweetSendShare

नवलपरासी पुस ४ गते ।
पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन् ।

सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ रुख काटेर सम्बन्धित सामुदायिक वनको घाटगददीमा राखिएका थिए । ती काठ दाउरा कुहिएर अहिले काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

जिल्लाको सिख्रौली, शिसवार, र लामिचौर उपभोक्ता समितिअन्तर्गतका पाँच मध्यवर्ती वनमा काठ दाउरा करिब तीन वर्ष अगाडि काटेर राखिएको भए पनि सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती–१२ मा रहेको राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए ।

“सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुञ्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन्”, उनले भने ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा रुखबाट निस्किएका काठ र दाउरा आफूहरुले सम्बन्धित सामुदायिक वनमा घाटगददीमा सुरक्षा गार्डको निगरानी राखेको भए पनि चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजनाको कावासोती कार्यालयका आयोजना व्यवस्थापक राकेश झाले बताए ।

“हामीले सुरक्षा गार्डसहित काठ र दाउरा सामुदायिक वनमा घाट गददीमा राखेका छौँ, सामुदायिक वनलाई हस्तान्तरण गर्न पटकपटक निकुञ्ज कार्यालयमा पत्रचार गरेका छौँ, वितरण कसरी गर्ने कहिले गर्ने यो निकुञ्जको जिम्मा हो”, उनले भने ।

सडक आयोजना विस्तारको क्रममा निर्माण कम्पनी, चितवन राष्ट्रिय निकुञ्ज र उपभोक्ता समितिसहितको बैठकले काटिएका रुखबाट निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको बताउँदै सामुदायिक वनमार्फत उपभोक्तालाई काठ दाउरा वितरण गर्न आफूहरुले पहल गरिरहेको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताए ।

ADVERTISEMENT

केही प्रक्रिया गत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुञ्ज कार्यालयबाट आफूले जानकारी पाएको उनको भनाइ छ ।

रुख काटेर घाटगददी गरिएलगत्तै कोरोना कहर सुरु भएको हुँदा त्यो बेला वितरणको काम रोकिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले काठ दाउराको पुनः लगत सङ्कलन सुरु गरिएको जानकारी दिए ।

निर्माण कम्पनीले घाटगददी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका सङ्केत मेटिएकाले फेरि लगत सङ्कलन गरिएको उनको भनाइ थियो।

लगत सङ्कलनको काम अन्तिम चरणमा पुगेको हुँदा निकुञ्ज कार्यालयमा अन्तिम प्रतिवेदन आउनासाथ सामुदायिक वनलाई काठ दाउरा हस्तान्तरणको काम अगाडि बढाइने सूचना अधिकारी तिवारीले बताए । रासस

Share154Tweet96SendShare
Previous Post

गोदाममै थन्किए अल्लोका कपडा

Next Post

अपांगता भएका व्यक्तिहरुलाई विपदबाट हुने जोखिम र न्यूनिकरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
Next Post
अपांगता भएका व्यक्तिहरुलाई विपदबाट हुने जोखिम र न्यूनिकरण

अपांगता भएका व्यक्तिहरुलाई विपदबाट हुने जोखिम र न्यूनिकरण

हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता हुने

हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता हुने

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:16 am5:54 pm +0545
Feels like: 22°C
Wind: 5km/h NE
Humidity: 92%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?