ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

News Desk by News Desk
१०:४३ बिहान, बैशाख १७, २०८०
सामुदायिक विद्यालयको नतिजा निराशाजनक
381
सेयर
380
VIEWS
ShareTweetSendShare

खोटाङ वैशाख १७ गते ।
हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो ।

कक्षा ४ र ५ सञ्चालन भइरहेका ४२ र कक्षा ६ देखि ८ सञ्चालन भइरहेका १५ आधारभूत तथा १२ माध्यमिक विद्यालयलाई वार्षिक परीक्षामा सहभागी गराइएको थियो । नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाह्य मूल्याङ्कनमा देखिएको विद्यार्थी उत्तीर्ण प्रतिशत भने निराशाजनक छ ।

जनता मावि सल्लेका कक्षा ४ मा अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषयमा कुनै पनि विद्यार्थी उत्तीर्ण भएनन् । कक्षा ४ मा विज्ञानमा एक जनामात्र विद्यार्थी उत्तीर्ण हुन सफल भएको पाइएको छ । सोही माविको कक्षा ७, ८ र ९ मा गणितमा उत्तीर्ण दर शून्य देखिएको छ । कक्षा ६ मा गणितमा एक र सामाजिकमा दुई जना मात्र उत्तीर्ण भएका छन् । कक्षा ७ मा सामाजिकमा एक जना उत्तीर्ण भएका छन् ।

कुनै पनि विषयमा उत्तीर्ण हुनका लागि विद्यार्थीले आन्तरिक र बाह्य मूल्याङ्कनमा न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यस्तै ज्योति मावि राजापानीको कक्षा ४ मा गणित, सामाजिक र विज्ञानमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । कक्षा ५ मा पनि गणितमा नतिजा शून्य देखिएको छ । कक्षा ६ मा अङ्ग्रेजीमा दुई, नेपाली, गणित, सामाजिक र विज्ञानमा एक–एक जना उत्तीर्ण भएका छन् । कक्षा ७ मा गणितमा एक जनामात्रै उत्तीर्ण भएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

कक्षा ८ मा अङ्ग्रेजीमा तीन, नेपालीमा तीन, गणितमा एक, सामाजिकमा तीन र विज्ञानमा एक तथा कक्षा १० मा गणितमा एक जनामात्र उत्तीर्ण भएका छन् । आन्तरिक मूल्याङ्कनतर्फ सम्बन्धित विद्यालयले पहिलो र दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरेको थियो ।

नगरस्तरीय परीक्षाका लागि उत्तरपुस्तिका र प्रश्नपत्र नगरपालिकाले व्यवस्था गरेको थियो । नगरस्तरीय परीक्षालाई निष्पक्ष बनाउन उत्तरपुस्तिका कोडिङ गरेर फरक–फरक विद्यालयलाई परीक्षण गर्न दिइएको थियो । नगरपालिकाभित्रका माविमध्येमा नगरस्तरीय वार्षिक परीक्षामा कालिका मावि बाहुनीडाँडाको उत्तीर्ण दर सबैभन्दा उत्कृष्ट देखिएको छ । कालिका माविका कक्षा ४ देखि कक्षा ९ सम्मका एक सय २१ विद्यार्थी परीक्षामा सहभागी भएकामा ४७ प्रतिशत उत्तीर्ण भएका छन् ।

सरस्वती मावि अर्खौलेका परीक्षामा सहभागी एक सय ८९ विद्यार्थीमध्ये ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बुलापन्थे मावि धितुङका परीक्षामा सहभागी दुई सय १८ विद्यार्थीमध्ये ४१ प्रतिशत, महेन्द्रद्धोय मावि हलेसीका परीक्षामा सहभागी दुई सय १८ विद्यार्थीमध्ये ३० प्रतिशत, लक्ष्मी माविका परीक्षामा सहभागी ८४ विद्यार्थीमध्ये २९ प्रतिशत, दुर्छिम माविका एक सय ३२ विद्यार्थीमध्ये २६ प्रतिशत उत्तीर्ण भएका छन् ।

ADVERTISEMENT

यस्तै मालिकादेवी कदुवाका परीक्षामा सहभागी एक सय ११ विद्यार्थीमध्ये २६ प्रतिशत, दाम्ली माविका एक सय २३ मध्ये २४ प्रतिशत, ज्योति मावि राजापानीका एक सय ३५ विद्यार्थीमध्ये १४ प्रतिशत, जनता मावि सल्लेका ७८ विद्यार्थीमध्ये १२ प्रतिशत र च्यास्मिटार माविमा दुई सय ७४ विद्यार्थी परीक्षामा सहभागी भएकामा १० प्रतिशत उत्तीर्ण भएका छन् ।

नगरस्तरीय परीक्षाको नतिजाको आधारमा नगरपालिकाको शैक्षिक अवस्था निराशाजनक देखिए पनि तुलनात्मकरुपमा अन्य स्थानीय तहका विद्यालयसरहकै परिणाम आएको शिक्षा शाखा संयोजक पदक कार्कीले बताउनुभएको छ । “नतिजाका बारेमा वैशाख ३ गते समीक्षा गरिसकेका छौँ । दुई विषय लागेका छात्र–छात्रालाई पाँच अङ्क ग्रेस दिएर उत्तीर्ण गराउने तथा दुई विषय लागेका तर, ग्रेस अङ्क दिँदा पनि उत्तीर्णाङ्क नपुग्ने विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा लिने निर्णय गरेका छौँ”, उनले भने, “शैक्षिक सुधार गर्न नगरस्तरीय पाठ्ययोजना बनाएर कार्यान्वयन गर्दैछौँ । एक दशमलव छ जिपीएभन्दा कम अङ्क आएका विषयका शिक्षकलाई स्पष्टीकरण सोध्नेसम्मको तयारी छ ।”

नगरस्तरीय वार्षिक परीक्षाले विद्यालयको शैक्षिक चित्र स्पष्ट देखाएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक एव वडा नं १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रबहादुर राई बताए । “नगरको शैक्षिक संस्थाको रोग पत्ता लागेको छ । शिक्षाको स्तर छ्याङ्ग भएको छ । यसमा शिक्षक दोषी छन् । व्यवस्थापन समिति र अभिभावक पनि दोष भागीदार छन्”, उनले भने, “कमजोरी पत्ता लाग्यो । अब आवश्यक कार्ययोजनासहित उपचारमा जुट्ने विन्दुमा पुगेका छौँ ।”

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि नगरपालिकाबाट रु एक करोड ४७ लाख बजेट विनियोजन गरेको थियो । परीक्षा प्रणालीमा सुधार, अङ्ग्रेजी माध्यममा पढाइ, स्थानीय भाषामा पठनपाठन, विद्यार्थीलाई शुल्क मिनाहालगायतका योजना बनाएर नगरपालिकाले शैक्षिक गुणस्तर सुधारको पहल थालेको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यकताका आधारमा नगर शिक्षक नियुक्ति, दरबन्दी समायोजन, विद्यालय थपघटलगायतका योजनासमेत बनाइएको थियो । विद्यार्थीलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्न सरकारले लागू गरेको दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले प्रभावकारीरूपमा कार्यान्वयन गराए पनि नतिजाका कारण अभिभावकसमेत झस्किएका छन् । रासस

Share153Tweet95SendShare
Previous Post

नरैनापुरमा महतोको संयोजकत्वमा योग नेपालको शाखा गठन

Next Post

कोहलपुरमा ५ जनामा डेङ्गी, कसरी सावधानी अपनाउने ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post
कोहलपुरमा ५ जनामा डेङ्गी, कसरी सावधानी अपनाउने ?

कोहलपुरमा ५ जनामा डेङ्गी, कसरी सावधानी अपनाउने ?

बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

बाँके ट्राफिकमा सुनार आतंक, न अनुशासन न त सुशासन, असुलीमा बन्जाडेलाई प्रयोग

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?