ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन

स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्छः पूर्व मन्त्री थापा

News Desk by News Desk
१०:५९ मध्यान्ह, चैत्र १८, २०७९
नगर स्वास्थ्य प्रबद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पतालको उद्घाटन
412
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके चैत १८ गते ।
पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताउनु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको आज शनिवार उद्घाटन गर्दै उहाँले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनु पर्नेमा जोड दिनुभयो ।

उहाँले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको सेवालाई प्रभावकारी गराउन सुझाव दिनुभयो । ‘म स्वास्थ्य मन्त्री हुँदा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा अघि सारेको हुँ उहाँले भन्नुभयो–‘यसका तीन वटा लक्ष्य छ ।

पहिलो रोगको पहिचान गर्ने, दोस्रो जनतासँग मिलेर रोग रोकथामको काम गर्ने र तेस्रो उपचार ।’ नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारण भनेकै केन्द्र घरघरमा पुगेर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रोग लाग्नु भन्दा पहिल्यैं अपनाउन सकिने सजगताबारे जानकारी प्रवाह गर्ने र उपचारको पहुँच नभएकालाई पहुँचमा ल्याउने रहेको पूर्वमन्त्री थापाको भनाइ छ ।

सम्बन्धित समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

उहाँले प्रवद्र्धन केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने बारेमा आफ्नो टिमले सहकार्य गरेर अघि बढ्ने विश्वास समेत दिलाउनु भयो । यसैगरी अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरी संचालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानवीय सेवा गरेको भन्दै प्रशंसा गर्नुभयो ।

विपन्न समुदायका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको भन्दै उहाँले कोहलपुरमा केन्द्र संचालनपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका बालबालिकाहरुलाई उपचारमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनु पर्ने बताउनुभयो ।

‘सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च भनेर १ लाख रुपैयाँ दिने गरेको छ । तर यस्तै प्रकृतिको थालेसेमियाका बिरामीलाई भने सरकारले राहात दिएको छैन उहाँले भन्नुभयो–‘म पूर्व मन्त्री थापालाई ध्यानाकर्षण गराउन चाहान्छु ।

ADVERTISEMENT

थारु समुदायलाई बढी प्रभाव पार्ने थालेसेमिया रोगका बिरामीलाई पनि सरकारले उपचार खर्च दिनु पर्छ । नीतिगत रुपमा पहल गरिदिन आग्रह गर्छु ।’ यस्तै लुम्विनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले गर्न सक्ने पहलका निमित्त आफु तयार रहेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले स्वस्थ व्यक्तिबाट मात्रै विकास सम्भव भएकाले नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक डा.विवेक बास्कोटा, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिका–१५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका सूचना अधिकृत बिनिता खड्का लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रवद्र्धन केन्द्र र अस्पताललाई जग्गा दान गर्ने जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकधको शालिकको समेत पूर्वमन्त्री थापाले अनावरण गर्नुभएको थियो । स्वर्गीय थारुले १० कठ्ठा जग्गा दान गर्नुभएको छ ।

कार्यक्रममा जग्गादाताका परिवार सदस्यहरुलाई सम्मानित गरिएको थियो भने केन्द्र स्थापनाका लागि विशेष योगदान पु¥याएको भन्दै पूर्व जनप्रतिनिधिहरु पतिराम थारु, गुत्तु थारु, लौटन थारु, हरिराम थारु, राम लौटन यादव, राम मिलन तमौली र हुसेनी बस्फोरले कदरपत्रले सम्मानित गरिएको नगर प्रवक्ता नमबहादुर आलेले जानकारी दिनुभयो ।

नगर उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रमको संचालन भने प्रेस संयोजक प्रियास्मृति ढकालले गर्नुभएको थियो ।

Share165Tweet103SendShare
Previous Post

डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

Next Post

नेपालगन्जमा बिहानैदेखि चर्को घाम, पानी नपर्दा गर्मी बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
Next Post
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

नेपालगन्जमा बिहानैदेखि चर्को घाम, पानी नपर्दा गर्मी बढ्यो

करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जना पक्राउ

करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जना पक्राउ

इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै

इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?