ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गर्मीबाट जनतालाई जोगाउन ‘लू’ प्रतिकार्य योजना बनाइदै

News Desk by News Desk
२:३२ मध्यान्ह, चैत्र २०, २०८०
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
387
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके चैत २० गते ।
देशभरमै अत्याधिक गर्मी हुने सहरमा पर्छ नेपालगन्ज । नेपालगन्ज हरेक वर्ष गर्मीको समयमा तातो हावा ’लू’का कारण हजारौं मानिसहरु प्रभावित हुने गर्छन् ।

त्यही समस्यालाई मध्यनजर गर्दै नेपालगन्जमा तातो हावा ’लू’ प्रतिकार्य योजना कार्यान्वयनका लागि कार्यविधि बनाउन सुरु गरिएको छ ।

’लू’ प्रतिकार्य योजना अन्तर्गत कुलिंग सेन्टर शितल केन्द्र तथा सचेतना प्रबद्धनार्थ एलइडी डिस्प्ले सञ्चालन र सङ्काटापन्न बस्तीमा घरदैलो (डुअर टु डुअर) कार्यक्रमको सञ्चालन, व्यवस्थापन र दिगोपनाका लागि कार्यविधि बनाउन सुरु गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका लू प्रतिकार्य योजना लागू गर्ने नेपालकै एक मात्र स्थानीय सरकार हो । सन् २०२१ देखि लू प्रतिकार्यका लागि काम भइरहेको छ ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

नेपालगन्जमा अहिले एउटा कुलिंग सेन्टर निर्माणको कार्य अगाडि बढाइएको छ । बागेश्वरी मन्दिरको पूर्वपट्टी चिल्ड्रेन पार्कमा कुुलिंग सेन्टर निर्माणको काम अगाडि बढेको हो । लू प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगन्ज उप–महानगरपालिकाले चालू आर्थिक वर्षमा २० लाख रुपियाँ विनियोजन गरेको छ । अत्याधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगन्जमा सर्वसाधारणलाई लूबाट जोगाउन चार वटा कुलिंग सेन्टर बनाउने लक्ष्य छ ।

बसपार्क, धम्बोझी र रामलिला मैदान क्षेत्रमा पनि कुलिंग सेन्टर बनाउने कार्ययोजना छ ।

नेपालगन्जको सिकाई र अनुभवका आधारमा तराईका अत्याधिक गर्मी हुने अन्य सहरहरुमध्ये धनगढीमा पनि यो कार्यक्रम भर्खरै सुरु भएको छ । त्यस्तै, भैरहवा र विराटनगरमा पनि लू प्रतिकार्य योजना कार्यान्वयनको चरणमा छन् । अमेरिकन रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित ताता हावाको लहर लू जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्यविधि लेखन कार्यशाला गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको आयोजनामा कार्यशाला गरिएको हो ।

ADVERTISEMENT

कार्यशालामा कुलिंग सेन्टर, एलइडी डिस्प्ले र घरदैलो कार्यक्रम सञ्चालन, व्यवस्थापन र दिगोपनाका लागि समूह कार्य गरिएको नेपाल रेडक्रस सासाइटी बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले बताउनु भयो ।

कार्यशालाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले लूलाई प्रकोपको रुपमा लिई त्यसविरुद्ध जुध्न लू प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । विष्टले लूलाई प्रकोपको रुपमा स्विकारी त्यसै अनुरुप बजेट विनियोजन गरिएको जानकारी दिँदै आगामी नीति तथा कार्यक्रम र बजेटमा यसको आकार बढाउँदै लैजाने बताउनुभयो ।

कार्यक्रममा रेडक्रस क्लाइमेट सेन्टरका अरबान एक्सपर्ट रमिज खान, अमेरिकन रेडक्रसकी कार्यक्रम संयोजक उपमा ओझाले नेपालगन्जले तातो हावाको लहर जोखिम न्यूनीकरणका लागि नेपालमै पहिलोपटक उल्लेखनीय र उदाहरणीय काम गरिरहेको भन्दै तराईका अन्य तीन सहरमा पनि यो कार्यक्रम लागू गर्ने प्रक्रियामा रहेको बताउनुभयो । बढ्दो तापमानका कारण जोखिम बढ्दै गएको भन्दै तराई बेल्टमा यसखाल अभियान जरुरी रहेको सरोकारवालाको भनाइ रहेको छ ।

कार्यशालाको उद्देश्यका बारेमा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्रनारायण अधिकारीले जानकारी गराउनु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनाको सभापतित्वमा भएको कार्यशालामा नेपालगन्ज उपमहानगरपालिकाका वातावरण तथा विपद् समिति संयोजक समिरप्रताप सिंह, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी एवम् सदस्य, नेपालगन्ज उपमहानगरअन्तर्गतका विषयगत महाशाखा र शाखा प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, रेडक्रस उपशाखा प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको नेपालगन्ज उपमहानगरका वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसीले जानकारी दिनु भयो ।

Share155Tweet97SendShare
Previous Post

तेह्र वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगर पक्राउ

Next Post

बाँकेको जानकीमा मुस्लिम समुदायका महिलालाई सिलाइकटाई तालिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
Next Post
बाँकेको जानकीमा मुस्लिम समुदायका महिलालाई सिलाइकटाई तालिम

बाँकेको जानकीमा मुस्लिम समुदायका महिलालाई सिलाइकटाई तालिम

लाइफलाइनमा मिर्गौलाका बिरामीलाई चौविसै घण्टा सेवा

लाइफलाइनमा मिर्गौलाका बिरामीलाई चौविसै घण्टा सेवा

नेपाल–भारत सुरक्षा अधिकारीको समन्वय बैठक

नेपाल–भारत सुरक्षा अधिकारीको समन्वय बैठक

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?