ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

करोडौँ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

News Desk by News Desk
११:४४ बिहान, माघ ७, २०७९
करोडौँ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन
413
सेयर
394
VIEWS
ShareTweetSendShare

कञ्चनपुर माघ ७ गते ।
कञ्चनपुरमा पालिकाहरुले कराडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ ।

यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्सान पुर्याएको भन्दै आक्रोश व्यक्त गरिएपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ ।

विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन् ।

कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष÷उपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए । “नगरपालिका छेउमै राखेर केही महिनायता छाडापशु अस्थायी रुपमा व्यवस्थापन गरिरहेका छौं”, उनले भने, “ दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडापशु व्यवस्थापनमा रु साढे ५ लाख जति खर्च भइसकेको छ ।”

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

भारतबाट बढेर आयो इन्धनको मूल्य

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

उनले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताए । “ काञ्जीहाउस लगायतका व्यवस्थापनमा रु २८औ३० लाख जति खर्च हुने अनुमान छ”, उनले भने, “ छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरु पनि सहयोगी हुनु आवश्यक छ ।” बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा रु १ करोड भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा नं‍. १३ का वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा कार्यदल समेत बनाएको थियो । कार्यदलका संयोजक रामबहादुर बोहराले पशु व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा खोजी गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको बताए ।

“ हामीले यो यो ठाउँमा खाली जमिन छ । पहलका लागि आवश्यक सुझावसहित प्रतिवेदन बुझाएका छौ”, उनले भने, “आजभोलिमा कहाँ व्यवस्थापन हुने हो टुङ्गो लाग्छ ।”

ADVERTISEMENT

भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो । चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाडा पशुमा ट्याग लगाउने कार्य गरेको थियो । हालसम्म भीमदत्तले रु ९१ लाख भन्दा बढी रकम खर्च गरिसकेको छ ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नं. ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ । त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाअध्यक्ष रमेश ऐरले लिनुभएको छ । वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताए ।

“यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुदै गएको छ”, ऐरले भने, “ गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा रु ४० लाख दिएको छ ।” उहाँले विगत दुई वर्ष यता पशु व्यवस्थापनमा जुटेको बताए ।

“ अर्गानिक मल उत्पादनदेखि, दुग्ध उत्पादनदेखि छाडा गोरु छाड्नेलाई कारबाही गर्नेसम्मको कार्यविधि बनाएको छ”, उनले भने,“ अरु पालिका भन्दा व्यवस्थापनमा हामी अघि छौं ।” उनले गौशालालाई सुदूरपश्चिमकै अध्ययन केन्द्र बनाउने योजना रहेको बताए । उनले विगत वर्ष यता वार्षिक रु ४० लाख नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए ।

छाडा पशु व्यवस्थापनमा ठूलो धनराशि खर्च भइसक्दा पनि दिगो व्यवस्थापन नहुँदा बेलाबखतमा स्थानीय किसान आक्रोशित हुदै आएका छन् । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफू र छिमेकी लालझाडी पालिकासित मिलेर समेत छाडा पशु व्यवस्थापन गरिरहेको जानकारी दिए ।

“ हाम्रो पालिकामा पर्ने वनहरादेखि मोहना चोकसम्म राजमार्गमा मुश्किलले अब छाडा पशु देख्नु हुन्छ”, उनले भने, “ यहाँका धेरै ठाउँमा काञ्जी हाउस बनाएर करिब एक हजारदेखि एघार सय चौपायाको व्यवस्थान गरिहेको छ ।”

उनले आफूहरु जनप्रतिनिधी भएर आइसकेपछि चौपाया व्यवस्थापनमा रु दश लाखको हाराहारीमा खर्च भएको बताए । चार वर्षअघि कञ्चनपुरमा छाडा पशु व्यवस्थापनको विषय अदालतसम्म पुगेको थियो । महेन्द्रनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले यहाँका पालिकालाई विपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत महेन्द्रनगर इजलासले चौपाया व्यवस्थापन गर्न परमादेश समेत जारी गरेको थियो । रासस

Share177Tweet99SendShare
Previous Post

बाँकेका सिडिओको सरुवा, नयाँ सिडिओमा विपिन

Next Post

बाँके प्रहरीद्वारा २४ क्युफिट काठ बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ
अपराध

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

५:१३ मध्यान्ह, माघ १८, २०७९
आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन
समाचार

भारतबाट बढेर आयो इन्धनको मूल्य

२:३३ मध्यान्ह, माघ १८, २०७९
सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे
मुख्य समाचार

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

२:२९ मध्यान्ह, माघ १८, २०७९
गुठी ऐन तर्जुमा गर्न समिति गठन
समाचार

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

१०:०९ बिहान, माघ १८, २०७९
बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु
शिक्षा/स्वास्थ्य

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

१०:२४ बिहान, माघ १८, २०७९
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

९:५५ बिहान, माघ १८, २०७९
नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो
मुख्य समाचार

नेपालगञ्जका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइयो

५:११ मध्यान्ह, माघ १७, २०७९
कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की
मुख्य समाचार

कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित नगरपालिकाले व्यापार गर्न नदिए आत्मादाह गर्ने धम्की

४:१८ मध्यान्ह, माघ १७, २०७९
Next Post
बाँके प्रहरीद्वारा २४ क्युफिट काठ बरामद

बाँके प्रहरीद्वारा २४ क्युफिट काठ बरामद

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बस पल्टिँदा साइकलयात्रीको मृत्यु

जाँचपास सहज बनाउन चलचित्र विकास बोर्डलाई मन्त्रालयको निर्देशन

जाँचपास सहज बनाउन चलचित्र विकास बोर्डलाई मन्त्रालयको निर्देशन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Clear
7:05 am5:58 pm +0545
Feels like: 15°C
Wind: 5km/h WNW
Humidity: 91%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?